निर्णय नं. ११३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/१२ २११२ निर्णय नं. ११३३ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३४ सालको रिट नम्बर ७६८ आदेश भएको मिति : २०३५।२।१२।५ मा निवेदक : ट्रलिबस सेवा कार्यालय, बानेश्वर का.मु.प्रबन्धक तीर्थराज शर्मा विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, गौशाला छोटी प्रहरी ठाना, रामप्रसाद आचार्य र शशी दाहाल बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सवारी सम्बन्धी ऐनको अवलोकनबाट दफा ५७ मा प्रयोग भएको ज्यान मारिएको वा अंग भंग भएको वाक्यांश पनि मनुष्य सम्बन्धीलाई लिएर उल्लेख भएको भन्ने कुरा प्रष्ट हुन आउने। (प्र.नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ उल्लिखित मुद्दा :  आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जी जारी गरी नं. १ को उक्त निर्णयको तपसील खण्डमा उल्लिखित मृतक गाईको विगो नेपाल यातायात संस्थान ट्रलिबस सेवा कार्यालयबाट भराउने भन्ने व्यहोरा तथा सो सम्बन्धि उक्त मितिको पत्र पर्व सो सम्बन्धमा विपक्षी नं. २ को माग प्रतिवेदन समेत बदर गरी उल्लिखित हकहरू प्रचलन समेत गरिपाउँ भनी रिट निवेदन मिति ०३४।५।६।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : ०३३।३।२७ गतेका दिन विपक्षी नं. ३ ले चलाएको ट्रलिबस नं. ६६१ ले लठ्ठामा ठक्कर दिई उत्तरतर्फ पुगी चर्न लागेको गाईलाई किची मारेकोले चालक विपक्षी ३ लाई कारवाई गरी विगो समेत दिलाई पाउँ भन्ने शशि दाहालको मिति ०३३।३।२८ को जाहेरी दरखास्तबाट कारवाही चली चालक (विपक्षी नं. ३) ले सवारी ऐन, २०२० को दफा ३८ को विपरित गरी सवारी चलाई दुर्घटना गराएको हुँदा सोही ऐनको दफा ५० अनुसार सजाय गरी दफा ५३ अनुसार मृतक गाईको विगो रु.१५००। गाई धनीलाई नेपाल यातायात संस्थान ट्रलिबस सेवा बानेश्वरबाट भराई दिने भन्ने विपक्षी नं. २ ले विपक्षी नं. १ मा पेश गरको निवेदन । विपक्षी नं. १बाट विपक्षी नं. ३ को बयान गराई मिति ०३३।८।२१ मा निर्णय फैसला गर्दा विपक्षी नं. ३ ले दफा २८ को वर्खिलाप गरी सवारी चलाई सवारीबाट धक्का लागि गाई मृत्यू भएको भन्ने प्रहरी प्रतिवेदन मनासिव ठहर्छ भन्ने ठहर गरी तपसील खण्डमा विपक्षी नं. ३ ले चलाएको ट्रलिबसले ठक्कर लागी मृत्यू भएको ठहरेकाले सवारी ऐन दफा ५३ अनुसार पाउने विगो रु.१५००। नेपाल यातायात संस्थान ट्रलिबस सेवा काठमाडौंबाट दिलाउने समेत माग प्रतिवेदन प्राप्त भएकोले दण्ड सजायको ४३ नं.का म्याद ३ वर्ष भित्र शशि दाहालको दरखास्त परे ट्रलिबस सेवाबाट शशि दाहाललाई दिनु भन्ने उल्लेख भएको रहेछ । ३. विपक्षी नं. १बाट भएको उक्त फैसलाको ठहर खण्डमा सवारी ऐन, ०२० को दफा ५३ को व्याख्या गरी मृतक गाईको विगो निवेदनबाट दिलाउने भराउने सम्बन्धमा कुनै ठहर गर्न नसकी तपसील खण्डमा मात्र माग प्रतिवेदन अनुसारको विगो निवेदकबाट भराउने भन्ने उल्लेख भएबाट ठहर निर्णयको अभावमा भएको उक्त निर्णय सरासार गैरकानूनी तथा त्रुटिपूर्ण छ । ४. विपक्षी नं. २ बाट त्यसरी माग प्रतिवेदन पेश भएपछि सो अनुसारको विगो निवेदकबाट भराउने यस्तो निर्णय गर्नुभन्दा अघि निवेदकलाई आफ्नो कुरा भन्न तथा सबूद प्रमाणसमेत पेशगर्ने मौका दिनु पर्नेमा