निर्णय नं. ३९७४ - वाक तथा प्रकाशन स्वतन्त्रता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९७४ - वाक तथा प्रकाशन स्वतन्त्रता भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/१९ ३८२६ निर्णय नं. ३९७४ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४७८ फैसला भएको मिति : २०४६।८।१९।२ मा पुनरावेदक/वादी : प्र.ना.उ. अनन्तराम भट्टराईको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : कालिकोट जिल्ला सिउना गा.पं. वा.नं. ५ का प्रेम कैदी मुद्दा : वाक तथा प्रकाशन स्वतन्त्रता § वादीले लिएको दावीको समर्थन हुने स्वतन्त्र आधार प्रमाणको अभावमा वाक तथा प्रकाशन स्वन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा (३)(ग) विपरीत कसूर गरेको ठहर्‍याई प्रतिवादीलाई जरीवाना गरेको इन्साफ बदर गर्ने गरी गरेको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र वस्नेत फैसला न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेप व्यहोरा यस प्रकार छ । २. वर्ष ३ अङ्क १६ मिति २०४०।२।१४ को बाँकेको युगधारा साप्ताहिक पत्रिकाको पहिलो पानामा आइ.जि. पी. राजीनामा स्वीकृति ८ पेज हेर्नुहोस भन्ने छापी पाना नं. ८ मा एक विश्वत सुत्रले प्रहरी महानिरीक्षक डि.वी. लामाले दिएको राजीनामा स्वीकृत भएको र आउँदो २० गते भित्र रत्नशमशेर राणा प्रहरी महानिरीक्षक भइसक्ने भनेको छ । उक्त सुत्रका अनुसार एक शक्तीशाली गिरोहले भक्तपुरको राजा भुपतेन्द्र मल्लको शालिक चोर्न असफल प्रयास गरेको काण्डकै सिलसिलामा प्रहरी उपरीक्षक रुपक शर्मा पछि अब आइ.जि. पी.लामाले पनि राजीनामा दिएका छन भनिन्छ । आइ. जि. पी. लामा यस पछि बद्रीप्रसाद श्रेष्ठको ठाउँमा जापानको राजदूत बनाइने छन् भन्ने समाचार छापी श्री ५ को सरकारको नेपाल प्रहरी फोर्सको प्रमुख पदमा रहनु भएका व्यक्तिको नभएको नगरेको राजीनामा स्वीकृत भयो भनी झुठ्ठा कुरा प्रसार गरी प्रहरीलाई भड्काई देशको सुरक्षा र शान्ति लगायतमा भ्रम फैलाई समाचार प्रकाशित गरेको पत्रिका यसैसाथ दाखिल गरेको छु । नेपालबन्द, सत्याग्रह समेत व्यवस्था विरोधी विभिन्न किसिमका क्रियाकलाप चलिरहेको वर्तमान स्थितिमा सम्पूर्ण प्रहरी फोर्सलाई नै आफ्नो कर्तव्यबाट विचलित गराउने दूष्प्रयास गरी वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ अन्तर्गतको कसूर गरेको देखिन आएकोले सो पत्रिकाको सम्पादक तथा प्रकाशक प्रेम कैदी उपर सोही ऐनको दफा ४ बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत प्र.ना.उ. अनन्तराम भट्टाराईको मिति २०४२।२।१५ को जाहेरी दर्खास्त । ३. जनमानसमा चलेको टिकाटिप्पणीको आधारमा आई.जी.पी.डि.वी. लामाको राजीनामा स्वीकृत भएको भनी छापेको हुँ । तर सो राजीनामा स्वीकृत भएको भनी ठोकुवा गरी छापेको छैन । राजा भुपतिन्द्र मल्लको शालिक चोर्न असफल प्रयास गरेको काण्ड एक डेढ महिना अगाडि नेपाल भूमि, डेली डायरी लगायत थुप्रै पत्रिकाहरुले भक्तपुरमा एक शक्तिशाली गिरोहले राजा भुपतिन्द्र मल्लको शालिक डोजर लगाएर उखेलेर चोरी गर्न खोज्दा स्थानीय जनता र प्रहरीले बचाएको समाचार ती पत्रपत्रिका हेरेमा स्पष्ट हुने छ र सहयोगी समाचार पत्रिकाहरुको टिप्पणी र जनमानसमा पर्न गएको प्रभावलाई मैले लेखेको हुँ । रुपकराज शर्माले राजीनामा दिए नदिएको मलाई थाहा छैन । यस्तो समाचारबाट जनता र प्रहरी फोर्समा कुनै प्रकारको भ्रम फैलाउने मनसाय छैन । आइ.जी.पी. को राजीनामा द