निर्णय नं. ११३४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३४ - कर्तव्य ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/२० २२२२ निर्णय नं. ११३४ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुृर सिंह माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३ सालको फौ.फु.नं. ९ फैसला भएको मिति : २०३५।३।२०।३ मा पुनरावेदक : श्री ५ को सरकार बिरुद्ध प्रतिवादी : वाग्लुङ जिल्ला घर भई हाल काठमाडौं जिल्ला कार्यालय कारागार शाखामा थुनामा रहेका ताक्ला ठकुरी समेत मुद्दा : कर्तव्य ज्यान (१) छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नुपर्ने । (प्र.नं. २३) पुनरावेदक तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लिखित मुद्दा :  आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।११।२५।४ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझिएकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मेरो लोग्ने हाङचुपनलाई याम्फी र ताक्लाले छुरी प्रहार गरी ०३२।२।२७ गते मृत्यु भएकोले निजहरू प्रति कानून बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरीमा भएको पेवा लमेनीको बयान कागज । ३. हाङचुपनलाई ताक्लाले समाती खिंम्पाले छुरी ईंटाले हानेको मैले देखेको छु भन्ने ढालबहादुरको प्रहरीमा बयान कागज । ४. हाङचुपनले मलाई ईंटाले हान्यो मलाई रिस उठी मैले पनि हिर्काएँ निज लडे वा के भयो सोही बखत मैले भिरी राखेको छुरीले हानेको हो लागे नलागे थाहा भएन, त्यस बखत ताक्ला त्यो ठाउँमा छैन । मैले प्रहार गरेको छुरी ईंटाको चोटले निज हाङचुपनको मृत्यु भएको हो भन्नेसमेत याम्फी खम्पाले प्रहरीमा गरेको कागज । ५. ०३२।२।२६ गतेमा प्र.याम्फी र हाङचुपनको घा खत फाराम भएको र हाङचुपनको बायाँ नसंखिनी र धमनी फारिएकोले रक्तश्राव भई मरेको भन्ने लासजाँच प्रतिवेदन । ६. याम्फी र अर्का ठूलाखालको १ जनासमेत २ जना भई हाङचुपनलाई ईंटा ढुङ्गाले हिर्काएको मैले देखेको भन्नेसमेत व्यहोराको शिवलाल समेतको भनाई सर्जमिन । ७. हाङचुपनलाई ताक्लाले समाती छुरी ईंटाले प्रहार गर्न संयोग पारी दिएको र याम्फीले छुरी ईंटा प्रहार गरी सोही चोटबाट निजको मृत्यु भएको देखिनाले याम्फीउपर ज्यानसम्बन्धीका १।१३ (२) नं. र ताक्लालाई ऐ.को (१३।४) अनुसार कारवाही भई सजाय हुृन प्रतिवेदन भई आएको । ८. छुरीले हानी भागेको र मरेको भनी मैले प्रहरीमा भनेको छैनँ, मेरो चोटबाट मरे वा के भई मरेको हो सो मलाई थाहा छैन, बरामद भई आएको छुरी देखें मेरै हो । त्यसमा लागेको रगत मलाई पनि चोट परेको हुँदा के भयो थाहा छैन, मलाई देब्रे हातमा छुराको घाउ लागेकाले सो रगत नै हो वा अरूलाई छुराले हानिलागेको हो त्यसबेला जाँड खाइराखेको हुँदा यकीन गरी भन्न सकिनँ । ताक्ला भोटे मसँग नभएको र नआएको हुनाले निजले संयोग गरी दिएको र मैले छुरीले हानेको होइन भन्ने हाङचुपन र मैले जाँड खाइरहेको बखत झगडा भई हाङचुपन मरेका हुन निजलाई मार्न पर्ने सम्मको कुनै रिसइवी छैन भन्नेसमेत याम्फीको अदालतमा बयान । ९. झगडा भएको र लोग्नेको आवाज लोग्ने कराएको सुनी बाहिर आउँदा लोग्ने हाङचुपनलाई ताक्लाले घाँटी समाई राखेक