निर्णय नं. ३९६० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९६० - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/१२ २००९ निर्णय नं. ३९६० ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको फौ.पु.नं. २५५, ५८३ फैसला भएको मिति : २०४६।८।१२।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला बागलुङ बुंगा दोभान गा.पं. वडा नं. १ घर भई हाल बागलुङ कारागारमा थुनामा रहेका डम्बरबहादुर क्षेत्री विरुद्ध वादी : रुपा गिरीको जाहेरीले श्री ५ को सरकार वादी : रुपा गिरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जिल्ला बागलुङ दोभान गा.पं. वार्ड नं. १ घर भई हाल कारागार शाखा बागलुङमा थुनामा रहेका डम्बरबहादुर खत्री क्षेत्री मुद्दा : कर्तव्य ज्यान § निर्दोषिताको शंकारहित सबूद प्रमाणको अभावमा निर्दोषिताको ठहर गर्न न्यायसंगत नहुने। (प्रकरण नं. २१) वादी श्री ५ को सरकारतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या. सुरेन्द्रप्रसाद सिंह: पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अनुसार दोहोरो पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर र निर्णय यस प्रकारछ । २. छोरी थुमिकलालाई डम्बरबहादुरसँग विवाह गरिदिएको, निजबाट १ छोरा २ छोरी छन् । निजले कमल गिरीको छोरीलाई कान्छी स्वास्नी बनाई घरमा ल्याएछन् । २०४४।५।४ गते बिहान छोरी थुमिकला घाँस काट्न भुर्तुङ भन्ने खोलाको किनारामा गएको अवस्था डम्बरबहादुरले मारी, लास समेत बेपत्ता पारी दिएकाले कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको रुपा गिरीको जाहेरी दर्खास्त । ३. मृतक थुमिकलासँग बारम्बार झगडा भई रहन्थ्यो । २०४३।११।१२ गते कान्छी श्रीमती घरमा ल्याएपछि, झगडा बढ्दै गयो । जेठीलाई मार्न पाए झगडा सदा शान्त हुने विचार गरी राखेकोमा, २०४४।५।४ गते बिहान जेठी श्रीमती घाँस काट्न, तमान खोलाको छेउमा गएको मौका पारी, म पनि घाँस काट्ने निहुँले गई बोलाएँ, तिनी आइनन् । म स्वयं तिनी भएको ठाउँमा गई मुड्कीले छाती, कोखामा हानी त्यसपछि व्यहोस् भइन् र बर्कोले घाँटी कसी मारें । गहना निकाली लुकाई, बाढी आएको तमान खोलामा लास फाली घरमा आएको भन्ने व्यहोराको डम्बरबहादुरले प्रहरीमा गरेको बयान । ४. लाश फेला नपरे पनि मृतकलाई डम्बरबहादुरले मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. प्रतिवादीले श्रीमती थुमिकलालाई मारी तमान खोलामा फाली दिएकोमा निज सावित रहेका, संकलित प्रमाणबाट पनि सो को पुष्टि हुन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ६. २०४४।५।४ गते श्रीमती थुमिकलासँग घाँस काट्न गएको, घरायसी झगडाको विषयमा निजलाई सम्झाउँदा मलाई २।३ पटक मुड्कीले हानी मलाई रिस उठ्यो, मैले कुटपिट गर्दा निजको मृत्यु भयो । गहना झिकें र लुकाएँ । लासलाई तमान खोलामा फाली दिएँ । मार्नमा कसैको सहमती छैन भन्ने समेत व्यहोराको डम्बरबहादुरले अदालतमा गरेको बयान । ७. प्रतिवादीले मृतक थुमिकलालाई २ पटक हिर्काउँदा मृत्यु भएकोमा प्रतिवादी सावित रहेका, अरु षड्यन्त्र गरी मार्नु पर्ने कारणहरु उल्लेख नरहेको देखिँदा ज्यानसम्बन्धीको १४ नं. अनुसार कैद वर्ष १० को सजायँ हुन्छ भन्ने समेत व्यहोराको जिल्ला अदालतको फैसला । ८. वादी दावी बमोजिम सजायँ