निर्णय नं. ३९७९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९७९ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/०२ २४९० निर्णय नं. ३९७९ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल २०४४ सालको फौ.पु.नं. ४८० २०४५ सालको फौ.पु.नं. ५११ २०४६ सालको फौ.पु.नं. २७४ फैसला भएको मिति : २०४६।९।२।१ मा पुनरावेदक/प्रतिवादी : दोलखा स्यामा गा.पं. वडा नं. ९ घर भई हाल दोलखा कारागार थुनामा रहेको ज्ञानबहादुर बस्नेतसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं. ८ बस्ने चक्रबहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान § धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी वा स्वार्थ नभएको एस.एल.सी. पढ्ने नवयुबक अपराध गर्दाको अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. २२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना तथा विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान फैसला न्या. हरगोविन्द सिंह प्रधान : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ३(ग) अन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०४१।७।७ गते बेलुका खाना खाई सुतेको अवस्थामा राती १० बजेतिर चन्द्रबहादुर खत्रीकी श्रीमती लक्ष्मीमायाले घरमा चोर पस्यो भनी कराएकीले जाँदै थिएँ । मेरो श्रीमानलाई काट्यो भनी कराएकीले गाउँलेहरुलाई बोलाई जाँदा दाजु चन्द्रबहादुरको मुख घाँटी कान आदि विभिन्न ठाउँमा काटिएको मर्ने बाँच्ने दोसाँधको अवस्थामा पाई जिरी अस्पतालमा लगी उपचार गर्न पठाई जाहेर गर्न आएको छु । भाउजूले पेट बोके देखि दाजु भाउजू बीच झगडा भइरहेको र औषधि गर्ने झाँक्री कुलबहादुर बस्नेत त्यहाँ बराबर आउने गरेको हुँदा यिनको मिलेमतोबाट कर्तव्य गरी मारेको हुनुपर्छ । कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत चक्रबहादुर बस्नेतको जाहेरी दर्खास्त । ३. घाइते सुतेको ओछ्यान र लगाउने कपडाहरुमा रगत लागिएको वरपर रगतका छिर्का देखिएका रगत सुकी टाटा परेको ओछ्यान देखि पूर्वपट्टि अगेनाको ओदानमा समेत रगतका छिर्का परेको र पानी राख्ने आटमा फलामको खुर्पा भएको भन्ने समेत ०४१।७।८ को घटनास्थल प्रकृति मुचुल्का । ४. मुख अर्ध खुला, आँखा दुबै बन्द, दुबै कान र नाकको दुबै प्वालबाट रगत बगिरहेको, पेट फुलेको, लिंग खुम्चेको, दिसा केही निस्केको, टाउको पछाडि ३ इन्च घाउ दुबै कान चिरिएको, गर्धनमा ३ इन्च काटिएको, च्यापुको दाहिने पट्टि ३ इन्च काटिएको छाती भरी नै रातो निलो निलडाम भएको अगाडिका ४ वटा दाँत फुक्लेको देब्रे गालामा ३ ठाउँमा हतियारको चुच्चोले घोचे जस्तो घाउ भएको बायाँ कुममा ४।४ इन्च घस्री छाला चिरिएको समेतको अवस्थाको मृतक चन्द्रबहादुर खत्रीको लाश भन्ने ०४१।७।९ को लाश प्रकृति मुचुल्का । ५. २०४१ आषाढमा झाँक्री कुलबहादुर बस्नेतलाई लोग्नेले बोलाई आई झारफुक गरी त्यहीं सुते राती मलाई करणी गरेका र त्यसपछि पनि मौका मौकामा करणी गरेकाले भाद्र महीनामा गर्भ रहन गई कुलबहादुरलाई भन्दा कार्तिक ७ गते सल्लाह हुन्छ तिम्रो लोग्नेलाई मार्नु पर्छ भनेका थिए । बेलुका ढोका खोली सुतेको अवस्थामा कुलबहादुर बस्नेत र निजका छोरा ज्ञानबहादुर बस्नेतसमेत आई मलाई भेटी लोग्नेलाई कुलबहादुरले छातीमा च्यापी ज्ञानबहादुरले हात समाते मैले दुबै खुट्टा थिची दिएँ । मैले दिएको खुर्पाले कुलबहादुरले घाँटीमा