निर्णय नं. ११२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/१७ १८६८ निर्णय नं. ११२५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२८ सालको रिट नं. ११५८ आदेश भएको मिति : २०३१।५।१७।२ मा निवेदक : काठमाडौं, बत्तिसपुतली गा.पं. वडा नं. ८ बस्ने सदानन्दकुमारी उपाध्यानी विरुद्ध विपक्षी : काठमाडौं जिल्ला, बत्तिसपुतली गा.पं. वडा नं. ३ बस्ने मन्जुलासी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भू.सं.ऐनको दफा ६ (क) बमोजिम बेच बिखनसमेत गर्न पाउने कानूनी हक भएको जग्गामा ऐ.को दफा २७ प्रयोग गरी जग्गा झिक्न पाउने ऐनले अधिकार दिएको नदेखिने । (प्र. नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामचन्द्र श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त उल्लिखित मुद्दा : आदेश न्या. झपटसिंह रावल : बत्तिसपुतली गा.पं.ले ०२७।११।२४ मा गरेको निर्णय संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : मेरो नाउँमा भू.प्र.का. मा दर्ता भएको यस पञ्चायतअन्तर्गत वडा नं. ८ को कित्ता नं. १ र २ (क) को रोपनी ३–२–३ जम्मा कित्ता २ मोही सदानन्दकुमारी उपाध्यायनीले कमाई आएकोमा मेरो अधिराज्यभित्र घरजग्गा केही नभएकोले मोहीले पाउने क्षतिपूर्ती दिई बाँकी जग्गामा म जग्गावालाले घर बनाउन पाँउ भन्ने निवेदन रहेछ । उक्त जग्गा मेरो घर कम्पाउण्डको हो निज जग्गावालाले घर बनाउन पाउने होइन भन्नेसमेत प्रतिवेदन परेकोमा भू.सं.ऐन अनुसार जग्गावालाको अधिराज्यभर अन्त कुनै कहीं घर जग्गा छैन भन्ने मोहीलाई क्षतिपूर्तिको रुपमा आधा जग्गा नै दिने जग्गावालाको भनाई मनासिव देखिएकोले यस पञ्चायत सोहीबमोजिम आधी जग्गा दिन मनासिव देखिएकोले यो निर्णय गरी दियाँ भनी बत्तिसपुतली गा.पं.को निर्णय रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी यो रिट निवेदनमा लिएको मुख्य जिकिरहरू यसप्रकार छन : मैले रु.५०१ मा जि. म.प्र.खे. मौजे धवौली बस्ने जानकीप्रसाद उपाध्याय मिश्रसंग १९९५।७।१२।२ मा निजको मोहियानी हकको जग्गा र सो जग्गामा बनेको पक्की घरसमेत राजीनामा पास गरी लिई त्यस बखत देखि यो गएको ०२७ साल तकको कूत बाली मैले बुझाई रसिद लिई आएको, बत्तिसपुतली रामचन्द्र पञ्चायत गुठीको मेरो घर बारी जग्गा हो । गुठी जग्गामा खरिद गर्न कहिले पनि जग्गावाल नबन्दैमा जग्गावाल बनाई निज विपक्षी मन्जुलासीलाई आधा जग्गा मैले त्यसै छाडी दिनुपर्ने गरी पूर्णतया कानूनी त्रुटिको मनमानी उक्त गा.पं.ले निर्णय गरेको प्रष्ट देखिनसमेत आएको छ । विपक्षी मन्जुलासीलाई जग्गावाला मान्नै नहुने मानी अधिकारै नभएको बत्तिसपुतली गा.पं.ले त्यसरी निर्णय गरेकोले सो निर्णय बदर गराउन कानूनी अन्य उपचारसमेत नभएकोले नेपालको संविधानको धारा ७१ को आश्रय यस सम्मानित अदालतकासमक्ष यो निवेदन गर्नआएको छु । ४. विपक्षी बत्तिसपुतली गा.पं.को लिखितजवाफमा मोहीको नाताले कमाएको व्यक्तिलाई आधी छाड्न जग्गाधनी अग्रसर भई नियमबमोजिम अनुरोध गरेको हुँदा मोहीको मौलिक हक सुरक्षित रहनुको अलावा हनन भएको छैन, स्थानीय पञ्चायतले दुवै पक्षको स्थिति अध्ययन गरी विशेष किसानप्रति नै सहुलियत दिई निर्णय गरेको हो भन्नेसमेत र विपक्षी मन्जुलासीको लिखितजवाफमा निजको घर पायक मेरो मञ्जुर आधा जग्गा दिलाई दिई घर नभएको आली जग्गा आधी मलाई दिने गरी भएको निर्णय बदर गर्ने गरी उत्प