निर्णय नं. ३९७५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/१६ २३०६ निर्णय नं. ३९७५ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको रिट नं. १५१८ आदेश भएको मिति : २०४६।९।१६।१२ मा निवेदक : का.न.पं. वडा नं. १० निर्माण सेवाको प्रोप्राइटर शम्भु बुढाथोकी विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, टेकुसमेत विषय : उत्प्रेषणयुक्त परमादेश § निवेदकलाई ठेक्का सम्झौता गर्न बोलाइएकोमा बराबर सम्पूर्ण ठेक्का पाउनु पर्ने जिकिर साथ विपक्षी कार्यालयमा निवेदन गरेको र सो बमोजिम ठेक्का गर्न मन्जूर रहेको देखिन्छ, यस्तो अवस्थामा आर्थिक प्रशासन सम्बन्धी नियमहरु, २०४२ को नियम ३५(२)(३) बमोजिम निवेदकको जमानत जफत गर्ने गरेको हदसम्म मिलेको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी जनस्वास्थ्य शाखाले स्वास्थ्य चौकी भवन र कर्मचारी क्वाटर निर्माण गर्न पर्ने भएकोले भनी निर्माण कार्यको जम्मा इष्टिमेट अङ्क रु.७,४२,१८८।५८ देखाई मिति २०४५।१२।२८ गतेको गोरखापत्रबाट पहिलो पटक बोलपत्र आव्हान गरिएकोमा म निवेदकले उल्लेख गरेको रकमको कूल अङ्कमा २१ प्रतिशत घटीमा काम गर्न मन्जूर गरी जम्मा अङ्क रु. ६,२८,०१५।५७ को बोलपत्र पेश गरें । उक्त आव्हान बमोजिम प्रेषित बोलपत्रमा सबै भन्दा घटी अङ्क मेरो हुँदा सम्पूर्ण कार्यको ठेक्का मलाई प्रदान गर्न पर्नेमा स्टाफ क्वाटर बनाउन मात्र मलाई दिने भनी विपक्षी जनस्वास्थ्य शाखाले निर्णय गरी आंशिक ठेक्काको पट्टा सम्झौता गर्न आउनु भनी मलाई मिति २०४६।२।१० मा पत्र दिइयो । कानुन बमोजिम नगरी मेरो मन्जूरी नलिई एउटै इष्टिमेट एउटै बोलपत्र एउटै कार्यलाई एउटा र मलाई मात्र ठेक्का प्रदान गर्न पर्नेमा नगरी कार्य विभाजन गरेको दुईटा सम्झौता गर्न लागेको मिलेन । सम्पूर्ण कार्य मलाई मात्र प्रदान गरियोस् भनी मिति २०४६।२।१२, २०४६।२।२० गते र २२ गते निवेदन गरें । उक्त मेरो निवेदन प्रति कुनै वास्ता नगरी पुनः टिप्पणी उठाई स्टाफ क्वाटर बनाउन दिने भन्ने पत्र मिति २०४६।३।१ मा दिइयो । कानुन बमोजिमको अधिकार मैले उपभोग गर्न पाउनु पर्छ भनी विपक्षी कार्यालय एवं विपक्षी स्वास्थ्य प्रमुख अधिकृतसँग भन्दा सो नगरी मैले राखेको जमानत जफत गर्ने र विपक्षी सिन्जा निर्माण सेवालाई ठेक्का प्रदान गर्ने गरी जमानत जफत भएको र ठेक्का तोडिएको व्यहोरा जानकारी गराइन्छ भनी मिति २०४६।३।८ मा जानकारी दिइएबाट विपक्षीहरुको अन्यायपूर्वक उक्त कार्य माथि अन्य कुनै पनि कानुनी उपचारको बाटो नहुँदा असाधारण अधिकार क्षेत्रमा आएको छु । यस्तो एउटै ठेक्कामा सबभन्दा घटीको बोलपत्र पेश गर्ने मैले आर्थिक प्रशासन सम्बन्धी नियमहरु, २०४२ को नियम २९(२)(ख) एवं रकम र सरकारी ठेक्का बन्दोवस्त नियमहरु, २०२० को नियम ६(१) र (२) का आधारमा ठेक्का पाउने प्रष्टै छ साथै आंशिक रुपमा स्वीकार गर्दा आर्थिक प्रशासन नियमहरु, २०४२ को नियम २९(२)(ग) बमोजिम अनिवार्य हुन्छ, सो पालन गरिएन । मैले विपक्षी कार्यालयमा उपस्थित भई निवेदन गर्दा गर्दै कानुन बमोजिम गरी पट्टा उठाउन हाजिर हुँदा हुँदै डिपोजिट