निर्णय नं. ६९१८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९१८ - अंश भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५७/०३/२६ २५१५ निर्णय नं. ६९१८ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५३ सालको दे.पु.नं. ...३६८० फैसला मितिः २०५७।३।२६।२ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा, मुखियापट्टि मुसहर्निया गा.वि.स. वडा नं. ३ बस्ने जगदिश यादव समेत विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.बस्ने ब्रम्हदेव यादव § प्रतिवादीका बाजे बनवारी र वादीका बाजे सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फारम समेत पेश भएको देखिन्छ । वनवारी र सरजुग धनपतको दुई भाई छोरा भै अंशियार भएकोमा कुनै विवाद देखिदैँन । प्रतिवादीले नै वादी प्रतिवादीहरु बीच कुन सालमा वण्डा भएको हो सो खुलाउन नसकेको र अंशवण्डाको कुनै लिखत प्रमाण नभएको स्थितिमा प्रतिवादीका बाबु रामदेव र वादीका बाबु बोएलालको नाममा बेग्ला बेग्लै जग्गाको विलयबन्दी र ७ नं. फाराम समेत दाखिल भएकोलाई नै अंश पाई छुटेको व्यवहार प्रमाण मान्‍न मिल्ने देखिदैँन । वनवारी र सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फाराम दाखिल भएको जग्गा मध्ये कुनै पनि जग्गा वादी तर्फ दर्ता नामसारी सरेको देखिन नआएकोले रामदेव र बोएलालको नाउँमा बेग्लै जग्गाको बेग्ला बेग्लै विलयबन्दी र निजहरुको नाममा ७ नं. फाराम समेत दाखिल भएको कारणले भाग शान्ति बमोजिम अंश पाइसकेको भन्‍न नमिल्ने हुँदा पुनरावेदन अदालतले वादीले दावी बमोजिम अंश पाउने ठहर्‍याएको इन्साफ मनासिव ठहर्ने । (प्र.नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लवकुमार मैनाली विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री विजयकुमार सिंह अवलम्बित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः 2. धनपैत यादवको २ छोरामा जेठो वनवारी यादव, कान्छो सरयुग यादव, जेठो वनवारीको ३ छोरामा जेठो रामदेव, कान्छो राम दुलार, रामदेवो, २ छोरामा जेठा जगदिश यादव, कान्छो नागेश्वर यादव, रामदुलार यादवको २ छोरामा जेठो उदयचन्द्र यादव र कान्छो प्रेमचन्द्र यादव, बौएलाल यादवको २ छोरा जेठो किरानी यादव, कान्छो निरो यादव हुनुहुन्छ । धनपत, वनवारी, रामदेव सरयुग र बौएलाल आफ्नो कालगतिले परलोक भइसक्नु भएको छ । हामीबाट वादी प्रतिवादीको बीच अंशवण्डा भएको छैन, सगोलमा बसी आएका छौं । परिवार ठूलो भएकोले अंशवण्डा गरौं भन्दा विपक्षीहरु नमान्नु भएकोले फिराद गर्न आएको छु । विपक्षीहरुबाट तायदाती मागी सम्पूर्ण सम्पत्तिलाई २ खण्ड गरी २ खण्डमध्ये एक खण्डलाई २ खण्ड गरी १ खण्ड अंश मलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको व्रम्हदेव यादवको मिति २०४६।७।२ को फिराद पत्र । 3. वादी दावी बमोजिम यो पुस्तावारी ठीक छ । तर सगोलको सम्पत्ति रामदेव, बौएलाल, जगदिश, उदयचन्द्र समेतका नाउँमा दर्ता छ भन्ने समेत व्यहोराको प्र.निरो यादव र किरानी यादवको प्रतिउत्तर पत्र । 4. वादी दावी बमोजिम अंश दिनुपर्ने होइन, वादीको बाबु सरयु यादवले नै अंश पाई भिन्न बसेका हुन् । हामीले अंश दिनुपर्ने हैन भन्ने समेत व्यहोराको प्र.जगदिश, नागेश्वर, राम दुलार, उदयचन्द्र र प्रेमचन्द्र समेतको प्रतिउत्तर पत्र । 5. यसमा व्यवहार प्रमाणबाट वादी प्रतिवादी भिन्न भइसकेको देखिएको र एकासगोलको अंशियार हुन भन्ने नदेखिँदा प्रतिवादीहरुबाट अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०४९।४।३२ को फैसला । 6. धनुषा जि