निर्णय नं. ११३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/२६ १९५० निर्णय नं. ११३२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको रिट नम्बर १३१२ आदेश भएको मिति : २०३५।२।२६।५ मा निवेदक : अं. नारायणी नं. पं.वीरगञ्ज वडा नं. ६ बस्ने पार्वतीदेवी रौनियार विरुद्ध विपक्षी : जि. बारा गा.पं.भतौडा वडा नं. ९ बस्ने गडर राउत कुर्मीसमेत विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुनै मुद्दामा विभिन्न प्रतिवादी भएकोमा एउटा प्रतिवादसँग मिलापत्र हुँदैमा अर्को प्रतिवादीको हकमासमेत सो मुद्दाको अन्तिम टुंगो लागेको भन्न नमिल्ने । (प्र. नं. ११¬) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान र विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय उल्लिखित मुद्दा : आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेरण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा जारी गरी ०३०।३।१५ को मिलापत्र र सो पछि भएको दर्ता निर्णयसमेत बदर गरिपाउँ भन्नेसमेत ०३३।८।१५ मा रिट निवेदन दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : वीरगञ्ज प.पं.वार्ड नं. ६ बस्ने गोपीकृष्ण रौनियारका नामको मतौडा गा.पं.वार्ड नं. ९ को कि.नं. १३ को जग्गा बिगाहा १।१७।० मध्ये उत्तरतर्फ आधी जग्गा बिगाहा ०।१८।१० मैले जोती आएकोले मोही कायम गरिपाउँ भन्ने वादी गुदर राउत सो जग्गा वादीले जोतेको हैन मैले जोतेको भन्नेसमेत प्रतिवादी अविलअहमद भएकोमा वादी दावीको जग्गा ०।१८।१० वादी गुदरको नाममा मोही कायम गरी वादी दावीको बिगो छाडी, प्रत्यर्थीहरू गुदर राउत कुर्मी र अलि अहमद मिया अञ्सारीको बीच प्रत्यर्थी भूमिप्रशासन कार्यालय बाराबाट मिति ०३०।३।१।१४ मा मिलापत्र भएको रहेछ । ३. रिट निवेदन जिकिर यसप्रकार छ : भू.सं.ऐन, २०२१ को दफा २६क. ले मोहीबाट कूत लिन पाउने, दफा २६ क. ले मोहियानी हक खरिद वा दानदातव्य वा अरू किसिमले हक छाडी लिन पाउने छैन भन्ने प्रतिबन्ध लगाएको छ । दफा २५ (४) (क) जग्गावालाबाट कमाउन लिएको जग्गा कसैलाई कमाउन दिएको भए निजको सबै अधिकार समाप्त हुने, मोहियानी हक कसैलाई दिन लिन नहुने स्पष्ट व्यवस्था छ । निवेदिकाको जि. बारा गा.पं.मतौडा वडा नं. ९ को कि.नं.१३ को जग्गा विगाहा १।१७।० छ, सो जग्गासमेतको मोही विपक्षी अलिअहमद अंसारी भएको सो जग्गासमेतको ०३२ सालको बालीमा नालेस गरेकोमा बारा जि. अ.ले ०३३।६।६ मा जग्गा विगाहा १।१७।० मध्ये ०।१८।१० को मात्र बाली भराउने गरी फैसला गर्नुभयो र ०३३।७।१६ मा नक्कल सारी हेर्दा मैले अघि जग्गा जोती आएको भनी प्रतिवादी फिराई मिलापत्र पेश गरेको छ, सो हेर्दा गुदरले आधा जग्गा मोही भई जोत्न पाउने गरी ०३०।३।१४ मा मिलापत्र गरेका रहेछन्, यो कुरा कतैबाट खबर र भूमिप्रशासनबाट मलाई बुझ्ने काम पनि भएन, सो मिलापत्रको आधारमा गुदरलाई मोही कायम गरेको भू.सं.ऐनको दफा २५ विपरित छ । सो मिलापत्र र सो पछि भएको दर्ता निर्णयसमेत बदर गरिपाउँ भन्नेसमेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।८।१६ को आदेशानुसार प्राप्त प्रत्यर्थीहरूको लिखितजवाफ निम्नप्रकार छ : ५. सो कि.नं. १३ जग्गा विगाहा ०।१८।१० मैले ०२५ सालदेखि जोती कमाई आएको मोहीको प्रमाणपत्र पाएको छु । मै