निर्णय नं. ६९२२ - दर्ता वदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२२ - दर्ता वदर हक कायम भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/०८/२७ २५१८ निर्णय नं. ६९२२ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय सम्वत २०५३ सालको दे.पु.नं. .. ३५४४ फैसला मितिः २०५६।८।२७।२ मुद्दाः दर्ता वदर हक कायम । पुनरावेदक/प्रतिवादीः जिल्ला काठमाडौ, का.म.न.पा. वडा नं.२१ लगनटोल बस्ने मनराज गौतम विरुद्ध विपक्षी/वादीः ऐ.गोफले टोल पुलाटु बस्ने हेरामान महर्जन समेत § वादीले दर्ता वदर गरी हक कायम गरी पाउँ भनी दुई विषयको दावी लिई फिराद दावी गरेको देखिन्छ । दर्ता वदर तर्फको नालेस नै खारेज हुने स्थितिमा पनि हक कायम तर्फ कोर्टफि रु.१७७०।- राखी हक कायम गरी पाउँ भन्‍ने समेत नालेस परेको स्थितिमा पनि हक कायम तर्फ समेत जो जे बुझी निर्णय गर्नुपर्ने हो सो गर्नुपर्ने दायित्व शुरु काठमाडौं जिल्ला अदालतको हुँदा दर्ता वदरको नालेस खारेज भएको स्थितिमा हक कायम तर्फ निर्णय गर्नुपर्ने प्रयोजन यदि हुदैँन भने सोही व्यहोराको निर्णय हुनु पर्दछ । त्यसतर्फ केही बोल्दै नबोल्नु औचित्यपूर्ण हुदैँन र सो अ.वं. १९२ नं. विपरीत नै मान्‍नु पर्ने हुँदा काठमाडौं जिल्ला अदालतले गरेको निर्णयमा अ.वं. को १९२ नं. को त्रुटी ठहराएको पुनरावेदन अदालत पाटनको निर्णय त्रुटीपूर्ण मान्‍न नमिल्ने हुँदा कानूनको रित पुर्‍याई निर्णय गर्न शुरु काठमाडौं जिल्ला अदालतमा पठाउने गरेको पुनरावेदन अदालत पाटनको निर्णय सदर हुने । (प्र.नं.१०) पुनरावेदन प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. अन्यायी मध्येको नाति महर्जन र हामी २ जना समेत ३ जनाको मात्र एकलौटी हकको पूर्व सानु बाजेको घर पाताल जग्गा पश्चिम आशामायाको घर र गल्ली उत्तर गल्ली बाटो दक्षिण बाबुरामको घर यति ४ किल्ला भित्रको ब्लक नं. ४, ७७७ को घर समेत भएको जग्गामा नापी हुँदा हाल का.न.पा.वार्ड नं. २१ कि.नं. ४६५ कायम छ । हाम्रो एकलौटी हक भोगचलनको चोक मन्दिर पर्खाल समेत हामीहरु र निज नाति समेतका नाउँमा दर्ता गरी पाउँ भनी हामीले दावी लिनुपर्नेमा हामीलाई थाहा नदिई निज नातिले आफ्नो नाउँमा दर्ता गरी पाउँ भनी मा.पो.का.मा निवेदन दिएछन् । सो हाम्रो चोक मन्दिर पर्खाललाई सार्वजनिक भनी २०४५।८।२०।२ मा मा.पो.का.ले मनराज गौतमको उजुरीबाट निर्णय गरेको छ भनी थाहा पाई नक्कल सारी हेर्दा हाम्रो बण्डापत्रका प्रमाण सो मन्दिरमा रहेको मिलापत्रको लिखित प्रमाण समेतले सो बण्डापत्रमा लेखेको सो मन्दिर पर्खाल समेत भएको हाम्रो निजी चोक पर्खाल समेतमा पूर्व पश्चिम नं. ५३ फिट उत्तर दक्षिण चौडा २० फिट मोल रु. ५० हजार पर्ने भन्ने पर्खाल मन्दिर समेतको हाम्रो निजी हकको सम्पत्ति कायम गरी मा.पो.का.ले गरेको २०४५।८।२० को निर्णय बदर गरी उक्त कि.नं. ४६५ को ०–२–२–१ को सो मन्दिर पर्खाल चोक हाम्रो ठहर्‍याई हामीहरुका नाउँमा दर्ता समेत गरी त्यसको जग्गाधनीको दर्ता प्रमाणपूर्जा समेत पाउँ भन्ने वादी दावी । 3. वादीहरुको लेख दावी साँचो हो, सो कि.नं. ४६५ को चोक पर्खाल मन्दिर हाम्रो भन्ने कुरो सो चोक पर्खालभित्र सो चोकमा हाम्रो विपक्षी र मेरा समेत पिता माता बाजेकै पालामा भगवान बुद्ध स्थापना गरी शिलापत्र राखी मन्दिर