निर्णय नं. ८९३१ - लिखत दर्ता बदर, दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९३१ - लिखत दर्ता बदर, दर्ता कायम भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०४/२१ ३६०१ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९३१ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल ०६५–CI– ००२५ फैसला मितिः २०६९।४।२१।१ मुद्दा : लिलाम बदर दर्ता बदर, दर्ता कायम । पुनरावेदक प्रतिवादीः सप्तरी जिल्ला हनुमाननगर गा.वि.स.वडा नं ९ हाल वरसाइन वडा न. ४ वस्ने गोदावरीदेवी राजपुतनी समेत विरुद्ध प्रत्यर्थी वादीः सप्तरी जिल्ला बरसाइन गा.वि.स. वडा न. ४ वस्ने शम्भुनारायण सिंह राजपुत समेत शुरु फैसला गर्नेः मा.न्या.श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या.श्री रामप्रसाद खनाल § फैसलाको जनाउ दिने अ.व. १९३ नं बमोजिमको कानूनी व्यवस्था र अ.व. १९७ नं. अनुरूप फैसलाको प्रतिलिपि सारेको मितिमध्येबाट पुनरावेदन गर्ने कानूनी व्यवस्थामध्ये जुनसुकै माध्यमबाट भएपनि मुद्दाका पक्षको तर्फबाट कानूनले निर्धारित गरेको म्यादभित्र पुनरावेदन पर्न आएको अवस्थामा कानूनले निर्धारित गरेको म्यादभित्रै पुनरावेदन दायर गरेको कुरालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.२) § एकपटक आफ्नो हकभोगको जग्गाको हस्तान्तरण गरी स्वेच्छाले आफूले सो हक परिवर्तन गरिसकेपछि त्यस्तो जग्गाको सम्बन्धमा कुनै उपयोग, छूट वा लाभ प्राप्त गर्ने अधिकार रहन नसक्ने । § प्राविधिक कारणले दर्ता हुन नसकेकै कारण हक निष्क्रिय गर्ने अधिकार नहुने । (प्रकरण नं.२) § निर्विवाद हक भोगको अवस्थाको विद्यमानता भएमा मात्र वास्तविक स्वामीले आफ्नो स्वामित्व हस्तान्तरण गर्न सक्ने हुन्छ । गैरस्वामीले स्वामित्व हस्तान्तरण गर्ने अवस्था नभएसम्म गैरस्वामीबाट हस्तान्तरण भएको स्वामित्वलाई कानूनतः मान्यता प्राप्त गरेको सम्झन नमिल्ने । (प्रकरण नं.५) § एकपटक कानूनतः आफ्नो स्वामित्वको हक टुटाई स्वामित्व परिवर्तन गरिसकेपछि दा.खा हुन नसकिरहेकै कारणबाट सो जग्गाको स्वामित्व आफूमा अन्तर्निहीत छ भनी जग्गा धितो राख्न मञ्जूरी दिई जग्गा धितोमा राखी ऋणीले ऋण चुक्ता गर्न नसकेकै कारण लिलाम गरेको र सो लिलाम रीतपूर्वक भएकै कारण तेस्रो पक्षले स्वामित्व ग्रहण गर्न नसक्ने । (प्रकरण नं.६) पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ता प्रशन्नकृष्ण दास प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.व. ५९, १९३ वा १९७ नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत राजविराजबाट मिति २०६५।५।२५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालत समक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :– विपक्षीमध्येकी गोदावरीले हामी फिरादीबाट २०३४।७।२३ गते रु.१५००।– वुझी आफ्नो पतिलाई समेत मञ्जूरीमा राखी जिल्ला सप्तरी, गा.वि.स. वरसाइन वडा नं ५(क) कि.न. १९४ को १–०–१ जग्गा राजीनामा पारित गरिदिनु भएकोमा निजले म्यादभित्र रजिष्ट्रेशन पारित गरी नदिदा सप्तरी जिल्ला अदालतमा नालिस परी उक्त राजीनामा लिखत पारित हुने ठहरी फैसला भई २०३५।१०।२९ मा चलन पूर्जी समेत पाएको आधारबाट रजिष्ट्रेशन पारित गराई सोमध्ये ०–१०–० जग्गामा माछा पालनको लागि पोखरी निर्माण गरी बाँकी जग्गामा वास तथा अन्य वालीसमेत लगाएका थियौँ । रामऔतार सिंहको छोरा हामी दाजुभाई विपक्षीमध्ये शम्भुनारायण सिंह निजामती संस्थामा कार्यरत् हुँदा दा.खा. गराउन आजभोलि भन्दै फुर्सद नहुँदा दा.खा गराउन नसके पन