निर्णय नं. ११२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/३१ १९०८ निर्णय नं. ११२६ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रि.फु.नं. ४३ आदेश भएको मिति : २०३५।२।३१।३ मा निवेदक : सिराहा बस्तिपुर गा.पं. वडा नं. २ बस्ने सतराम साहु विरुद्ध विपक्षी : भूमिप्रशासन कार्यालय, सिराहासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (२) को व्यवस्थाले जग्गाधनीले कूतबाली बुझी रसिद दिनुपर्ने र त्यस्तो दोहोरो लिइराख्नु पर्ने र मोहीले पनि जग्गाधनीले रसिद नदिए उक्त दफा ३८ (२) को व्यवस्थाबमोजिम तोकिएको अधिकारी अदालत वा पञ्चायतसमक्ष उजूर गरी बाली बुझाएको निर्णय गराएको हुनुपर्ने व्यवस्था गरेको । (प्रकरण नं. ९) (२) जग्गावालाले बाली दिई रसिद नदिएको भन्ने उजूर परेकोमा सर्जमिन प्रमाण लाग्न सक्ने। (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदकले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकाश छ : मेरा नाउँमा दर्ता रहेको गा.पं. गोविन्दपुर वडा नं. ४(क) कि.नं. ८९ को ०।३। कि.न.१०३ को ०।५।११ कुञ्जीलालले कमाइआएको ०३० सालको बाली नबुझाएकोले भराई मोही निष्कासन गरिपाउँ भन्ने निवेदक सतरामको वादी, बाली बुझाइसकेको छु । भरपाई लिनेदिने चलन नभएकोले भरपाई नदिएको भन्ने विपक्षी कुञ्जीलालको प्रतिवादी भएको कूत दिलाई मोही निष्कासन गरिपाउँ भन्ने मुद्दामा ०२९ साल र सो भन्दा अगाडिको मोहीबाट कूत बाली लिनेदिने गरेको, तर भरपाईको लेनदेन गरिएको चलन नदेखिएकोले ०३० सालको बाली पनि बुझेको ठहर्छ । मोहीबाट बञ्चित गर्न नमिल्ने भन्ने ०३२।५।१५ मा विपक्षी भूमिप्रशासन कार्यालयबाट निर्णय भएको रहेछ । उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक सतराम साहूले दिएको रिट निवेदनपत्रमा विपक्षी भूमिप्रशासकले ठहराउनुभएको ठहरमा भरपाईको चलन देखिएकोले बाली बुझेको ठहर्छ भन्ने रहेछ । भूमिसम्बन्धी ऐन, ०३१ को संशोधित दफा ३४ (२) मा कूत बुझिलिएको रसिद मोहीलाई दिनुपर्छ भन्ने उल्लेख छ । सो ऐन मान्न भूमिप्रशासक र हामी पक्ष–विपक्षहरूलाई बाध्य गराएको थियो, तर प्रशासकले उक्त कथनलाई नमानेको ठहरले प्रमाणित गरायो । यदि मोहीलाई मैले भरपाई नदिएको भए उजूर गरी बाली बुझेको प्रमाणित गराउन सक्नुपर्ने, कूत लिनु–दिनु पनि लेनदेन व्यवहार नै हुने, त्यस्तोमा कानूनबमोजिम लिखत नगरी लेनदेन व्यवहार गरेकोमा नालेस लाग्न सक्दैन भन्ने लेनदेन व्यवहारको १ नं. मा व्यवस्था भएको, भरपाई नलिएमा विपक्ष मोही सावित नभएको, त्यस्तोमा चलनबमोजिम भरपाई नलिएको भन्ने विपक्षीको भनाइको मान्यता उक्त लेनदेन व्यवहारको १ नं. भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ (२) ले मान्यता दिन नहुने, मान्यता दिई गरेको ठहर गल्ती भई न्याय र कानूनको त्रुटिपूर्ण छ । अ.ब.१८४ (क) र १८५ बमोजिम हेरी इन्साफ गर्नुपर्ने प्रमाणको लेखाजोखा नगरी कानूनी त्रुटि गर्दै न्यायिक मनक