निर्णय नं. ३९८१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९८१ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/१७ २६८४ निर्णय नं. ३९८१ ने.क.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रि.नं. ८६९ आदेश भएको मिति : २०४६।९।१७ मा निवेदिका : लमजुङ्ग चिनीपानी गा.पं.वार्ड नं. ५ बस्ने श्रीमती पद्मकुमारी जोशी विरुद्ध प्रत्यर्थी : लमजुङ्ग चिती गा.पं.वार्ड नं. ३ बस्ने जङ्गबहादुर विष्टसमेत विषय : उत्प्रेषण § आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्ने । (प्रकरण नं. १२) § आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर्खास्त सनाखत गराएको देखिन आएको भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा दर्खास्त लिई सनाखत सम्म गराएको देखिन आएकोले निवेदकको जिकिर बमोजिम निवेदकको लोग्नेबाट निवेदन दावी बमोजिम जबरजस्ती डरत्रास देखाई विपक्षीले कागज गराएको नदेखिने । (प्रकरण नं. १२) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या. हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. स्व.पति फणिन्द्रबहादुर जोशीसँग २०१९ सालमा विधिवत विवाह भई ४ छोरीहरु जायजन्म भई घर व्यवहार राम्ररी चली आएकोमा विपक्षी मध्येकी मैया तिवारीले के कस्तो उजूर पारी पराई मेरा पति फणिन्द्रबहादुरसँग २०३९ सालमा नाता कायम गराई अंश लिई आफ्नो नाम जङ्गबहादुर कहाँ २०३९ साल देखि बसेकी र एक छोरी समेत जायजन्म भएकोमा सो पछि मेरो पति फणिन्द्र र निज विपक्षी मैयाको कुनै सम्बन्ध रहेको थिएन विपक्षी मैयाले मामा कहाँ बस्दा बस्दै अनुचित सम्बन्ध कायम गरी २०४४ सालमा गते बार मिति थाहा छैन गर्भ बोकिछन् । यस प्रकार मैयासंग अनुचित सम्बन्ध कायम राख्ने व्यक्ति विपक्षी मध्येको श्यामबाबु तिवारी हो भन्ने गाउँ घरमा हल्लासम्म चलेको तर वास्तविक यर्थाथमा प्रकाशनमा आएको थिएन । यसै क्रममा मैयाको अनुचित सम्बन्ध कायम भई गर्भधारण भएको यकीन भएपछि विपक्षी श्यामबाबु तिवारी, जङ्गबहादुर विष्ट समेतले जिल्ला कार्यालय लमजुङ्गका सुब्बा, खरीदार, प्रशासकीय अधिकृत समेतलाई अनुचित प्रभावमा पारी झुठ्ठा जाली परिपञ्च विवरण आपसी मिलोमतोबाट तयार पारी के कस्तो मैखिक वा लिखित निवेदन हो जि. का.मा पार्न लगाई पति फणिन्द्रबहादुर जोशीलाई आदेश बमोजिम प्रहरी कार्यालयका ४ जवान गई पतिलाई २०४५।३।२८ मा गैरकानुनी तरीकाले पक्राउ गरी लगी जि. का. मा बुझाए । मलाई प्राङ्गणबाट बाहिर निकाली दिए विपक्षीहरु सबै जि. का.भित्र यस २०४५।३।२९ का दिन देवर शंकरकान्त र सम्मबहादुरलाई जि. का. मा पठाउँदा पति फणिन्द्रबहादुरले लेखेको पत्र, लगाएको चप्पल, कपडा मात्र जिल्ला कार्यालयबाट केही दक्षिणपूर्वमा रहेको मस्र्याङ्गदी नदीको पुलको बीचमा भेटिएको र विपक्षी जि. प्र.का.ले सो कपडा र मेरो पतिले लेख्नु भएका स्वहस्ताको पत्र समेत बरामद गरी देवर शंकरकान्तबाट सनाखत गराई कब्जामा राखेको रहेको छ जुन पत्र र कपडाबाट विपक्षीहरुको जोरजुलुम यातनाको साथमा विपक्षी मैयाको अवैध गर्भलाई सकार गराउने किसिमको परिपञ्च मिलाई सो देखिने गरी कागज गराएको कारणबाट मेरा पति फणिन्द्रबहादुर २०४५।३।