निर्णय नं. ११३५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५ - अंश भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/३५ २०४९ निर्णय नं. ११३५ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको दे.पु.नं. ७० फैसला भएको मिति : २०३५।२।३२।४ मा पुनरावेदक : जि. सप्तरी साह गाउँपञ्चायत वडा नं. ५ बस्ने विन्देश्वरी सिंह राजपुतसमेत विरुद्ध वादी : ऐ.ऐ.बस्ने डिल्ली सिंह राजपुत मुद्दा : अंश (१) कोर्टफी ऐन, ०१७ को दफा ३ बमोजिम कोर्टफी दाखिल नगरी कुनै अदालतले नालेश वा उजूर लिई कारवाई गर्नसमेत नमिल्ने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा : फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालतले मिति ०३२।७।३०।१ मा गरेको फैसलाउपर पुनरावेदन गर्ने अनुमति पाई यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : बाजे रामलाल सिंहको ३ छोरा जेठा सोमी, माईला रौदी, कान्छा सुर्जी सगोलमा रही १९८९ सालमा सोमी परलोक भएका, बाबा रौदी मुख्य भई राखन–धरन सुर्जी सिंहमै बरावर आर्जन गर्दै आउनु भएको उहाँ १९९३ साल पौषमा स्वर्गे हुनु भएको र विपक्ष विन्देश्वरी घरको मुख्य काम गरी आएकोमा हाल आर्जन जग्गाहरू छोरा लगनदेव रनवीर प्र.नागेश्वरका नाउमा दर्ता गराई राखेको र सोमी सिंह नाममा दर्ता तपेश्वरका नाममा सरेको, ०४ सालको नापीमा तपेश्वरकै नाममा दर्ता भए पनि सगोल विपक्षी जिम्मा हुँदा शंका लिएको थिएन । सगोल आर्जन आयस्ताबाट लगनदेवका नाममा खरीदि जग्गाको आयस्ता भाग नदिएको र ०२४।८।१४ मा मानो छुट्टि भिन्न बसेपछि बण्डाको जिकिर गर्दा आजभोलि गर्दै ल्याएको, अंश मार्न आफ्नो नाम दर्ता जग्गा विभिन्न तवरले बिक्री गर्ने प्रवन्ध गर्न लागेको बुझिएकोले तायदाती लिई ३ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्नेसमेत २०२५।११।१० को फिराद । ३. १९६८ सालमा ३ बण्डा गरी वादीका बाबु रौदी सिंहले १ बण्डा लिई बेगल बसेका तपेश्वरका बाबु सोमी, म विन्देश्वरीका बाबु सुर्जी सगोल बसी १९७२ साल कार्तिकमा १९६८ को बण्डा बमोजिम आफ्नो–आफ्नो बण्डा लिई भिन्न बसेका र रौदी सिंहको भाग वादीको भाउजूले र सोमीको भाग तपेश्वर, नागेश्वरले सुर्र्जी सिंहको भाग उहाँले नै खाई आउनु भएको ०७ सालकै बालीदेखि रौदी सिंहको फाँट जग्गा वादीको नाममा सुर्र्जी सिंहको फाँट निजको मञ्जुरीले म लगनदेव रनवीरका नाममा दर्ता भएको, विन्देश्वरीबाट म लगनदेव २०२१ र म रनबीर २०५५ सालमा मानो छुट्टि भिन्न छौं । वादीले छोराको नाममा करिव १३७ विगाहा जग्गा खरीद गरेको, वादी मतदाता सूचीमा अलग रहेको, वादीले घरको मुख्य भई वडा समितिबाट कर्जा लिएको, लगनदेव दर्ता जग्गा बिक्री गर्दा हक लाग्ने सुर्र्जी सिंह विन्देश्वरी सिंहको मञ्जुरी लिन पर्ने थियो । सगोल भए म विन्देश्वरीबाट तपेश्वरले २०१६।२०१८ सालमा बिक्री लिनु दिनु गरी दाखिल दर्ता हुने थिएन । बिक्री लिनु दिनु भई दर्ता गरी दाखिल भएको छ । २०१८ सालदेखि २०२२ सालसम्म खालिसा मौजे सन्तपुर १।।।१।।१ रामपुरको ४७।।।३ कुसाहाको १७४।१ जग्गा बिक्री गर्दा म बाहेक अरू अंश नभएको भनी बिक्री भएको छ । वादीको कुनै उजूरसमेत छैन । सगोल भए उजूर हुनुपर्ने भन्नेसमेतको कारण अंश दिनु लिनु छैन । झुठ्ठा दावाबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत विन्देश्वरी, लगनदेव, रनवीरसमेतको प्रतिउत्तर । ४. १९६८ सालमा ३ बण्डा लगाई १ बण्डा लिई रौदी सिंह भिन्न बसी सगोल रही १९६८ सालका बण्डाबमोजिम अं