निर्णय नं. ३९७३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/०६ २२८९ निर्णय नं. ३९७३ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. ६१७ आदेश भएको मिति : २०४६।९।६।५ मा निवेदक : ल.पु.न.पं. वा.नं. २ सानेपा बस्ने अजयकुमार झा विरुद्ध विपक्षी : प्रिन्सीपल (प्रधानअध्यापिका) ज्ञानोदय वालबाटीका आवाशीय माध्यमिक विद्यालय ललितपुरसमेत विषय : उत्प्रेषण § शिक्षा नियमावली, २०२८ को नियम २८(२)(क) हेर्दा विद्यालयका शिक्षकलाई विभागीय सजायँ गर्ने सम्बन्धमा बर्खास्त गर्ने सजायँका लागि विद्यालयका प्रधानअध्यापकलाई अधिकार रहे भएको नपाइने । (प्रकरण नं. ८) रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रमुख रिटनिवेदनको संक्षेप व्यहोरा यस प्रकारछ । २. म निवेदक शिक्षा ऐन तथा नियमावली बमोजिम श्री ५ को सरकारबाट स्वीकृत प्राप्त ज्ञानोदय बालबाटीका आवासीय माध्यमिक विद्यालय ललितपुरमा २०४४ साल फाल्गुण देखि अस्थायी र २०४५ साल फाल्गुण देखि स्थायी शिक्षक भई सेवा गरी आइरहेको थिएँ यस्तैमा २०४६।१।७ मा शिक्षा दिने सिलसिलमा एक जवान विद्यार्थीलाई दण्ड गरेकोमा बढाई चढाई गरियो । सो मा प्रिन्सीपलले चेतावनी साथै नसिहत दिएको पत्र थमाइयो । जुन शिक्षा नियमावली, २०२८ को नियम २७ को (१) विपरीत छ । सो पछि म स्कूल हाजिर नरहेकोमा पुर्वाग्रह राखी ०४६।१।११ मा ०४६।१।८ को निरीक्षणबाट अरु गल्ती देखिएको भनी बर्खास्तीको पत्र दिइयो । यसरी एउटै कसूरमा दुई पटक सजायँ दिइएको छ । सोउपर विद्यालय सञ्चालक समितिमा अपील गरेकोमा समितिका अध्यक्षबाट हामी केही गर्न सक्तैनौ भन्ने जवाफ आयो । यसरी सफाईको मौका नै नदिई शिक्षा नियमावली, २०२८ को नियम २८ को (२)(क) ले पनि बर्खास्त गर्ने अधिकार छैन । एउटा शिक्षकलाई बढी से बढी नसिहत दिने वा १ हप्ताको तलब रोक्ने सम्म अधिकार प्रधानाध्यापकको हुन्छ । सोही नियमावलीको नियम ४७(क) बमोजिम सजायँ गर्न पाउने अधिकारीले बर्खास्त गर्न सक्ने आधार छन् । सो बमोजिमका काम पनि म बाट भएका छैनन् । अतः सफाईको मौका नै नदिई अनाधिकार प्रिन्सीपलले मलाई बर्खास्त गर्ने गरी गरेको मिति २०४६।१।११ को पत्र र तत्सम्बन्धी सम्पूर्ण कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः मेरो साविक पदमा बहाल गरिदिनु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन । ३. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघे पछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।४।२६ गतेको आदेश । ४. विपक्षी स्थायी शिक्षक नभई प्रोफेसनल हुन् । निजलाई रिट गर्ने हक नै छैन । उहाँको बारेमा बारम्बार अभिभावकबाट गुनासो आइरहने र २०४६।१।८ मा अभिभावकहरुले विद्यालयलाई दिएको पत्रमा विद्यार्थी हिमालराज वैद्यलाई पाखुरामा सुनिने गरी नराम्रोसंग निलडाम पारी र पिठमा लाठीले हिर्काएर ठुलो घाउ पारी बहुला जस्तो व्यवहार गरेको भनी हिमालराज वैद्यको बुँदाको लिखित पत्र उल्लेखित भएको । त्यसरी नै अन्य विद्यार्थी सौरभ श्रेष्ठ, जोहन राईलाई निर्मम पिटाई गरेको पत्रहरु प्राप्त भए । विद्यालयको आस्था खत्तम हुने स्थिति आएकोले बारम्बार निर्देशन दिँदा उक्त कार्य दोहोरी राखेकोले २०४६।१।७ मा पटक प