निर्णय नं. ११२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/२७ १९४० निर्णय नं. ११२७ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको रि.फु.नं. २७ आदेश भएको मिति : २०३५।२।२७।३ मा निवेदक : का.जि. सिनामङ्गल बस्ने अशोककुमार सन्नेसी विरुद्ध विपक्षी : भूमिप्रशासक, भूमिप्रशासन कार्यालय काठमाडौं समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) हकबेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी भूमिप्रशासकलाई कानूनले प्रदान भएको नदेखिने, हकबेहकको प्रश्न उपस्थित भएपछि हकबेहकमा अदालतमा नालिस गर्न जानू भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी उल्लिखित मुद्दा : आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहराइपाउँ भन्ने निवेदक अशोककुमारले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहराइदिनू भन्ने बक्स भइआएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : मेरो श्रीमती कर्मकुमारीका हक भोगको गा.पं.सिनामङ्गल वार्ड नं. ५ कि.नं. ९२, ९३, ९५, २९७ वार्ड नं. क.कि.नं. ७२, ६१ को क्षेत्रफल १४।७।१ जग्गा निज परलोक भई मेरो हक हुन आएकोले नामसारी गरिपाउँ भन्ने विपक्षी बलराम गिरीले दिएको निवेदनमा फिल्डबुकमा कर्मकुमारी मरी हक खाने अशोककुमार जनिएको, अशोककुमारको नाउँमा म्याद पठाउँदा मान्छे फेला नपरेको भनी म्याद टाँस भएको, सरजमिन गर्न पठाउँदा अशोककुमार भन्ने पञ्चायतमा नभएको कर्मकुमारको छोरा पनि होइन भनी सरजमिन भई आएको, प्र.जि. अ.को नाता प्रमाणित प्रतिलिपि भएको, मालपोत तिरेको रसिद भएको, म्यादभित्र नामसारी नगरेवापत रु.१०।–दस्तुर लिई निवेदकहरूको नाउँमा नामसारी गरिदिने भनी ०३१।८।२४ मा विपक्षी भू.प्र.का. काठमाडौंबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक अशोककुमारले दिएको रिट निवेदनपत्रमा कर्मकुमारी मेरो माता हुनुहुन्छ । आमा ०२१।११।४ गते परलोक हुनुभएकोले सर्भे नापी हुँदा फिल्डबुकमा आमा मरी मेरो हक हुन आएको भन्ने जनाई सहीछाप गरेकोछु । आमाको नाउँबाट मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने निवेदन परी ०३०।१२।२५ को आदेशबमोजिम ०३१।५।५ मा नामसारी फाँटमा बुझाएको छ । पोत बुझाउन जाँदा सम्बन्धित जग्गा ०३१।८।२४ को आदेशबमोजिम बलरामको नाममा नामसारी भई गइसकेको भन्ने थाहाभयो । फिल्डबुकबाट बलराम गिरी र मेरो बीचमा हक बेहकमा विवाद देखिएकोले मलाई बुझ्न म्याद पठाएको अ.बं.११० को रीत पुगी तामेल भएको छैन । अशोककुमार फेला नपरेको भनी म्याद तामेल भई आएको कारणबाट कानूनमा व्यवस्था नभएको तरिका अपनाई सरजमिन गराउँदा पनि अधिकारक्षेत्रको उल्लंघन गरी अशोककुमार भन्ने कर्मकुमारीको छोरा हो, होइन भन्नेसमेत कुराको सरजमिन गराए छोरा हो होइन भन्ने प्रश्न उपस्थित भएमा सो कुराको निर्णय उपर परेमा अदालतबाट हुने हो । विपक्षी कार्यालयको अधिकारक्षेत्र भित्रको होइन । अ.बं.३५ नं. को विरुद्ध कारवाई गरी मेरो हक मेटी गरेको निर्णय कानूनी त्रुटि छ । प्र.जि. अ. को कार्यालयको नाता प्रमाणितको आधार लिएको पनि लगत गैरकानूनी छ । मेरो र ब