निर्णय नं. ११३७ - घर बगैंचा छुट्याई उठाई चलन पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३७ - घर बगैंचा छुट्याई उठाई चलन पाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/१२ १९८१ निर्णय नं. ११३७ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.फु.नं. ११८ फैसला भएको मिति : २०३५।३।१२।१ मा निवेदक : काठमाडौं न.पं. वडा नं. २४ अन्तर्गत वटुटोल बस्ने कृष्णमान श्रेष्ठ विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत हाल वडा नं. २४ बस्ने रुद्रमाया श्रेष्ठ मुद्दा : घर बगैंचा छुट्याई उठाई चलन पाउँ (१) संयुक्त भई राजीनामा गराई लिएको घरको हकमा दुवैजनाको बराबर भाग लाग्ने । (प्र.नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी उल्लिखित मुद्दा : फैसला न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।१।२०।२ मा भएको फैसला सार्वजनिक विषयमा कानूनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी कृष्णमान श्रेष्ठले चढाएको निवेदनमा ०३४।६।१४।६ मा पुनरावेदन गर्ने अनुमती पाई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बाबु बुद्धिलालको छोरा म फिरादी र तुल्सीभक्त २ र छोरी विपक्षी रुद्रमाया र ज्ञानकुमारीसमेत २ गरी जम्मा ४ छोरा छोरी भएको बाबु–आमा मरिसकेको र ज्ञानकुमारीको अघि नै विवाह भई विपक्षी रुद्रमायाको विवाह नभई बुढीकन्या हुँदा ज्ञानीसमेत सगोलमा बसिआएको र तुल्सीभक्त पनि मरिसकेकोले बुहारी चम्पा, भतिजा बाबुकाजीले रु.३,९५१।–लिई मिति ०९।३।१३।५ मा अंश छोडपत्र पास गरी दिई छुट्टि बसेकोले विपक्षी दिदी जेठी भएकोले चल–अचल श्रीसम्पत्ति समाली आएको, निजको चित्त नदुखोस् भन्ने अभिप्रयासले २०२६।६।१५ मा रजिष्ट्रेशन पास गराई लिएको । वटुटोलको घरसमेत विपक्षी र म समेत दुवैजनाको नाममा खरिद गरेका थियौं । त्यतिकैमा म उपर घर बगैंचा छुट्याइपाउँ भन्ने मुद्दा दायर गरी दुःख दिएकीले मुद्दा परिसकेपछि विपक्षीलाई अंश छुट्याई बसौं भन्दा आलटाल गरी अंश दिन्न भन्ने जवाफ दिएको हुँदा सबै चल–अचल श्रीसम्पत्ति विपक्षीका हातमा रहेकोले विपक्षीसँग तायदाती लिई मैले पाउनुपर्ने ३ खण्डको २ खण्ड अंश पाउँ भन्ने फिराद दावा । ३. वादी र म २०२६।१२।१३ सम्म सगोलमा बसेका थियौं र सगोलमा बसेको अवस्थामा आफूले काम गर्न सकेको अवस्था कपडा बुन्ने धागो बाटी कपासको बत्ती बनाई बिक्री गरी जोडेको रु.७०००।–मेरो पेवाको रुपैंयाँ भएको हुँदा हामी वादी प्रतिवादी आफू–आफूले जोडेको सम्पत्ति हुँदा विपक्षी कृष्णमानको रु.७०००। र मेरो ७०००।–जम्मा रु.१४०००।–दुवै जना मिली घर बगैंचा का.जि. कुसिकार गल्ली बस्ने आषालाल अमात्यसँग ०२६।६।१५ मा पास गरी लिई भोग गरी आएका छौं । हामी मिली बस्न नसकी मेरो हक जतिको घर बगैंचा मिति २०२६।१२।१३ गते छुट्याईदिनु, मेरो भागको कोठामा बसी आएको हुँदा बहाल पनि दिनु भनी विपक्षीलाई भन्दा सोही दिन रातको १२ बजे समयमा विपक्षी र निजको छोरा सुर्जेभक्त समेतले मलाई कुटपिट गरेको हुँदा मैले नालेश गरेको हुँदा विपक्षीलाई जरिवानासमेत भई २०२८।३।३०।४ मा फैसला भएको छ । घर बगैंचा छुट्याई नदिएको हुनाले घर बगैंचा छुट्याई चलन चलाई पाउँ भन्ने विपक्षीउपर यसै अदालतमा फिराद दायर गरी चलन चलाई दिने ठहरी ०२९।३।३१ गते फैसला भएको छ र का.जि. अ.को फैसलाउपर वा.अं.अ.मा पुनरावेदन गरेकोमा वा.अं.अ.बाट ईन्साफ सदर ठहरी ०३०।२।३२ मा फैसला भएको छ वा.अं.को फैसलाउपर विपक्षीको सर्वोच्च अदालतमा पुनरावेदन परी हाल म.क्षे.अ.मा स