निर्णय नं. ६९२५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९२५ - बन्दीप्रत्यक्षीकरण भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५७/०१/०६ २३१८ निर्णय नं. ६९२५ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५६ सालको रिट नं. ... ४०१३ आदेश मितिः २०५७।१।६।३ विषयः बन्दीप्रत्यक्षीकरण । रिट निवेदकः गोरखा जिल्ला, आँप पिपल गा.वि.स. वडा नं. २ घर भै हाल का.जि.का.म.न.पा. वडा नं. ११ बस्ने हाल प्रहरीद्बारा गैरकानूनी रुपमा गिरफ्तार गरी भद्रबन्दी गृह त्रिपुरेश्वर काठमाडौं थुनामा रहेको कानून व्यवसायी वर्ष २५ को अभिवक्ता फणिन्द्र देवकोटाको हकमा ऐ.बस्ने वर्ष २० को रोहिणीप्रसाद देवकोटा विरुद्ध विपक्षी/प्रत्यर्थीः श्री ५ को सरकार गृह मन्त्रालय समेत § सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ४(१) उपदफा ३(१) अन्तर्गत कुनै आदेश जारी गर्दा स्थानीय अधिकारीले त्यस्तो आदेश जारी गर्नुपर्ने कारण र आधार खुलाई सो आदेश सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ भन्ने उल्लेख भएको पाइन्छ । निवेदकलाई दिएको पूर्जिमा सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ३.१ बमोजिम नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डता र सार्वजनिक शान्ति र व्यवस्था खलल पर्न सक्ने आतंक, हिंसा र विध्वंशलाई सघाउ पुर्याउने खालका कामहरु गर्नबाट तपाईलाई रोक्न जरुरी भएको भनी उल्लेख भएको समेत देखिन्छ । निवेदकले के, कुन ठाउँमा के कस्तो कृयाकलाप गरेको कारणबाट उल्लेखित कुराहरुमा खलल पुग्न गएको कारण समेतको पर्याप्त उचित आधार र उक्त निवेदकलाई दिएको पूर्जिमा समेत खुल्न आएको देखिदैन । निवेदकले कुन ठाउँमा बसी के कस्तो कार्य गरी नेपाल अधिराज्यको शान्ति, व्यवस्था, अखण्डता र सार्वभौमसत्तामा खलल पुग्न गएको हो ? सो पर्याप्त र उचित आधार विपक्षीहरुको लिखत जवाफबाट समेत खुल्न आएको देखिदैँन । यसरी वस्तुनिष्ठ आधार र कारण बेगर केवल आतंक, हिंसा र विध्वंशलाई सघाउ पुर्याउने खालका काम कुरा रोक्ने भन्ने सम्म उल्लेख गरी उचित र पर्याप्त आधार प्रमाण वेगर निवेदकलाई नजरबन्दमा राख्ने गरेको कानून बमोजिम थुनामा राखेको भन्न मिल्ने नदेखिँदा निवेदकलाई गैरकानूनी थुनाबाट अविलम्ब मुक्त गरी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने। (प्र.नं. ९) रिट निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ, श्री विश्वप्रकाश भण्डारी र श्री श्यामजी प्रधान विपक्षी प्रत्यर्थी तर्फबाटः विद्बान उप-न्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्बित नजिरः आदेश न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः रिट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. निज दाजु फणिन्द्र देवकोटा कानून व्यवसायी हुनुहुन्छ । वहाँ मिति २०५६।१२।११ गते लैनचौरमा साथीसँग भेटाघाट गर्न जान्छु भनी ११ बजे बोठाबाट जानु भएको र लैनचौरबाट फर्किदै गर्दाको अवस्थामा कान्तिपथ काठमाडौंमा आई पुगेपछि १५।२० जना सशस्त्र प्रहरीले पक्राउ गरी लगेको रहेछ । सो कुरा दाजु साँझसम्म पनि साथीकोबाट फर्केर नआउनु भएकोले वहाँको खोजी गर्दै जाँदा निजलाई २०५६।१२।१२ गते जि.प्र.का. हनुमानढोका बुझ्न जाँदा त्यहाँ ड्युटीमा रहेको प्रहरी अधिकृतले तिम्रो दाजुलाई गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले पक्राउ गरेको हो, भेटघाट गर्न दिन मिल्दैन, के कारणले पक्राउ गरेको हो जिल्ला प्रशासन कार्यालयमा बुझ्न जानु भनी ठाडो जव