निर्णय नं. ३९७१ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९७१ - दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/०३ २२१९ निर्णय नं. ३९७१ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ६३९ फैसला भएको मिति : २०४६।९।३।२ मा पुनरावेदक/वादी : का.न.पं.वा.नं. ३१ बस्ने रत्नकुमारीको मु.स.गर्ने ताराबहादुर विष्ट विरुद्ध विपक्षी/प्रतिवादी : का.जि. कोटेश्वर बस्ने सिवलालको मु.स. गर्ने प्रेममाया श्रेष्ठसमेत मुद्दा : दर्ता बदर § दर्ता गर्ने गरेको निर्णय नै बदर नभएसम्म सो निर्णयानुसार गरिएको दर्ता पनि बदर हुन नसक्ने । (प्रकरण नं. १६) § मुद्दा पर्दाका बखतमा दर्ता हक नै नभएका व्यक्तिलाई प्रतिवादी बनाएको एवं कानुनको हदम्याद समेत नघाई ल्याएको फिरादपत्रबाट इन्साफ तहकिकात गर्न नमिल्ने । (प्रकरण नं. १६) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या. पृथ्वीबहादुर सिंह : यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।१८ को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०२९ र ०३१ को दर्खास्त बमोजिम धनी पुर्जा पाउन दावी गर्दा हा.नं. १६ कै जग्गा मध्ये कि.नं. ३०३ र ३४० छुट हुन गएको रहेछ । सो को धनी पुर्जा पाउन २०३६ वैशाखमा मालपोत कार्यालयमा दर्खास्त दिई कारवाही हुँदा कि.नं. ३१७, ३०४, ३४० को हकमा ०३४।९।८ को आदेशले शिवलालको नाउँमा दर्ता भई गएको हक बेहकमा जान भनी मलाई सुनाई दिने गरी ०३६।६।३१ मा निर्णय भयो । विपक्षीले झुट्टा रसीद भिडाई मेरो हकको हा.नं. १६ को जग्गा दर्ता गराएकोले सो दर्ता बदर गरी मेरो हक कायम गरिपाउँ भन्ने समेत फिराद दावी । ३. विपक्षीको दावी जग्गामा हकाधिकार छैन । हदम्याद नै नाघी दायर भएको फिराद अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने प्रतिउत्तर । ४. वादी दावा पुग्न सक्दैन भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन मेरो हक कायम गरिपाउँ भनी वादी मु.स गर्ने ताराबहादुर विष्टको बा.अं.अ. मा परेको पुनरावेदन । ६. हदम्याद प्रतिवादीका नाउँमा दर्ता रहे भएको समेततर्फ केही नबोली नबुझी गरेको शुरु फैसला बदर गरिदिएको छ । अब कानुन बमोजिम फैसला गर्नु भनी शुरु जिल्ला अदालतमा पठाई दिने भन्ने समेत ०३९।५।५ को बागमती अञ्चल अदालतको फैसला । ७. ०३४।१२।२० मा हालैदेखिको बकसपत्र पारीत गरिदिएकोले मेरो हक हुन आएकोले मैले सानुलाललाई बकसपत्र गरिदिएको हुँ भन्ने समेत सन्तमायाको बयान । ८. कोटेश्वर गा.पं.वा.नं. ४क. कि.नं. ३४०, ३०३ र ३१७ को जग्गा सन्तमायाबाट हा.ब. पाई घर बनाई बसोवास गरिआएको छु भन्ने समेत सानुलालको का.जि. अ. मा भएको बयान । ९. फिराद दावी ज.मि.को. १८ नं. भित्रको नदेखिँदा खारेज हुने ठहर्छ भन्ने समेत का.जि. अ. को ०४१।२।१७ को फैसला । १०. सो फैसलामा चित्त बुझेन भन्ने वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र खारेज गरेको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०४१।८।२४ को फैसला । ११. खारेजी फैसलामा प्रत्यक्ष कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादीको म.क्षेत्रीय अदालतमा परेको निवेदनपत्र । १२. थाहा पाएको मितिले ६ महीना भित्र नालेश गरेकोलाई सदर गरेको बागमती अञ्चल अदालतको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत म.क्षे. अदाल