निर्णय नं. ११३८ - कुलो पानी बन्द गरी दियो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३८ - कुलो पानी बन्द गरी दियो भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०१/२४ १८८३ निर्णय नं. ११३८ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको दे.फु.नं. ९४ फैसला भएको मिति : २०३५।१।२४।१ मा वादी : जि. भोजपुर थुमसिकतेल नामन्त गा.पं. वडा नं. १ बस्ने धर्मप्रसाद सुवेदी विरुद्ध विपक्षी : ऐ.ऐ. कोट पञ्चायत वडा नं. ७ आहाँले बस्ने मणिकर्ण गिरी समेत मुद्दा : कुलो पानी बन्द गरी दियो (१) अञ्चल अदालतले अनधिकृत निर्णय गरेकोमा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १५ को उपदफा (३) ले अधिकृत निकाय क्षेत्रीय अदालतबाटै पुनरावेदन कानूनबमोजिम निर्णय गर्नु पर्ने । (प्र.नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती फैसला न्या. वासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलाउपर वादीले पुनरावेदन गर्न अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ । २. १९६७।१२।९ मा केशववीर शाह समेतबाट बाबु रामनाथले भोगबन्धकी लिई २००२।४।२ मा जतमानबाट राजीनामा लिएको तिल्के चउर, बाटुलेचौर, कटहरे, चुचेढुङ्गा समेतमा हलुवा खोलाबाट परापूर्वदेखि भत्केबिग्रेको बनाई भीरपहरा काटी धेरै खर्च लगाई बनाएको एकलौटी कुलो विपक्षीहरूले लान नपाउने गरी एकलौटी कायम गरिपाउँ भन्नेसमेत धर्मप्रसाद पाध्याको मिति ०३१।३।२४ को फिरादपत्र रहेछ । ३. काशी गिरी दर्ताकै बखत देखि नै हामीले कुलो खनी पानी लगाउने गरेको हो, केशवीर राईले १९७५।८।११ पुर्जीमा लेखिदिई पानी ल्याई करकले खेतसमेत रोप्ने गरेको हो, वादी मात्रको एकलौटी होइन भन्नेसमेत विष्णुलाल गिरी, शिवनारायण गिरी, टंकबहादुर श्रेष्ठ र पणिकर्ण गिरी समेत जना चारको संयुक्त प्रतिउत्तरपत्र परेको रहेछ । प्र.मध्ये नरबहादुरले सुरु म्याद गुजारी प्रतिवादी नदिई बसेको, वादी दावीको कुलो वादीकै कायम गरी टंकबहादुर, शिवनारायण, विष्णुलाल जना ३ तिनले सुरु भोजपुर जिल्ला अदालतमा ०३१।७।१६ मा मिलापत्र गरेका रहेछन। ४. भइआएको नक्सा नं. ११ को करकले ४ खेतबाटै झगडा परेको कुलो बन्द गरेको हुनाले सो कुलो साबिकदेखि प्रतिवादी मनिकर्णले नै लगेको भन्ने नक्सामा जनिएको समेत हुँदा मेरो एकलौटी कुलोबाट प्रतिवादी मनिकर्णले पानी लान पाउँदैन भनी वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत मिति ०३१।९।१६।३ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी धर्मप्रसादको सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चमा पुनरावेदन परेकोमा वादीको लेखाई दावी र साक्षीको बकाई एक मिलान नभई परस्पर बाझिएको समेत प्रमाणबाट सुरुको इन्साफ सदर हुने ठहर्छ भन्नेसमेत सगरमाथा अं.अ. भोजपुर बेञ्चबाट हदमुनि ठहरी ०३१।११।५ मा फैसला भएको रहेछ । ६. उक्त इन्साफउपर पुनरावेदन गर्ने अनुमति माग गरी वादी धर्मप्रसादको पूर्वाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेकोमा “सामूहिक कुलो पानी मुद्दाको पुनरावेदन क्षेत्रीय अदालतमा लाग्नेमा क्षेत्राधिकार नभएको अञ्चल अदालतले सुनी निर्णय दिएको यो प्रश्नमा सम्म पुनरावेदन गर्न अनुमति दिएको छ” भन्ने प्रचलित क्षेत्रीय अदालतबाट ०३२।५।२७ मा आदेश भई आखिर फैसला हेर्दा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा (१) खण्ड (ख) अनुसार क्षेत्रीय अदालतमा पुनरावेदन लाग्नेमा अञ्चल अदालत भो.बे.बाट मिति ०३१।११।५।२ को फैसला क्षेत्राधिकार बाहिरको भई मुलुकी