निर्णय नं. ३९७२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७२ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/१९ २३६३ निर्णय नं. ३९७२ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रि.नं. १६१९ आदेश भएको मिति : २०४६।८।१९।२ मा निवेदक : का.न.पं. थापाथली बस्ने मकबुल अहमद लारी विरुद्ध विपक्षी : महेन्द्र नगर न.पञ्चायत महेन्द नगरसमेत विषय : उत्प्रेषण § बिक्री गर्ने मालको मूल्यको आधारमा व्यापार कर लगाउनु पर्नेमा सो बमोजिम नगरी निवेदकको मदिरा उत्पादनको प्रतिलिटरको आधारमा व्यापार कर लगाउने भनी विपक्षी नगर सभाबाट भएको निर्णय र सो बमोजिम विपक्षी नगरपञ्चायतको पत्रानुसार विपक्षी ठेकेदारबाट व्यापार कर उठाउने गरेको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. श्री ५ को सरकारसँग भएका करार बमोजिम वार्षिक अन्तशुल्क रु. २१,००,०००।– बुझाउने शर्तमा निवेदकले कन्चनपुर जिल्लाको नगरपञ्चायत क्षेत्र बाहिर बेलौरी भन्ने ठाउँमा मझौला खालको डिष्टिलरी खोली निम्न कोटीको मदिरा उत्पादन गर्ने गरिआएको छु । न.पं. नियमावली, २०२० को नियम ७ को उपनियम (२) को खण्ड (छ) मा आफ्ना क्षेत्र भित्रको मझौला खालको डिष्टिलरीमा वार्षिक रु. ७००।– सम्म र ठुला ठुला खालकोमा रु. १५००।– सम्म वार्षिक कर लगाई नगर पं. ले लिन पाउने व्यवस्था छ । सो भन्दा बढी लिन पाउने अधिकार छैन । विपक्षी न.पं. बाट लारी डिष्टिलरीका नाममा एउटा पत्र आयो । जसमा महेन्द्र नगर कन्चनपुरमा उत्पादित मदिरामा नगरपञ्चायतको दशौं नगर सभाबाट प्रतिलिटर ।३५ (पैतिस पैसा) का दरले व्यापार कर लिने निर्णय भएकोले ठेकेदार गणेशराज बोहरालाई बुझाउनु भन्ने व्यहोराको मिति २०४५।६।२ को पत्र रहेछ । उत्पादनमा अन्तशुल्क लगाई श्री ५ को सरकारले लिने कानुनी व्यवस्था छ । उत्पादनमा व्यापार कर लगाउने कानुनी व्यवस्था छैन । व्यापार कर लिनेमा पनि मूल्य उपर लिने र मूल्य नखुलेकोमा नगरपञ्चायत नियमावलीको नियम ७ को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम समितिले निर्धारित नगरी यति मालमा यति कर लाग्छ भन्ने लगाई लिने कुनै कानुन छैन । विपक्षीले कानुनको अधिकार बेगर आफ्नो क्षेत्र बाहिरको डिष्टिलरीबाट उत्पादन हुने मदिरामा लिटरको ।३५ (पैतिस पैसा) को हिसाबले कर लाग्दछ भनी मलाई विपक्षी ठेकेदार मार्फत २०४४।५।१७ मा रु. २,२४१।०५ असूल समेत गरी लिएको र बराबर यसै गरी बुझाउनु पर्छ भनी माग गर्दै आएकोले यसरी त्रुटिपूर्ण तवरबाट विपक्षी नगर सभाको दशांै नगर सभाबाट गरेको कर लगाउने निर्णय र विपक्षी महेन्द्र न.पं. को कर बुझाउने माथि उल्लेखित आदेश बदर गरी आयन्दा कर नउठाउनु भन्ने जो चाहिने आज्ञा, आदेश विपक्षीहरुको नाउँमा जारी गरिपाउँ साथै कर बुझाउन ताकेता गरेकोले यो निवेदनको टुंगो नलागेसम्म कर असूल नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन । ३. यस्मा के कसो भएको हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. मैले मिति २०४४।५।११ मा महेन्द्र नगर न.पं. संग गरेको कबूलियत बमोजिम उक्त व्यापार कर न.पं. ले तोके