निर्णय नं. ४७१८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७१८ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/१५ २६०५ निर्णय नं. ४७१८ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०४७ सालको रिट नं. १२४५ आदेश मिति: २०५०।३।१५।३ निवेदक : राधाकृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत समेत । विषय : उत्प्रेषण । (१) मिलोमतो गरेको छ, छैन भन्ने तथ्यको निरोपण रिट अधिकार क्षेत्रबाट गर्न नमिल्ने । (प्र.नं. ८) (२) जहाँसम्म २०३९।४।२४ मा तामेल भएको म्याद कानून बमोजिम छैन भन्ने कुरा छ त्यसतर्फ हेर्दा अ.वं. ११० नं. को रित नपुगेको भन्ने निवेदकको कथन छ । घरद्धारमा फेला नपरेको अवस्थामा अ.वं. ११२ नं. को प्रकृया अवलम्बन गर्नुपर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा घर फेला नपरेको भनी वडा समितिमा २ जना स्थानीय भलादमी राखी वडाको छाप लगाई तामेल भएको कुरा सक्कल म्यादको अवलोकन गर्दा देखिन आएको हुँदा म्याद तामेल गर्दा रिट क्षेत्रबाट हस्तक्षेप गर्न पर्ने प्रकृतिको कानूनी त्रुटी भएको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना । : विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ । आदेश १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य विवरण यस प्रकार छ :– २. म रिट निवेदकले २०३५।६।८ गते विपक्ष लेखनाथ उपाध्यायसँग का.न.पा. वडानं. ३२ को कि.नं. ४६८ र ४६९ को जग्गामा ह.व. रजिष्ट्रेशन पास गरी लिएको थिए । विपक्ष मधुसुदन शर्मा र लेखनाथ उपाध्याय समेतले मिलेमतो गरी उक्त कि.नं. का जग्गाहरुमा मधुसुदनको कि.नं. ४६७ को जग्गामा जानको लागि मैले हा.व. गरी लिएको कि.नं. ४६८ को जग्गा दक्षिण भागमा पूर्व पश्चिम लम्बाई ४६ फुट उत्तर दक्षिण १२ फुट चौडाईको बाटो कायम बमोजिम भोग गरी रहेको थिए । भाई लेखनाथले बाटो सहितको कि.नं. ४६८ जग्गा विपक्ष राधाकृष्णलाई मिति २०३५।६।८ मा वक्सपत्र गरिदिनु भएको र निजले पनि मेरो बाटो नदिनु भै खिचोला गरेकोले खिचोला मेटाई बाटो खुलाई बाटो चलन चलाई पाउँ भनी मधुसदन शर्माले, लेखनाथ उपाध्याय र म निवेदक उपर समेत फिराद दायर गर्नु भएछ । विपक्ष मधुसुदनको फिराद मिलान हुने गरी विपक्ष लेखनाथ उपाध्यायले प्रतिउत्तर दिई फिराद दावी कायम गराई फैसला गरेको रहेछ । फिराद दावी अनुसार चलन चलाई दिनु भन्ने म्याद ०४७।१।२१ मा मलाई तामेल गर्न ल्याएबाट के भएको रहेछ भनी अदालतमा गै बुझ्दा थाहा हुन आयो । अ.वं. ११० को रित पुर्याई तामेल भएको म्यादमा थाहा पाउन नसकी फैसला भएको ६ महिना भित्रमा थाहा पाएको ३५ दिन भित्र प्रतिउत्तर दिनु पर्नेमा कानूनी व्यवस्थाको उपचार समेत पाउन नसकोस भन्ने मनसाय लिई चलन चलाउने २ वर्षको म्याद नघाई पुनः एक वर्ष भित्र दर्खास्त दिने कार्य भएको रहेछ । तेश्रो निवेदनको म्याद मैले बुझेपछि मात्र त्यस्तो गैर कानूनी फैसला भएको थाहा पाई प्रतिउत्तर दिनको लागि अ.वं. २०८ नं. बमोजिमको हदम्याद समेत गुज्रन सम्मको जालसाज विपक्षहरुले गरेकोले कानूनी उपचारमा जाने अन्य बाटो केही नहुँदा सम्मानित अदालतको सरणमा रिट निवेदनको माध्यमले न्यायको गुहार माग्न आएको छु । त्यस्तो गैर कानूनी म्याद तामेलीको प्रकृयाले व्यक्तिको अधिकार हननको उपचारार्थ सम्मानित सर्वोच्च अदालतले उत्प्रेषण र परमा