निर्णय नं. ११३९ - तालुकी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९ - तालुकी भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/२६ २१७० निर्णय नं. ११३९ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको दे.विविध नं. ८४ फैसला भएको मिति : २०३५।४।२६।१ मा निवेदक : जुम्ला वारविसदरा गा.पं.बस्ने जसवीर थापा मर्दा निजको भतिजा जगे थापा विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने दुर्गाप्रसाद पण्डित मुद्दा : तालुकी (१) रैति रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदारको छोराले तालुकदारी नपाउने ठहराएको मनासिव भन्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रती उल्लिखित मुद्दा :  फैसला न्या. ईश्वरीराज मिश्र : सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३१।९।२८ को फैसलाउपर इन्साफ जाँच गरिपाउँ भनी जगते थापाले श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागमा चढाएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०३१।९।२८ मा छिनिएको तालुकी मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानूनबमोजिम गरी छिनिदिनु निवेदकलाई जनाउदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी क. ४२८२ को बिन्तिपत्रमा हु.प्र.बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : जुम्ला बाह्रबिसे रुरु गाउँको तालुकदारी मुखिया चिल्लाए गाउँका कुलानन्द वेगल गाउँका हुँदा जनताबाट रकम उठाई खाने गरेका ०२९ साल भाद्र १८ गते स्वर्गे भई खाली भएको समयमा आफ्नै गाउँको तालुकदार गर्नु पर्‍यो भनी जनताले मलाई रुचाई दरखास्त देउ भनेबाट सो तालुकदारीमा वहाली पाउँ भन्ने जसवीर थापाको मालमा दरखास्त । ३. रुरु गाउँका तालुकदार मेरा बाबा कुलानन्द ०२९ साल आश्विन ५ गते स्वर्गे हुनु भएकोले बाबाका नामको तालुकदारीमा मलाई वहाली गरिपाउँ भनी चिल्लाए गाउँ बस्ने दुर्गाप्रसाद पण्डितको दरखास्त । ४. सो विषयमा माल कार्यालयबाट बुझ्दा जुन मुख्य तालुकदार हुनुपर्ने रुरु गाउँका जनताले साविक तालुकदार कुलानन्द र निजको छोराको दरखास्तवाला आएमा ऐ.तिरो लिने समयमा गौद्रन १ तेल माना १ का दरले रकम उठाई खाने गरी आएका हुँदा निज दुर्गाप्रसादलाई तालुकी मान्न मन्जुरी छैन भनी रुरु गाउँका अकवर थापा समेत १२ जना र तालुकदारमा आफ्नै गाउँका जसवीर थापालाई मान्न मन्जुर छौं । दुर्गाप्रसादलाई मन्जुर छैनौं भन्ने जवान ४७ समेत ५९ जवानको सरजमिन मुचुल्का भएको पनि देखियो सो पछि रुरु गाउँका ५७ जवानले श्री क.अं. अञ्चलाधीशज्यूको टुर मुकाममा गाउँले रोजेको तालुकदार पाए साविक तालुकदारका शोषणबाट मुक्त हुने छौं भन्ने आवेदन दिएकोमा अत्यावश्यक कारवाई गरी दीनु भन्ने माललाई तोक भएको आवेदन पनि मिसिल सामेल रहेको देखियो । ५. त्यसमा सुरु कारवाई गर्ने माल कार्यालयबाट रैतिले रोजेकोलाई तालुकीदारी नदिएमा रकम तहसिल गर्न समेत बाधा पर्न जाने हुँदा ज. प.९ नं. बमोजिम रैतिले रोजेको जसवीर थापालाई नै तालुकी दिने ठहराई ०३०।२।२६।६ मा फैसला गरी बहाली दिएको फैसला सुरु मालले इन्साफ कानून विरुद्ध हुँदा इन्साफ कानून उल्टाई मैले वहाली पाउँने गरिपाउँ भन्ने दुर्गाप्रसाद पण्डितको पुनरावेदन । ६. साविक तालुकदार मरी खाली भएको समयमा जनताले रोजी जनताले रोजेको जसवीरले मौका छोपी दरखास्त गरेको दुर्गाप्रसादको दरखास्त पछि पर्न आएको मालबाट सरजमिन हुँदा दरखास्तवालाले सरजमिन बुझ्न कानूनले नपर्ने भन्ने तर्फ मार्ग दे