निर्णय नं. ११३६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६ - लेनदेन भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/१४ १९१२ निर्णय नं. ११३६ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको देवानी साधक नम्बर १ फैसला भएको मिति : २०३५।३।१४।४ मा वादी : जि. सिराहा ईंटाटार लेनुवापटी गा.पं. वडा नं. ९ बस्ने रामेश्वर यादव विरुद्ध प्रतिवादी : जि. धनुषा लकड गा.पं. वडा नं. १ बस्ने हरिहर गोइत यादव मुद्दा : लेनदेन (१) कार्यवाही सम्बन्धित आदेशले कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको भन्न नमिल्ने । केवल मुद्दाको कार्यवाही गर्नेसम्मको आदेशलाई रुलिङ्ग भन्न नसकिने । (प्र.नं. १५) प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  फैसला का.मु.प्र.न्या. वासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट जाहेरी फैसला अनुसार यस अदालतको साधक लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. निज प्रतिवादीले मसँग भा.रु.२५००१ कर्जा लिई सो को १० का दरले व्याज समेत बुझाउँला भनी २०१७।१।५ मा कपाली तमसुक लेखिदिएकोमा सावाँ व्याज नदिएकोले जम्मा सावाँ व्याज रु.६२०७३।३७ अन्तिम फैसला मितिसम्मको व्याजसमेत भराई पाउँ भन्नेसमेत ०२५।५।२६ को वादीको फिरादपत्र रहेछ । ३. वादी सिराहा जिल्लाको र म धनुषा जिल्लाको निवासी भएको र म वयोबृद्ध भएकोले हिंडडुल गर्न नसक्ने तथा निरअक्षरीसमेत हुँदा घरको कारोवार उमेर पुगेका छोराहरूले नै गर्ने गरेकोले छोराहरूको मन्जुरीको लिखत नभई वादीले त्यतिकै रुपैंया मलाई कर्जी दिनु भएको होला ? कीर्ते जालसाज तमसुक खडा गरी यो नालिस गरेको हो । लिखत हेर्न पाएका बखत यकिन गर्नेछु । मैले वादीलाई कुनै लिखत गरी दिएको छैन भन्नेसमेत हरिहर गोइतको प्रतिवादी रहेछ । ४. यस कागजमा लागेको कारणीको सहिछाप म हरिहर गोइतको हो । यो लिखत सद्दे हो । तर यो लिखत रुपैंया लिई गरेको होइन भन्नेसमेत हरिहर गोइतको वा.रामगिरी गोईतको बयान । ५. मैले हरिमान कुजरालाई कुनै कागज गरी दिएको छैन र कुनै कागज जमुनाप्रसाद जिम्मा राखेको पनि छैन, भन्नेसमेत बोकु यादवको वयान । ६. बतुकी यादव र हरिहर गोइतको जग्गा झगडा भएकोले पञ्चायतमा जमुनाप्रसादसमेत डाकी २३ साल श्रावण महिनाको गते,बार याद छैन भा.रु.२५००१ को हरिहर रामेश्वर नाममा र बौकुले भा.रु.२५००१ मेरा नाममा तमसुक गरे । विश्वासको लागि अघिको मिति गरिएको हो । रुपैंया पैसा लिई गरे भएको होइन । बौकु र हरिहरले गरेको दुवै तमसुक जमुना जिम्मा राखियो । हरिमानलाई कागज गरेको छैन भन्ने बौकुको कुरा गलत हो । मेरो जिम्मा नहुँदा दाखिल गर्न सक्दिन भन्नेसमेत हरिमतको बयान रहेछ । ७. तमसुकको सही हरिहरको रुपैंया मेरो सामुन्ने दिएको छैन भन्नेसमेत खरक र वैजनाथको एकै व्यहोराको बयान रहेछ । ८. सक्कल लिखत हेर्दा सहिछाप प्रष्ट नदेखिएको कागजाँचको ६।७ ले प्रष्ट हुनुपर्ने सो नभएको र ५ नं. ले उजूर नलाग्ने देखिएकोले ऐनको रीत नपुगेकोले वादी खारेज हुन्छ भन्नेसमेत धनुषा जिल्ला अदालतको मिति ०३२।९।३ को फैसला । ९. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन परेकोमा सुरुको इन्साफ मनासिव ठहर्‍याई जनकपुर अञ्चल अदालतबाट मिति ०३०।८।१४।८ मा भएको फैसला रहेछ । १०. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन परेकोमा वादीको वारेस कृष्णदेव लाल कर्णले ०३२ साल फल्गुण १५ गतेको तारेख गुजारेको र थ