निर्णय नं. ६९२४ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९२४ - अपुताली हक कायम भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/०८/२५ २५१३ निर्णय नं. ६९२४ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५१ सालको दे.पु.नं. ..२७११ फैसला मितिः २०५६।८।२५ मुद्दाः अपुताली हक कायम । पुनरावेदक/प्रतिवादीः गोरखा जिल्ला, आरु आरवाङ गा.वि.स. वडा नं. ६ बस्ने बुद्धिमान गुरुङ विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. बस्ने बुद्धिमाया गुरुङ § वादी मर्ने आशाकन्या गुरुङको छोरी भएकोमा र प्रतिवादी बुद्धिमान मर्नेको सौता अन्तरीको छोरा सेते गुरुङको छोरा भएकोले सौताने नाति अर्थात वादीको दाजु सेते गुरुङको छोरा भदा नाताको देखिन्छ । प्रतिवादी बुद्धिमान गुरुङले आफ्नो बाबु सेते गुरुङ जीवित छँदाछदै आफूले मर्नेको अपुताली पाउन नसक्ने हकदार नै नभैसकेको स्थितिमा नामसारी गराउन निवेदन दिएको छ । अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएमा छोरीले अपुताली पाउँछ भन्ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.प. २०५३ नि.नं. ६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीका नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्बित नजिरः ने.का.प. २०५३, नि.नं. ६२६२, पृष्ठ ६९७ । फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. बाबु गोरे गुरुङको २ श्रीमती मध्ये जेठी अन्तरी र कान्छी मेरो आमा आशाकन्या हुन् । जेठीआन्तरी पट्टिको छोरा समेते गुरुङ हुन् । निजको २ श्रीमती मध्ये जेठी मेरो तर्फको छोरा विपक्षी बुद्धिमान गुरुङ हुन् । आमा आशाकन्या तर्फ ३ छोरी मध्ये जेठी म फिरादी माहिली आइतमाया र कान्छी विष्णुमाया हुन् । कान्छी परलोक भै सकेको माइली र म दुवै मिली आमाको लालनपालन गरी राखेको थिए, माइलीले मेरो छोरा छोरी केही नभएको हुँदा आमाको सम्पत्ति मलाई चाहिएन तिमी नै खानु भनी कागज गरीदिएको थिइन । त्यस्तैमा २०४४।५।१३ गते आमा आशाकन्याको कालगतिले परलोक भयो । कृया विपक्षीका बाबु सेते गुरुङले नै गरेको हो । सम्पूर्ण खर्च मैले नै गरे । छोरा नभएको हुदा आमाको अपुताली प्रचलित कानून अनुसार छोरीले पाउने कानूनी व्यवस्था भएको तत्काल नामसारी गर्न भ्याइन । पछि आमाको ज.ध.प्रमाण पूर्जा विपक्षीसँग माग्दा दिउँला भनी झुलाई रहेको थियो । विपक्षीले आमाको नाउँको कि.नं. १२० र ४३४ को जग्गा नामसारी गर्न निवेदन दिएको छ भन्ने कुरा गाउँमा सुनी २०४८।५।१८ मा नामसारी पाउँ भनी निवेदन दिँदा विपक्षीले पनि नामसारीको लागि निवेदन दिइसकेको रहेछ । सो विषयमा कारवाही चलेकोमा कानूनी व्यवस्थालाई वास्तै नगरी २०४४।१२।९ मा विपक्षीको नामसारी निवेदन पर्न आएको २०४५।३।६ मा ७ दिने सूचना प्रकाशित हुँदा म्याद भित्र उजूर नआएको ऐनका म्याद भित्र निवेदन नपरी २०४८।५।१८ मा