निर्णय नं. ११३० - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३० - जग्गा भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/१० २२१२ निर्णय नं. ११३० ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको विविध नम्बर २९ फैसला भएको मिति : २०३५।२।१०।३ मा निवेदक : कपिलबस्तु तप्पे गौरा मौजे बलहुवा बस्ने मन्नु कहार समेत विरुद्ध विपक्षी : मौजा हरिनारायणपुर बस्ने राजेश्वरी कुर्मी मुद्दा : जग्गा (१) प्रतिवादी आफू जोताहा भएको जिकिर गर्दैमा मोही तेरो मेरो विषयको विवाद हो भन्न मिल्ने अवस्था नआउने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा विपक्षी : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह उल्लिखित मुद्दा : फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा मन्नु कहार समेत ६ ले पश्चिमञ्चल क्षेत्रीय अदालतको ०३१।२।२३।४ को फैसलाउपर सर्वोच्च अदालतबाट इन्साफ जाँच गर्न पाउँ भनी श्री ५ महाराजाधिराजमा चढाएको निवेदनमा व्यहोरा साँचो भए पश्चिमाञ्चल क्षेत्रीय अदालतले छिनेको जग्गा मुद्दाको छिनुवा मिसिल झिकी त्यस सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु, निवेदकलाई जनाउ दिनु भनी ताहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफ सरकारको विशेष जाहेरी विभागबाट लेखी आएबमोजिम दे.वि. को लगतमा दर्ता गरी इन्साफ जाँच निमित्त यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीहरूले उखडा जग्गाको मोही हक कायम गरिपाउँ भनी म राजेश्वरी उपर फिराद दिएकोमा मेरो प्रतिवादी परी वादी दावी झुठ्ठा ठहराई तौलिहवा अमिनिबाट मैले जिती पाएको मिति ०१८।१।२०।३ मा र सोही सदर भई ०१८।३।११ मा तौलिहवा जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन परी कारवाही चलिरहेको अवस्था आएको उखडा डोरमा जग्गा दिंदा विगाहा १।१०।११ कारण काल्पाको लाग्ने राम फल्दे विगाहा २।१४।० जगत नारायणले विगाहा १।५।२ वंशराजीले विगाहा २।१६।१७ नेउनले समेत फाराम भरेकोमा मेरो उजूर परी ट्राइबुनलबाट सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा सो अदालतबाट जग्गा जिती पाएको निस्सा लिई आएबमोजिम जग्गा दर्तासम्बन्धी गर्न मिसिल कपिलवस्तु मालमा पठाई दिने ठहराई ट्राईवुनलबाट २०२३।२।९ मा फैसला भएको सर्वोच्च अदालतमा परिरहेको मुद्दामा मेरै जीत भई तौलिहवा जिल्ला अदालतकै सदर गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएकोमा २०२६ सालको बाली लगाउन जग्गा जोत पोत गर्न २०२६।३।७ मा जाँदा जोत्न नदिई खिचोला गरेकोले फिराद गर्न आएको छु । जवरजस्तीसँग खिचोला गरेमा सजाय गरिपाउँ भन्नेसमेत राजेश्वरी कुर्मीको २०२६।७।२२ को फिरादपत्र । ३. हामीले नै कमाई आएको जग्गा हुँदा मोहियानी हक जान पाउने होइन, हामी अघिदेखिको जोताहाको अस्थायी निस्सासमेत लिएको छौं भन्नेसमेत प्रतिवादी परेकोमा । ४. जग्गा खिचोलाको माग भएको भूमिसम्बन्धी ऐन नियमअन्तर्गत दायर हुन नआएको हुँदा त्यहाँ पठाउन नमिली सर्वोच्च अदालत डिभिजन बेञ्चमा यिनै वादी प्रतिवादी भएको मोहियानी हक कायम गरिपाउँ भन्नेसमेतको मुद्दा चलकै अवस्थामा ०२२।१०।१५ मा प्रतिवादीहरूले प्राप्त गरेको जो.अ.नि. उक्त सर्वोच्च अदालतको ०२३।९।१३ मा भएको फैसलाले नठहरेको मोहियानी हकलाई मोहियानी प्राप्त गरेको भन्ने र पछि प्राप्त होला भनी भन्न नमिल्ने भएकोले वादी दावीको जग्गामा प्रतिवादीहरूले जवरजस्ती खिचोला गरेको ठहर्छ भन्नेसमेत कपिलबस्तु जिल्ला अद