निर्णय नं. ६९२७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५७/०३/१३ २८२८ निर्णय नं. ६९२७ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५५ सालको रिट नं...... ३५७७ आदेश मितिः २०५७।३।१३।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला भक्तपुर नखेल गा.वि.स. वडा नं. ८ बस्ने स्व.मानबहादुरको हकमा कुमार खड्का विरुद्ध विपक्षीः भक्तपुर जिल्ला अदालत भक्तपुर समेत § मृतक मानबहादुरको मृत्यु भएको भन्‍ने कुरा निजको नाममा मिति ०५४।८।३० मा घरदैलामा टाँस भएको म्यादको व्यहोराबाट देखिन्छ । मिति २०५४।८।३० मा म्याद तामेल भएकोमा सो मितिले ३० दिनभित्र प्रतिउत्तर फिराउनु पर्ने कानूनी व्यवस्था भएको र कावु बाहिरको परिस्थिति परेकोमा अ.वं. ५९ नं. बमोजिम ३० दिनको म्याद थमाई प्रतिउत्तर दिन पाउन सक्ने अवस्था देखिएको तथा यी निवेदकले मिति २०५४।१०।२७ मा अर्थात उल्लेखित म्यादभित्रै मृतकको हकवाला हुँ भनी प्रतिउत्तर पत्र अदालत समक्ष पेश गरेको समेत देखिन्छ । अ.वं.६२ नं. बमोजिम मृतकका तर्फबाट दैयादारले ३५ दिनभित्र सकार गर्नुपर्ने प्रावधान भएकोमा सो म्याद नघाई सकार गर्न आएको भनी दरपीठ गरिएको तर्फ हेर्दा अ.वं. ६२ नं. को व्यवस्थालाई मात्र अलग गरी व्यख्‍या गर्दा अ.वं.५९ नं. को कानूनी अधिकारबाट पक्ष बन्चित हुन जाने हुँदा यस्तो अवस्था परेकोमा अ.वं. ५९ र ६२ नं. दुवैलाई साथै राखेर व्याख्या गर्नुपर्ने हुन्छ । यसरी हेर्दा अ.वं. ५९ नं. ले थमाएर मुद्दा सकार गर्न उक्त कानूनले बाधा दिएको देखिदैँन । मिति २०५४।६।१४ मा मानबहादुरको मृत्यु भएकोमा निजको नामको म्याद मिति २०५४।८।३० मा मात्र तामेल भएको देखिन्छ । म्याद तामेल भएपछि मात्र मुद्दा परेको जानकारी हुने हुँदा मुद्दा परेको जानकारी नहुदैँ सकार गर्न आउनु पर्ने भन्‍न नमिल्ने हुँदा मृत्यु भएको मितिले अ.वं. ६२ नं. बमोजिमको म्याद भित्र नथमाएको भन्‍ने कुरा तर्कसंगत पनि देखिएन । तसर्थ पक्षले तारिख थामी प्रतिउत्तर पत्र दर्ता गरी पाउ भनी दिएको निवेदनमा अ.वं. ६२ नं. बमोजिम गरी पाउन माग गरेको र त्यस्तोमा अदालतबाट पक्षलाई मुद्दा सकार गरी माग्न छुट्टै निवेदन दिनुपर्ने भएमा सोही व्यहोरा जनाई अर्को निवेदन लिई मुद्दा सकार गरी प्रतिउत्तर पत्र दर्ता गर्नुपर्नेमा सो नगरी म्याद गुज्रेको भनी श्रेस्तेदारले गरेको दरपीठलाई सदर गरेको जिल्ला न्यायाधीश र पुनरावेदन अदालत पाटन समेतको आदेश मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्बारा वदर गरी दिएको छ । निवेदकको सो अंश मुद्दा सकार गराई प्रतिउत्तर पत्र दर्ता गरी दिनु भनी भक्तपुर जिल्‍ला अदालतका नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं.१०) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री सविता बराल विपक्षी तर्फबाटः अवलम्बित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. स्व. मानबहादुर खड्काले मलाई मिति २०५३।५।१७ मा शेषपछिको बकसपत्र पारित गरिदिनु भएको हुनाले म उहाँको हकवाला भएकोमा विवाद छैन । विपक्षी हरिबहादुर खड्काले स्व.मानबहादुर उपर मिति २०५४।४।३१ मा अंश मुद्दा दायर गरेकोमा मानबहादुरको मिति २०५४।६।१४ मा कालगतिले परलोक भएको कुरा उक्त अंश मुद्दाको मिति २०५४।८।३० को तामेली म्यादबाटै प्रष्ट हुन्छ । यसरी मानबहादुर खड