निर्णय नं. ३९६७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९६७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/११ २३८४ निर्णय नं. ३९६७ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. ९६५ आदेश भएको मिति : २०४६।९।११।३ मा निवेदिका : झापा जि. लखनपुर गा.पं. वा. नं. १ बस्ने विष्णुकुमारी राई विरुद्ध प्रत्यर्थी : भू.पु. सैनिक संगठनका सभापति हरिबहादुर राईसमेत, विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ § कानुनी एवं न्यायिक वा अर्धन्यायिक निकायबाट नभएका त्यस्तो निर्णयको कुनै कानुनी मान्यता नभई त्यस्तो निर्णय सुन्यको स्थिति हुने । (प्रकरण नं. १०) § निवेदन जिकिर अनुसारको निर्णय भएको समेत नदेखिँदा त्यस्ता संगठनलाई प्रतिषेध जारी गरियोस् भन्ने समेत निवेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग समत हुन नसक्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. लालमायाँ राई, टिकामाया राई समेतले २०४५।४।१५ गते गरेको अन्यायका सम्बन्धमा मेरो जनधनको नोक्सान हुन सक्ने भएकोले अग्रिम जानकारीको लागि २०४५।४।१८ मा इलाका प्रहरी कार्यालय दमक झापामा निवेदन गरें । दुवै पक्षलाई सामान्जस्य कायम गराई दिनु भनी २०४५।४।२१ को पत्रसाथ लखनपुर गा.पं. मा पठाइएछ । मिलापत्र गराई दिनु भनी त्यहाँबाट २०४५।४।२८ मा गा.पं. बाट भू.पु. सैनिक संगठन प्र.का. लखनपुरमा पत्र लेखिएछ । २०४५।५।२३ गते विपक्षी सभापति हरीबहादुर राईको रोहवरमा अन्य विपक्षीहरुको उपस्थितिमा निवेदिकालाई बोलाउँदा पनि उपस्थित नभएकी र दावी निरर्थक ठहराएको र सामाजिक मूल्य र मान्यतालाई पूर्णतया अपहेलना गरेको देखिएकोले सामाजिक संरक्षणबाट बन्चित गरिन्छ भन्ने निर्णयहरु विपक्षी भू.पु. सैनिक संगठन प्रारम्भीक कार्य समिति लखनपुर झापाबाट २०४५।५।२४ मा इलाका प्रहरी कार्यालय दमक झापालाई लेखी त्यसको बोधार्थ लखनपुर गा.पं.लाई समेत लेखी पठाएको रहेछ । निवेदिकाले त्यसको नक्कल २०४५।६।९ मा प्राप्त गरें । ३. मैले आफ्नो सुरक्षाको लागि अधिकार प्राप्त प्रहरी समक्ष निवेदन गरेको त्यसलाई गाउँ पञ्चायतको माध्यमबाट समस्या समाधान गर्न पठाएकोमा विपक्षी हरीबहादुरले आफू भू.पू. सैनिक संगठनको सभापतिको हैसियतले निवेदन कब्जामा लिई अन्य विपक्षीहरु समेतलाई उपस्थित गराई निवेदिकालाई सामाजिक बहिष्कार गर्ने समेत कारवाही गर्ने कानुनी अधिकार छैन । मलाई मौखिक वा लिखित रुपमा बोलाइएको पनि छैन । प्रहरीद्वारा शान्ति सुरक्षा प्राप्त गर्ने हक दावीबाट बञ्चित गरी प्राकृतिक न्याय सिद्धान्त विपरीत विपक्षीहरुले गरेको कारवाही निर्णय बदरभागी छ । ४. उक्त निर्णयबाट निवेदकको संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता समेतबाट बञ्चित हुनु परेकोले मिति २०४५।५।२३ को निर्णय र तत्सम्बन्धी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रतिषेध समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर । ५. यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४५।६।२६ को आदेशानुसार प्राप्त हुन आएको लिखि