निर्णय नं. ६९१९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९१९ - अंश भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/११/३० २६९१ निर्णय नं. ६९१९ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५३ सालको दे.पु.नं. ...३६७१ फैसला मितिः २०५६।११।३०।२ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु, वरकलपुर गा.वि.स. वडा नं. २ इमिलियाटोल बस्ने वर्ष २९ को भण्डु लोनिया समेत विरुद्ध विपक्षी/वादीः जिल्ला कपिलवस्तु, वरकलपुर गा.वि.स. वडा नं. २ बस्ने सन्तराम लोनिया समेत § प्रतिवादीले मुख्यतः पैतृक सम्पत्ति नभएको र आफूले मोहियानी वापत प्राप्त गरेको जग्गामा वण्डा लाग्ने होइन भन्ने जिकिर लिएको पाइन्छ । यी वादी प्रतिवादी दाजु भाई नाताका भई अंशियार भएको कुरामा विवाद नदेखिएको र आपसमा अंश वण्डा भएको प्रमाण पेश नभएको स्थितिमा वादीहरुले अंशपाउने नै देखिन्छ । तर निजी आर्जनको सम्पत्तिमा वण्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा यी प्रतिवादी ललित लोनियाले खतिरा मुसलमान्नीको जग्गा मोहीको हैसियतले जोतेको र जग्गा धनीले सो जग्गा अरुलाई राजिनामा गरी दिएपछि मुद्दा परी मिलापत्रबाट प्रतिवादी ललित लोनियाले जग्गा प्राप्त गरेको भन्ने मिसिलबाट देखिन्छ । यसरी आफ्नै प्रयासमा मोहीमा जग्गा कमाई सो वापत नै जग्गामा हक हुन आई जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गानिजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नु पर्ने हुँदा वण्डा लाग्ने स्थिति देखिएन । अतः मोही हक वापत प्राप्त जग्गामा समेत वण्डा लाग्ने ठहराई भएको पुनरावेदन अदालत बुटवलको मिति २०५३।४।२८ को फैसला केही उल्टी हुने । (प्र.नं.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लभकुमार मैनाली विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.टोपबहादुर सिंहः पुनरावेदन अदालत बुटवलबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः 2. बाजे शिवदत्तको छोरा पञ्चय, पञ्चयका ४ छोरामा जेठो दुलारे, माहिलो ललिता, साइला म प्यारे, कान्छो म सन्तराम हौं । बाजे बज्यै, बाबु पंचम र आमा समेतको परलोक भइसकेको छ । हामी अंशियारहरु सगोलमै छौं । बाबुका पालाको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति समेत सगोलमै छ । वण्डा भएको छैन । केही जग्गा भारत सिद्धार्थनगरमा छ । यसरी सगोलमा बसेकै अवस्थामा घरमा परिवार धेरै भई मनमुटाव भएकोले घरको दामकाम गर्ने मुख्य व्यक्ति दाजु ललित लोनिया भएकोले निजसँग अंश माग्दा अंश दिन्न भनी जवाफ दिनु भएकोले विपक्षीहरुबाट फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती फाँटवारी लिई ४ भागको १।१ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४८।११।८ को प्यारे लोनिया समेत ३ जनाको फिराद दावी । 3. बाबुका पालाको पैत्रिक सम्पत्ति केही थिएन । मलाई दाजुभाइहरुले म सानै हुँदा घरबाट निकाला गरिदिएपछि म खडागन्जमा बसी वरकुलपुर बस्ने छुदैनी थारु, सिपाही थारु, ठागे थारु समेतको फाँटमा जग्गा जोती कमाई ७ नं. फाँटवारी भरी ज.वि. १–१३–१४ जग्गा मेरो निजी आर्जनको भएको र सो बाहेक खतिरा मुसलमान्नीको फाँटमा मोहीमा ज.वि. ३–२–७ कमाई आएकोमा खतिराले यो जग्गा अरुलाई राजिनामा गरी दिएपछि जग्गाधनी तेजप्रसाद, कमलप्रसाद, ईश्वरीप्रसाद, शेरबहादुर, काशिराम समेतबाट २०३७।५।५ मा मिलापत्र भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरेको