निर्णय नं. ११४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/११ २५६४ निर्णय नं. ११४१ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् ०३४ सालको रिट नम्बर ८४६ आदेश भएको मिति : २०३५।३।११।१ मा निवेदक : जि. धनुषा वहुअवा गा.पं. वडा नं. १ बस्ने रामवृक्ष चौधरी विरुद्ध विपक्षी : श्री ५ को सरकार अन्तशुल्क विभाग, काठमाडौं समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) म्यादभित्र ठेक्काबन्दोवस्त हुन नसकेको कारण नदेखाई आफूले नै ठेक्का बन्दोवस्त नगरेकोमा एउटाको सुस्तीले कर्तव्य पालन नगरी अर्कासँग नोक्सान भराउने कार्यलाई न्यायसङ्गत भन्न नमिल्ने । (प्र नं. २२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लिखित मुद्दा : आदेश न्या. हेरम्बराज : विपक्षीहरूले कुनै निर्णय आदेश गरेको छ भने उत्प्रेषणको आदेश जारी गरी गैरकानूनी र अनाधिकार आदेश निर्णय बदर गरिपाउँ भन्नेसमेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।६।१२।४ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनसम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ : २. निवेदकले २०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्ततक वर्ष १ को लागि सर्लाही जिल्लाको मदभट्टी नं. २,३,४,५,६,७,८ र १० को मदभट्टी रकमको ठेक्का उक्त साल १ को रु.६,३०,०००।–ठेक्का बुझाउने गरी लिएको पट्टाको प्रकरण १ मा अन्य कुराको अतिरिक्त समयमा नै २०३२ साल चैत्र मसान्तपछि लाई ०३३ साल वैशाख १ गतेदेखि ठेक्का बन्दोवस्त हुन नसकेमा वा अरू कुनै व्यवस्था हुन सकेको सूचना नपाएसम्मलाई ठेक्का चलाएको क्षेत्रको ठेक्का अङ्कको दामासाहीले हुने पछि रकममा ०३२ साल चैत्र मसान्त पछिलाई ठहरेबमोजिम हुने गरी अस्थायी रुपमा अमानतबाट रकम चलाई नै रहनुपर्छ पछि अमानत नचलाएमा सरकारलाई हुने नोक्सानी तपाईंबाट प्रचलित कानूनबमोजिम असुलउपर गरिने छ । अमानत चलन गर्दा ७ दिनको दरले लाग्ने रकम अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा गर्दै जानुहोला भन्ने पनि रहेछ । विपक्षी कार्यालयको ०३३।६।७ को पत्रबाट निवेदकलाई पट्टा कबूलियतमा उल्लिखित शर्तअनुसार ०३२ साल वैशाख १ गतेदेखि ऐ.चैत्रमसान्त तकको ठेक्का चलाएको क्षेत्रको ठेक अङ्कको दामासाहीले हुने रकम ०३२ साल चैत्रमसान्त पछिलाई (०३३ साल वैशाख १ गतेदेखि) अस्थायी रुपमा अमानतबाट रकम चलन नगरेमा सरकारलाई हुने नोक्सानी तपार्इंबाट असुल गरिने व्यहोरा अवगत गर्नु भएकै छ । ०३३ साल वैशाख १ गते देखि ०३३ श्रावण २३ गते सम्मको वार्षिक ठेक्का अङ्कको दामासाहीले हुने अमानती रकम रु.२६९९।०१।४।५ आजसम्म दाखिल गर्नु भएन अमानती रकमपत्र प्राप्त भएको १५ दिनभित्र दाखिल गर्नु होला अन्यथा यस कार्यालयमा जमानतस्वरुप रहेको निम्न व्यक्तिहरूका नामको जेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिने व्यहोरा जानकारी गराइएको छ भन्ने कुरासमेत उल्लेख गरी पत्र बुझाएको रहेछ । सो समेत बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ । ३. रकम र ठेक्का ऐन, ०२० को दफा ११ मा ठेक्काको अवधि कायम गर्ने कुरा छ, अवधि समाप्त भएपछि ठेक्का लिने व्यक्तिलाई ठेक्दार र रकमलाई ठेक्का रकम भनिँदैन । अमानती काम गर्ने व्यक्ति कर्मचारीसरह हुन्छ । ठेकदार हुन सक्दैन । ठेकदारलाई ठेक्का रकमलाई लाग्ने अमानती कामलाई र अमानतीया काम गर्ने व्यक