निर्णय नं. ११२९ - हर्जना दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२९ - हर्जना दिलाई पाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/२६ २२६० निर्णय नं. ११२९ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.फु.नं. १२३ फैसला भएको मिति : २०३५।२।२६।५ मा पुनरावेदक : बारा जिल्ला पिपरा गा.पं. वडा नं. ५ बस्ने रामचन्द्रप्रसाद कुम्हाल विरुद्ध विपक्षी : हिमालय आयरन एण्ड स्टिल प्रा.लि.का अ.मेनेजर गोविन्दबहादुर श्रेष्ठ मुद्दा : हर्जना दिलाई पाउँ (१) पेश्कीको रुपैयाँ मध्येबाट सावाँ र व्याज भराई पाउँ भनी लेनदेन व्यवहारको ४० नं. अनुसारको म्यादभित्रै फिराद भएको कुरामा करारसम्बन्धी ऐनको दफा १० र १५ अन्तर्गतको फिरादपत्र भनी खारेज गर्न मिल्ने अवस्था नहुने । (प्र.न. १४) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नीरकुमार क्षेत्री उल्लिखित मुद्दा :  फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाउपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३३।१२।९ मा आदेश भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा संक्षिप्त तथ्य यसप्रकार छ : २. फैक्टरीको विकासको कामलाई १५ लाख ईंटा चाहिएकोले पोली तयार गरी ०२८ साल जेष्ठभरमा सम्पूर्ण बुझाउने गरी ०२७।८।१५ भित्र ईंटा बुझाउन सुरु गर्ने, ०२७ माघ महिनादेखि प्रतिमास २।। लाखका दरले बुझाउने गरी ०२७।८।८ मा कबुलियत गरेको र कम्पनीबाट रु.११०००। पेश्कीसमेत लिएकोमा कबुलियतअनुरुप कोइलाको लाइसेन्स दिन नसक्दा १००० मन खरिद गरी ईंटा पोल्ने ठाउँमा पुर्‍याइसकेको र १५०० मन खरिद गरी राखेकोमा ईंटा पोल्ने काम सुरु नगरी कोइलाको परमिट नपाएकोले ईंटा पोल्न सकिएन भनी जवाफ दिई कम्पनीको काम हानीनोक्सान गरेकोले एगृमेन्ट करार सम्बन्धी ऐन, २०२३ को दफा १५ ले चैत्र महिनामा बुझाउनुपर्ने ईंटा २।। लाख नबुझाई शर्त उल्लंघन गरकोले शर्तबमोजिम विभिन्न प्रतिशतले हुने जम्मा रु.१७७८५।५० को सयकडा ५ ले हुने हर्जना रु.८८९।३७ र कम्पनीसँग पेश्की लिएको रु.११०००। मध्ये ईंटाको मोलमा कट्टा हुने २५ प्रतिशतले माघ र फागुन ०२७ को नालेसमा कट्टा गरी बाँकी हुन आउने रु.२१०६।२६ र रु.११०००। को ०२७ चैतदेखि आजसम्मको व्याज रु.३३४।५२ समेत रु.३३३०।१५ र अन्तिम फैसला भएका मितिसम्मको दशौंदले व्याजसमेत विपक्षबाट दिलाई भराई पाउँ भन्नेसमेत मिति ०२८।३।१८ को हिमालय आयरन एण्ड स्टिल प्रा.लि.का मेनेजर गोविन्दबहादुरको फिरादपत्र । ३. कोइला झिकाउने लाइसेन्स कम्पनीले दिने शर्त भएकोमा लाइसेन्स नदिएकोले रु.१४०००। लगाई ईंट बनाई ईंट पोल्न म्यान चिम्नीसमेत तयार गरिसकेको, कोइलाबेगर ईंट पोल्न नपाएकोले ईंट बर्सातले नोक्सान भएको र कबुलियत शर्त वादीले नै तोडेकोमा मलाई दोषी बनाइएको हो । म दोषी नठहर्ने भई नोक्सानी र ब्याजसमेत दिनु नपर्ने र पेश्कीको व्याज दोहरा दावी गर्न नपाउने भन्नेसमेत रामचन्द्रप्रसाद कुम्हालको प्रतिउत्तर । ४. रु.८८९।३७ हर्जना दिलाइपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । हर्जनातर्फ वादी दावा झुठ्ठा ठहर्छ । सावाँ रु.२१०६।२६ र पेश्की ११०००। को चैत्रको व्याज र ०२८।९।२० सम्मको दशौंद व्याज ८८६।२० प्रतिवादीबाट भराई पाउने ठहर्छ भन्नेसमेत पर्सा जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने प्र. रामचन्द्रप्रसाद कुम्हा