निर्णय नं. ३९६५ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९६५ - डाँका भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/२६ २६८३ निर्णय नं. ३९६५ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको स.फौ.पु.नं. ५८६ फैसला भएको मिति : २०४६।८।२६ मा पुनरावेदक/प्रतिवादी : जि. पर्सा, पकहामैनपुर गा.पं. वा.नं. ३ बस्ने शिव पुजन महतो चाई विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : डाँका § आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ३१) § वारदातमा सरिक भई डाँका गरेको भन्ने कुराको शंकारहित तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. ३२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।५।१ को फैसला उपर न्या. प्र.सु. ऐन, ०३१ को दफा १३ (५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०४०।४।२३ गतेको राती हरिहरपुर विर्ता गा.पं. वडा नं. ९ बस्ने कुर्वान मियाको घरमा डकैती भएको खबर सुनी घटनास्थलमा आई हेर्दा कुवार्न मियालाई लागेको छर्राको घाउ उपचार गराउन लगी सकेको र डाँका समेत भागीसकेको डाँका मध्ये गुलवान मियाँलाई पक्राउ गरी गाउँलेहरुले जत्रतत्र कुटपीट गरी दाहिने हातको नाडी काटी छिनालेको खुट्टामा काटेको घाउ भएको निज गुलवानलाई सोधपुछ गर्दा म र मेरै गाउँको सरोज भन्ने, मुख्तार मिया वकिल मिया, शिव पुजन महतो चाई र अरु मैले नाम ठेगाना नजानेका ११, १२ जना समेत भई डकैती गरेको भनी बताएको र निजले बताएको मुख्तार मियाँ समेतलाई पक्रउ गर्न गै खोज तलास गर्दा फेला नपरी फर्की आउँदा गुलवान मियाँको मृत्यु भई सकेको देखिएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्र.ह. शंकर राईको प्रतिवेदन । ३. जाहेरवालाको खपडा चोपार घरको पूर्व मुखको दक्षिण कुनाको कोठा भित्र रहेको कोठीहरु फुटाएको, धान तोरी समेत खसेको, ढोकानेर भित्र ठाउँ ठाउँमा रगत खसेको, पूर्वतर्फ ढोका नेर खाली खोरवा १ नादनेर खोरवा १ बिचगाउँको निमको रुखनेर फलामको र कागज खोका रहेको, जाहेरवालाको घर द्वारको खलिटनमा मृतक डाँका गुलवान मियाको लास पडिरहेको भन्ने समेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । ४. २०४०।४।२३ गते राती अन्दाजी १ बजेको समयमा १०।१२ जना डाँकाहरु आई घरको उत्तरी ढोकाको माथि चौखटको प्वालबाट १ जना डाँकु छिरी गोडा राख्दा आमाले चाल पाई कराउन लाग्दा डाँकुले भित्रबाट ढोकाको चुकुल खोली दिएबाट १ जना बाहिर बसी अरु घर भित्र प्रवेश गरी कराइस् भने मारी दिन्छु भनी आमाको मुख थुनी दिएको र आमाले कराएको आवाज सुनी पिता कुर्वान मियाँ बिउँझी डाँका भनी हल्ला गर्दा घर एकलासमा भएकोले गाउँलेको मद्दत नपुगी डाँकाहरुले रु. २४,४९८।७५ को धनमाल डाँका गरी लागेको र पिताजीको मुखमा बन्दुक फायर गरेबाट लडी रुवाबासी भई राखेको अवस्था गाउँलेहरु आउन लागेको चाल पाई डाँकाहरुले फायर गर्न थाले डाँकाहरुको हातमा लाठी र बन्दुक देखेँ डाँकाहरुलाई चिन्न सकिँन डाँकाहरु भाग्न लाग्दा सवै भन्