निर्णय नं. ३९६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९६८ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/२२ २१७२ निर्णय नं. ३९६८ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रिट नं. ११९८ आदेश भएको मिति : २०४६।८।२२।५ मा निवेदिका : जि. कैलाली प्रतापपुर गा.पं. वा.नं. ६ बस्ने मानसिंह नेपाली विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.वा.नं. ४ बस्ने सीताराम थारुसमेत विषय : उत्प्रेषण § कागज गराएको भन्ने कतैबाट देखिन नआएको अवस्थामा त्यस तर्फ जबरजस्ती गराइएको कागज बदर गरिपाउँ भन्ने निवेदन जिकिर पुग्न नसक्ने हुँदा रिट जारी गर्ने अवस्था नरहने । (प्रकरण नं. १२) § जग्गाको नामसारी दा.खा. जस्ता कार्य अञ्चलाधीशको आदेशद्वारा रोक्का राख्न सकिने कानुनी अधिकार यो छ भनी देखाउन नसकेको र त्यस्तो कानुनी व्यवस्था समेत नहुँदा प्रत्यर्थी अञ्चलाधीश कार्यालयको पत्र एवं कारवाही र सो अनुरुप प्रत्यर्थी मालपोत कार्यालयले रोक्का राखेको कार्य समेत कानुन अनुरुप नदेखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुवर प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा १६।७१ अन्र्तगत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदक कैलाली जिल्ला प्रतापपुर गा.पं. वा. नं. २ बस्ने गोले थारुबाट निजका नाउँमा मालपोत कार्यालय कैलालीमा दर्ता भएको जि. कै. प्रतापपुर गा.पं. वा. नं. २ कि.नं. १३६ को विगाहा ०–१३–१० ऐ. बा. नं. ४ कि.नं. १० को ज.वि. ४–१४–१५– ऐ. कि.नं. ११ को ज.वि. ०–१८–५ र ऐ. कि.नं. १०१ को ज.वि. १–५–५ जग्गा मिति ०४०।४।३१ गते रु. ५०,०००।– मा मालपोत कार्यालय कैलालीबाट राजीनामा पारीत गरी लिएको थिएँ । उक्त पारीत राजीनामा लिखत बदर गरिपाउँ भनी विपक्षी सिताराम थारु समेतले ०४०।८।६ मा कैलाली जिल्ला अदालतमा फिराद दायर गरेकोमा लिखत बदर नहुने ठहरी ०४२।२।१० मा फैसला भई उक्त फैसला सदर गर्ने गरी सेती अञ्चल अदालतबाट मिति ०४३।३।१३ मा समेत फैसला भएकोमा उक्त फैसला माथि पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति दिन मिलेन भनी ०४३।१२।२७ मा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत आदेश भई अन्तिम अवस्थामा रहेको थियो । उक्त विषयलाई नै लिएर विपक्षीहरुले सेती अञ्चलाधीश समक्ष निवेदन दिएको रहेछन सोही आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ०४५।५।२३ का दिन जिल्ला प्रहरी कार्यालय कैलाली धनगढीमा उपस्थित गराइयो । त्यसपछि सिताराम थारु समेतको जग्गा फिर्ता गर नभए थुनामा रहन्छौ भनी २०४५।५।२३ देखि ०४५।५।२९ सम्म थुनामा राखी पटक पटक अञ्चलाधीश कार्यालयमा उपस्थित गराई मैले पारीत गरी लिएको जग्गाको विषयमा मौखिक बयान गराई जग्गा फिर्ता गर भन्नु भयो । अदालतको फैसलाबाट समेत अन्तिम भएको जग्गा फिर्ता गर्न नमान्दा सार्वजनिक सुरक्षा ऐन, २०१८ बमोजिम पुर्जी दिई ०४५।५।२९ का दिन जिल्ला कारागार शाखा कैलालीमा थुनामा राखियो । ३. २०४५।५।२९ देखि २०४५।९।२६ सम्म जिल्ला कार्यालय कारागार शाखा कैलालीमा थुनामा राखी ०४५।९।२६ का दिन विपक्षी सेती अञ्चलाधीशज्यू कहाँ उपस्थित गराई मैले २०४०।४।३१ गते पारीत गरी लिएको जग्गामध्ये कि.नं. १० को जग्गा मध्येबाट ज.वि. १–५–० जग्गा ०४५।१०।१२ गतेका दिन मालपोत कार्यालय कैलालीमा गै सीताराम थारु समेतलाई पारीत गर