निर्णय नं. ३९७० - फैसला दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९७० - फैसला दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/०७ २४७२ निर्णय नं. ३९७० ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ९०० फैसला भएको मिति : २०४६।८।७।४ मा पुनरावेदक/प्रतिवादी : बारा जि. बिसमपुर गा.पं.वा.नं. ८ बस्ने खातुन नेसा सोखिन विरुद्ध प्रत्यर्थी/वादी : बारा जि. कलैया न.पं.वा.नं. १० बस्ने मादेव राउत अहिर मुद्दा : फैसला दर्ता बदर § फिराद अ.बं. ८६ नं. को हदम्याद भित्र परेको स्थितिमा हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोक्का प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या. पृथ्वीबहादुर सिंह : विपक्षी खातुन नेसाको पतिले आफ्नो निजी आर्जनको आफ्ना नाउँको दर्ता भोगको भिममुक्तेश्वर गुठी विर्ता तालुकको जि. वारा प्र. टोकनी गा.पं. सिरा इनरवा अन्तर्गतको साविक श्रेस्ताको नं. २३० को ज.वि. ०–८–८ नं. २३१ को ०–३–० नं. २३६ को ०–३–१७ नं. २६० को ०–१७–० नं. २६१ को ०–२–० नं. ३०६ को ०–१५–१० नं. ३१५ को ०–१२–१० नं. ३१६ को ०–८–५ नं. ३८६ को ०–११–१ समेत ज.वि. ४–१–११ हाल सर्भे नाप नक्शा हुँदा ठहर्न आएको वडा नं. ७ कि.नं. १० को ज.वि. ०–४–१५ कि.नं. ७२ को ०–१६–० कि.नं. ८२ को ज.वि. १–२–० वडा नं. ८ कि.नं. ५ को जि. वि. ०–४–३ कि.नं. ६ को ०–१६–० कि.नं. ३७ को ०–१०–० कि.नं. ४१ को ०–३–१९ समेत जम्मा ज.वि. ३–१६–१७ मध्ये म.क्षे.अ. का फैसला अनुसार ठहर्न आएको ज.वि. ३–०–६ दर्ता हुन पर्नेमा २–१२–४ जग्गा मात्र निजका नाउँमा बाँकी देखिन आएको भनी दर्ता गरी पोत बुझी रसीद दिएकोले बुझ्दा खातुन्नेसाले ३ खण्डको १ खण्ड अंश पाउने ठहरी विपक्षी जहुसलदिनका नाउँमा रहेको जग्गा मध्ये वडा नं. ७ कि.नं. ८२ को ज.वि. १–२ मध्ये ०–६–१४, वडा नं. ८ कि.नं. ५ को ०–४–३ कि.नं. ३७ को ०–१०–० वडा नं. ७ कि.नं. १० को ०–४–१५ विपक्षी खातुन्नेसाले आफ्ना नाउँमा र वडा नं. ७ कि.नं. ८२ को ज.वि. १–२–० मध्ये ज.वि. ०–३–१५ निज खातुन्नेसाको छोरी विपक्षी जिन्न ताराको नाउँमा दर्ता गराई दिएको रहेछ । मलाई लिखत गरी दिइसकेको लिखत र फैसला समेतले मेरो हक पाको भइसकेको जग्गा मेरो हक मेटने उद्देश्यले विपक्षीहरु आपसमा मिली मुद्दा गरी गराई अंश विपक्षी खातुन्नेसाले र जिन्नतारा समेतले गराई लिएको दर्ता र वादी खातुन्नेसा प्र. जध्यदिन भएको अंश मुद्दाको ०३५।४।१७ को फैसला बदर गरी मेरा नाउँमा दर्ता भएको जग्गा कटाई मैले पाउनु पर्ने फैसला बमोजिम जग्गा मेरा नाउँमा दर्ता समेत गराई पाउँ भन्ने समेत व्यहोराको महादेव राउत अहिरको मिति २०३९।१।२ को फिरादपत्र । २. वादी समेत उपर म खातुन्नेसाले दिएको ०३३ सालको जालसाजी मुद्दामा वादीले प्रतिवादी दिएकै बखत अंश मुद्दा चलेको कुरा वादीलाई उसै अवस्थामा थाहा भइसकेको, वादीले मिति ०३८।१०।१९ गतेमा श्री भिममुक्तेश्वर गुठीको बिर्ता कचहरीमा जग्गा दर्ता गराउँदाको अवस्थामा पनि वादीलाई थाहा भइसकेकोले सो थाहा पाएका मितिले ३५ दिन भित्रको यो उजूर नहुँदा खारेज हुनुपर्छ भन्ने समत व्यहोराको प्र.खातुन्नेसा र जिन्नतारा सेखीन समेतको प्रतिउत्तरपत्र । ३. वादी लिखत पारीत मुद्दा पर्नु अघि नै परेको अंश मुद्दाबाट प्र. खातुन्नेसा समेतको नाउँमा भएको दर्ताको जग्गाबाट वादीले अपुग जग्गा दर्ता गराउन पाउने अवस्था दे