निर्णय नं. ३९६६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९६६ - अंश भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/१०/०२ २६६० निर्णय नं. ३९६६ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ८४२ फैसला भएको मिति : २०४६।१०।२।२ मा पुनरावेदक/प्रतिवादी : झापा, चारआली गा.पं. वा.नं. ३ बस्ने उपकार धिमाल विरुद्ध विपक्षी/वादी : झापा, काकडभिट्टा गा.पं. वा.नं. ३ बस्ने राजकुमारी धिमाल मुद्दा : अंश § अंश पाउने सुरु ठहर भई सकेपछि जन्मेका छोराहरुमा बण्डा हुनु पर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने नदेखिने । (प्रकरण नं. १८) § अदालतबाट अंशियार कायम भई सकेपछि जन्मेका अंशियारको कानुन बमोजिम नालेश परेको बखत कानुन बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट विचार गरी रहन नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का फैसला न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।८।१५।३ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी पतिले मलाई आफ्नो जातीय रीत परम्परा अनुसार विवाह गरी २०१९ साल देखि पति पत्नी भई दाम्पत्य जीवन यापन गरिआएकोमा विपक्षीले पुनः मलाई पूर्ववत् स्वव्यवहार गर्न छाडी फूलमती र माखीमा नाम गरेका श्रीमती ल्याई मलाई घरबाट निकाला गरिदिएको र विपक्षीका करणी विर्यबाट छोरा १ छोरी १ भएको छ । २०३५ साल कार्तिक महिनामा घरबाट निकाला गरेपछि जिल्ला कार्यालय झापामा उजूर गरेको थिएँ । सो कार्यालयमा विपक्षी उपस्थित भई खान लाउन र पाल्ने छु भनी पुनः घरमा लिई आउनु भएको थियो । सो पछि मेरो नाममा उजूर गर्ने भनी मलाई खान नदिई निकाला गरिदिनु भएकोले साथमा भएका १ छोरा र १ छोरी पालन पोषण गर्ने र शिक्षा दिक्षा दिने खर्च समेत विपक्षी पतिदेवबाटै अंशको तायदाती फाँटवारी दाखेल गराई ५ अंशियार हुँदा ५ भागको एक भाग अंश दिलाई भराई पाउँ भन्ने राजकुमारी धिमालको फिरादपत्र रहेछ । ३. वादी दावीको फिराद दावी बमोजिम वादीलाई खान लाउन दिएकै छु । विपक्षीलाई पाण्डु नामक रोगले सताएको कारणबाट निजकै राय अनुसार २०२९ सालमा अर्को विवाह गरेको छु । फिरादीलाई आफ्नो ईज्जत आमोद अनुसार खान लाउन दिएकै छु । इज्जत आमोद अनुसार खान लाउन दिँदा दिंदै अर्काका भनाईमा लागी दिएको मुद्दा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने उपकार धिमालको प्रतिउत्तरपत्र । ४. फिराद दावी बमोजिम वादीले प्रतिवादीबाट ५ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने झापा जिल्ला अदालतको ०३८।३।१४ गतेको फैसला । ५. वादीले दावी गरेको छोरा छोरीलाई पालन पोषण गर्ने खर्च पाउने नपाउने तर्फ बोलेको नदेखिँदा त्यसतर्फ निर्णय हुन मिसिल झापा जिल्ला अदालतमा पठाउने भन्ने मेची अञ्चल अदालतको मिति ०४०।४।२६ गतेको फैसला । ६. पेश गरेका तायदाती फाँटवारीको जम्मा बिगोको सयकडा ५ प्रतिशतले हुने रकम पर सारी बाँकी तायदाती फाँटवारीको ५ भागको एक भाग अंश वादीले प्रतिवादीबाट लिन पाउने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको मिति ०४१।४।२४ गतेको फैसला । ७. शुरु झापा जिल्ला अदालतको मिति ०४१।४।२४ गतेको फैसलामा चित्त बुझेन शुरु फैसला बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरी हक इन्साफ गरी पाउँ भन्ने प्रतिवादी उपकार धिमालको मेची अञ्चल अदालतमा पर्न आएको २०४१।६।१४ गतेको पुनराव