निर्णय नं. ३९६४ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९६४ - परमादेश भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/१०/०६ २५३५ निर्णय नं. ३९६४ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रिट नं. १२७३ आदेश भएको मिति : २०४६।१०।६।६ मा निवेदक : का.न.पं. वडा नं. १ मा केन्द्रीय कार्यालय भएको मेची स्टोन्स एण्ड मिनरल्स अमाल गाटेड इण्ड्रष्ट्रिज (प्रा.)लि.का तर्फबाट ऐ. का अधिकार प्राप्त अध्यक्ष झलकबहादुर निरौला विरुद्ध प्रत्यर्थी : कोरियान डेभलपमेन्ट कर्पोरेशन, काठमाडौं ब्रांच, का.जि. का.न.पं. वा.नं. ७ समेत विषय : परमादेश § आफ्नो खानी क्षेत्रबाट कसले कति खानी पदार्थ प्रयोग गरे बापत के कति रकम पाउनु पर्ने भन्ने हो सो कुरा खुलाई ऐनका म्यादभित्र रीतपूर्वक नालेश दिएमा कानुन बमोजिम हुने नै हुँदा रिट क्षेत्रबाट यसबाट यो यति रकम क्षतिपूर्ति भराई दिनु भनी हिसाब गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तरगत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. कम्पनी ऐन, २०२१ अन्तर्गत संगठित तथा अविच्छिन्न उत्तराधिकारवाला कानुनी व्यक्तित्व भएको निवेदकले श्री ५ को सरकार खानी विभागबाट प्रमाणपत्र नं. १५०४।०३२।४१६ को ढुङ्गाखानीको काम गर्न योग्यताको प्रमाणपत्र प्राप्त गरी नियमावली बमोजिम नवीकरण समेत गराउँदै आएको । ३. श्री ५ को सरकार गृह मन्त्रालय (पञ्चायत शाखा) को मिति २०३५।३।२२ को पत्रबाट मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला भित्रको निर्माण सम्बन्धी खानी उद्योग (ढुंङ्गा, बालुवा, ग्राभेल आदि) हरुको ऐन र नियमावली बमोजिम इजाजत दिने, नवीकरण गर्ने आदि अधिकार सम्बन्धित जिल्ला पञ्चायतलाई सुम्पिएको हुँदा सो बमोजिम गर्न जिल्ला पञ्चायतलाई अधिकार भए बमोजिम झापा जिल्ला पञ्चायतले प.सं. ७२ ले.प. ०४०।०४१ च.नं. २६५६ मिति २०४०।१२।२२।४ को पट्टा प्रमाणपत्रद्वारा निवेदकलाई बुधवारे गा.पं. को हडिया खोला, शान्तिनगर गा.पं.को टिमाई खोलाको रेखाङ्कन गरी रेखांकित क्षेत्रभित्र रोडा, ढुंङ्गा, ग्राभेल, बालुवा आदिको कानुन बमोजिम दस्तूर तिरी खानी खोल्ने अख्तियार पाई दस्तूर, रोयल्टी तिरी प्रमाणपत्र नवीकरण गराई खानी सञ्चालन गर्दै आएको त्यस्तै इलाम जिल्ला पञ्चायतको अख्तियारी बमोजिम २५ वर्षको ग्यारेण्टिका साथ बाँझो गा.पं.को मावा खोलाको रेखाड्ढित भाग, साबफारा वा.नं. ९ को तोरीबारी अन्तर्गत सुनसरी खोलाको रेखाड्ढित भाग, चुलाचुली, रतुवा खोलाको रेखाड्ढित भाग, कोलबु वा.नं. ९ को रतुवा खोलाको रेखाड्ढित भाग, खुदुनाबारी वा.नं. ३ को टाङटिङ खोलाको रेखाड्ढित भाग, कोबुङ वार्ड नं. ९ किटनी डाँडाको रेखाड्ढित भाग, इलाम गोदक वा.नं. ४ माइखोलाको रेखाड्ढित भाग र माईपोखरी वार्ड नं. २ पुवा खोलाको रेखाड्ढित भागभित्र ढुङ्गा, गिटी, ग्राभेल, बालुवाको खानी खोल्ने र सञ्चालन गर्न पाउने गरी प.सं.च.न. १३१४ मिति २०४१।११।३ को चलन पट्टा पुर्जी पाएको र वर्षेनी बुझाउनु पर्ने रोयल्टी दस्तूर बुझाई नवीकरण गराउँदै खानी सञ्चालन गर्दै आएको । ४. यसरी ऐन र नियमावली बमोजिम पाएको पट्टा पूँजीबाट ऐनको दफा २(ङ) ले सम्बन्धित खानी क्षेत्रको स्वामित्व निवेदकमा रहने हुँदा खानी मालिकलाई तिर्नु पर्ने चूक्ता नगरी खानी पदार्थ कसैलाई लिने