निर्णय नं. ३९६९ - माना चामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९६९ - माना चामल भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/१०/०६ ५५३८ निर्णय नं. ३९६९ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४५ सालको दे.पु.नं. ७६९ फैसला भएको मिति : २०४६।१०।६।६ पुनरावेदक/प्रतिवादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने पूर्णराज मुनि बज्राचार्य विरुद्ध विपक्षी/वादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने चैत्यलक्ष्मी बज्राचार्यसमेत मुद्दा : माना चामल § लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार ईज्जत आमद अनुसार खान लाउनको लागि लोग्ने बाबु उपर दावी आउने स्थिति नदेखिने। (प्रकरण नं. १७) § वादी छोरा र स्वास्नीको प्रतिवादी लोग्ने उपर माना चामलमा दावी हुँदा प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको दावी रहेछ भन्ने अवस्था नदेखिने । (प्रकरण नं. १८) § अंशबण्डाको महलको १० नं. बमोजिम माना चामल भराउने हदम्याद सो ऐनमा उल्लेख नभएको हुँदा अ.बं. ३६ नं. लाई नै अंगाल्नु पर्ने । (प्रकरण नं. १९) § अंशबण्डाको महलमा समेत १ वर्षको माना चामल मात्र भराउनु पर्छ भन्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।७।१६ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. माना चामल भराई पाउँ भनी म.क्षे.अ. मा फिराद परी २७६०।– भरी पाउने गरी ०३७।१०।२२ मा फैसला भएकोमा २०२८ सालदेखि २०३८ सालसम्मको प्रति वर्ष ३,०००।– का दरले हुने रु. ३०,०००।– अंशबण्डाको ४ नं. बमोजिम माना चामल भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मिति २०३८।१०।५।४ मा तामेल भएको म्यादमा प्रतिवादीले म्याद गुजारी बसेको । शुरु म्याद गुजारी बसेकोले वादी दावी बमोजिम भराई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको का.जि. अ. को मिति ०३८।११।१८ को फैसला । ४. विपक्षीले मलाई दुःख दिने मनसायबाट यो फिराद दिएका हुन् विपक्षीको माग दावी खारेज गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पूर्णराज मुनिकारको प्रतिउत्तरपत्र । ५. शुरु जिल्ला अदालतबाट एकतर्फी फैसला भएको देखिन आएबाट उक्त फैसला बदर गरिदिएको छ अब जेजो बुझ्नु पर्छ बुझी पुनः इन्साफ गर्नु भनी मिसिल का.जि. अ. पठाई दिनु भन्ने बा.अं.अ. को फैसला । ६. ९ वर्षको माना चामल भरी पाउँ भन्ने नालेश खारेज हुने र १ वर्षको माना चामल ३,०००।– भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.जि. अ. को ०४२।८।६ को फैसला । ७. का.जि. अ. को फैसला चित्त बुझेन अतः बाँकी २७,०००।– भराई पाउँ भन्ने समेत व्यहोराको बा.अं.अ. मा परेको पुनरावेदन पत्र । ८. वादीले प्रतिवादीबाट ३ महीना २० दिनको रु. ६००।– का हिसावले १० वर्षको माना चामल भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०४३।५।५ को फैसला । ९. बा.अं.अ. को फैसलामा चित्त बुझेन । उक्त फैसलामा का