निर्णय नं. ६९२१ - लागु औषध (चरेश)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२१ - लागु औषध (चरेश) भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५७/०२/२६ २७४२ निर्णय नं. ६९२१ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको फौ.पु.नं. ... १६११ फैसला मितिः २०५७।२।२६।५ मुद्दाः लागु औषध (चरेश) । पुनरावेदक/वादीः प्र.ना.नि.डम्बरबहादुर दाहालको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ८ बस्ने जितबहादुर डिम्डुङ तामाङ समेत § प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) तथा दफा १५ अन्तर्गत माग दावी लिई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका राम बहादुर ग्यावा तामाङ्कको घर खानतलासी गर्दा निजको जि.म. हेटौडा नगरपालिका वडा नं. ८ घरबाट २०४५।२।२१ मा ७ किलो चरेश बरामद भएकोमा उक्त घर समेत अपराधिक मालवस्तु संचय गर्ने थलोको रुपमा प्रयोग गरिएको सो समेत लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ बमोजिम जफत गरी प्रतिवादीलाई ऐन बमोजिम सजाय गरी पाउन प्रहरी प्रतिवेदन परेकोमा शुरु जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्‍याई निजहरुलाई कैद जरिवाना समेत गरी घर जफत तर्फको दावीमा प्रतिवादीको घर मकवानपुर जिल्लामा अवस्थित रहेको, सो पर्सा जिल्ला अदालतको क्षेत्राधिकार भित्र नपर्ने भनी घरतर्फ सम्बन्धित क्षेत्राधिकार रहेको अदालतमा मुद्दा गर्न जानु भनी वादी पक्षलाई जानकारी दिने समेत ठहर्छ भन्‍ने फैसलालाई पुनरावेदन अदालत हेटौडाले सदर गरे उपर वादी पक्षको यस अदालतमा दोहोर्‍याई पाउने निवेदन परी निस्सा समेत प्रदान भई पेश हुन आएको पाइयो । मुलुकी ऐन, अ.वं. २९ नं. को देहाय दफा ३ मा यसै दफाको देहाय दफा (२) मा लेखिए बाहेक अरु फौज्दारी मुद्दा अपराध भएका इलाका वा प्रतिवादी रहेको इलाकाको अड्डा मध्ये जहाँ फिराद दिन्छ सोही अड्डाबाट हेर्नुपर्छ भन्‍ने स्पष्ट व्यवस्था हुँदा हुदैँ एकै मुद्दामा केही कुरा बाँकी राखी फैसला गरेको अ.वं. १९२ नं. को त्रुटि गरेको देखिएकोले शुरु पर्सा जिल्ला अदालतको मिति ०४७।१।९ गतेको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत, हेटौडाको मिति ०५१।१।१४ गतेको समेत दुवै फैसलाहरु वदर गरी दिएको छ, अब जे जो बुझ्नु पर्ने बुझी कानून बमोजिम फैसला गर्नु भनी तारेखमा रहेका प्रतिवादीलाई तारेख तोकी शुरु मिसिल पर्सा जिल्ला अदालतमा पठाई दिने । (प्र.नं. १७) पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाटः उप-न्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल प्रत्यर्थी प्रिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री तुल्सी भट्ट अवलम्बित नजिरः फैसला न्या. टोपबहादुर सिंहः पुनरावेदन अदालत हेटौडाबाट भएको फैसला दोहोर्‍याई हेरी पाउँ भनी वादीका तर्फबाट यस अदालतमा निवेदन परी दोहोर्‍याई हेर्ने निस्सा समेत प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः 2. मिति २०४५।२।२० गते अ.९ बजेको समयमा वीरगंज घण्टाघरतर्फबाट मिना बजारको बाटो हुँदै माइस्थानतर्फ झोला बोकी आइरहेको २ जना अपरिचित व्यक्तिहरुलाई प्रहरीले देखी शंका लागि निजहरुलाई रोकी चेक जाँच गर्न खोज्दा ती दुवै जानले आफूले बोकेको झोला फाली भाग्न लाग्दा प्रहरीले लखेट्दैगर्दा सो दुईजना मध्ये जि.म.हे.न.पं.वडा नं. ८ कमाने बस्ने जीतबहादुर तामाङलाई फेला पारी पक्राउ गरी फाली भागेका झोलाहरु चेक गर्दा दुवै झोलामा ३, ३ के.जी. चरेश फेला परेको र भाग्नेको नाम थर वतन सोध्दा ऐ.ऐ.मेरो ग