निर्णय नं. ३९७७ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९७७ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/२५ ३६१५ निर्णय नं. ३९७७ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७८४ फैसला भएको मिति : २०४६।९।२५।३ मा पुनरावेदक/प्रतिवादी : जि. रौतहट, गा.पं. जयनगर वा.नं. ४ बस्ने मौजेलाल यादव विरुद्ध विपक्षी/वादी : जि. रौतहट, गा.पं. जयनगर, वा.नं. १ बस्ने रामवरण राय यादव मुद्दा : लेनदेन § अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न नमिल्ने । (प्रकरण नं. १५) § तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति रकम भराई पाउने हो वादीले प्रष्ट दावी लिन सक्नु पर्ने । (प्रकरण नं. १५) § हालैदेखिको बकसपत्रबाट सम्पत्ति पाउनु र अपुतालीबाट सम्पत्ति पाउनु बेग्ला बेग्लै कुरा हुन् । (प्रकरण नं. १६) § साक्षीले अपुताली खाएकै हो भनी बकेकै भरमा त्यसलाई पुष्टि गर्ने भरपर्दो अन्य प्रमाणको अभावमा अपुताली खाएको मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पूर्णमान शाक्य फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको अनुमति दिन नमिल्ने भनी भएको आदेश उपर यस अदालतबाट पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. विपक्षीको जेठा बाबु मुखलाल रायले म संग रु. २४०५।– लिई ०३८।३।२१ गते कपाली तमसुक गरिदिनु भएकोमा साँवा व्याज नबुझाई निजको मृत्यु भएकोमा निजको स्वास्नी धेरै अघि मरिसकेकीले निजको रेखदेख स्याहार सम्भार समेत गर्दै आइरहेका तथा निजको मृत्युपछि श्राद्ध कृया कर्म समेत गर्ने कार्य निज प्रतिवादीले गरेको र निजको खती उपती चल धन समेत प्रतिवादीले नै खाएको हुँदा मेरो साँवा व्याज फिर्ता दिन निजलाई भन्दा निजले आलटाल गरी नदिएकोले नालेस गर्न आएको छु । मेरो साक्षी सबूद बुझी हक इन्साफ भई निज प्रतिवादीको जेठा बाबु मुखलालले गरिदिनु भएको मिति ०३८।३।२१ ले आजसम्म ३ वर्ष १ महिना १ दिनको समेतको व्याज र साँवा रु. २४०५।– को हुने व्याज रु. ७४१।६० समेत र अन्तिम फैसला सम्मको साँवा व्याज दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावी बमोजिमको साँवा व्याज मैले तिर्नु पर्ने होइन । मुखलालबाट गराएको तमसुकको साँवा व्याजका लागि मेरा नाउँमा यो नालेस दिनु भएको देखिन्छ । मैले मर्ने मुखलालको अपुताली खाएको छैन । मृतकको अपुतालीमा मेरो अपुताली हक लाग्ने पनि होइन । मुखलालको छोरा छोरी स्वास्नी नभएकोले म र मेरी स्वास्नी फुलवतीले निज मुखलालको सेवा सुसार गरेको ठिकै थियो । सो सेवा सुसार गरेको रिझ बापत निज मुखलालले आफ्नु जिन्दगीमै मेरो स्वास्नीलाई केही जमीन घर घडेरी समेत बकसपत्र गरिदिएकोले त्यति मात्र लिए पाएको हुँ । सो बाहेक कुनै पनि सम्पत्ति लिए खाएको नहुँदा निज मुखलालले खाएको ऋण मैले तिर्नु पर्ने होइन । झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. वादीको साक्षी जवान –२ एंव प्रतिवादीको साक्षी जवान –१ समेत ३ जनाको बकपत्र भई मिसिल सामेल रहेको । ५. अपुताली खाएको होइन भन्ने कुराको सबूद प्रमाण प्रतिवादीले गुजार्न नसकेको तथ