निर्णय नं. ३९७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/१६ २५२० निर्णय नं. ३९७६ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रिट नं. ११४० आदेश भएको मिति : २०४६।८।१६।६ मा निवेदक : काठमाडौं न.पं. वडा नं. २१ लगन दलाछी बस्ने वशन्तप्रसाद प्रधान विरुद्ध विपक्षी : नेपाल यातायात संस्थान, टेकु काठमाडौंसमेत विषय : उत्प्रेषण § पुनरावेदन तहबाट सजायँ घटाउने गरी निर्णय गरिंदा शुरु कारवाही गरिंदाको अवस्थामा अपनाइनु पर्ने कार्यविधि अपनाई निजलाई स्पष्टिकरणको मौका दिइरहनु पर्ने कानुनी व्यवस्था नभएकोले र यस्तो परिपाटी व्यवहारिक पनि नहुँदा निवेदकको सफाइको मौका दिइएन भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १०) § निवेदक उपर कारवाही चलाइँदाको अवस्थामा संशोधन पूर्वको विनियम ६.२ प्रचलित रहेको देखिन्छ । उक्त विनियम ६.२ मा संशोधन हुनु पूर्वको निवेदक हाजिर नभएको दिनको हकमा तलब भत्ता वा सुविधा नपाउने गरी गरेको निर्णय मिलेको नदेखिँदा सो संशोधन हुनु पूर्व निज अनुपस्थित रहेको अवधिको निवेदकले पाउने तलब भत्ता सुविधा दिनु भन्ने विपक्षीका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. म निवेदक विपक्षी संस्थानको अधिकृत तह ६ को स्थायी कर्मचारी हुँ । २०४०।९।१८ गते देखि विरामी भई कार्यालयमा उपस्थित हुन नसकेकोले मौकैमा बिदाको लागि सूचना गरी चिकित्सकको प्रमाणपत्र समय समयमा पेश गरी बिदा बसेकोमा २०४० पौषदेखि कार्यालयमा अनुपस्थित रही बिदा माग गर्दै आउनु भएकोमा कुनै पनि बिदा बाँकी नरहेको समेत कारणले बिदा स्वीकृत नभएको भन्दै यो सूचना प्रकाशित भएको ७ दिनभित्र कर्मचारी प्रशासन शाखामा ने.या.सं. केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आउनु भनी २०४१।५।५ गते गोरखापत्रमा सूचना प्रकाशित भएकोमा ७ दिन भित्रै २०४१।५।११ का दिन ज्वाईनिङ रिपोर्ट दर्ता गराई हाजिर हुन जाँदा हाजिर नगराइएकोले हाजिर हुन पटक पटक निवेदन दर्ता गराई दिन दिनै हाजिर हुन गई रहेकैमा हाजिर नगराई कुनै सोधपुछ समेत नगरी २०४१।८।१ को गोरखापत्रमा प्रकाशित सूचनाद्वारा म निवेदकलाई विपक्षी सञ्चालक समितिको निर्णयानुसार पर्चा खडा गरी बराबर अनुसानहीन काम गरेको आरोपमा भविष्यमा संस्थानको नोकरीको निमित्त अयोग्य नठहरिने गरी २०४१।६।७ देखि संस्थानको नोकरीबाट हटाएको जानकारी भएकोमा म निवेदकको विपक्षी सञ्चालक समिति मार्फत पुनरावेदन पर्दा विपक्षी सञ्चालक समितिले सचिव निर्माण तथा यातायात मन्त्रालयमा पठाई सचिवबाट पुनरावेदन निर्णय हुँदा सञ्चालक समितिको निर्णय बदर भएकोमा विपक्षी सञ्चालक समितिले म निवेदकलाई हाजिर नगराई सचिव निर्माण तथा यातायात मन्त्रालय समेतलाई विपक्षी बनाई रिट दिँदा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट उक्त सचिव निर्माण तथा यातायात मन्त्रालयको २०४२।३।१६ को पुनरावेदन निर्णय त्रुटियुक्त भन्दै सो निर्णय बदर गरी कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी सञ्चालक समितिको नाउँमा परमादेश समेत जारी गरी निर्णय भयो । सम्मानित अदालतको आदेश अनुसार विपक्षी संस्थानबाट निर्णय गरिँदा बिदाका