निर्णय नं. ३९८३ - उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९८३ - उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/३० २४८९ निर्णय नं. ३९८३ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास सम्माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको रिट नम्बर ६३ आदेश भएको मिति : २०४६।११।३०।३ मा निवेदिका : प्रसूति गृह थापाथलीमा कार्यरत डा.सरस्वती एम.पाध्या विरुद्ध विपक्षी : श्री लोकसेवा आयोग कमलपोखरी काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ § निरर्थक परिणामको लागि रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदिका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल प्रत्यर्थी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदन निर्णयार्थ सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. म निवेदिकाले एम.बी.बी.एस. डिग्री प्राप्त गरी २०२२।७।६ देखि नुवाकोट हेल्थ सेन्टरमा जनरल हेल्थ सर्भिसेजको रा.प.प्रा.तृ.को लेडी डाक्टर पदमा अस्थायी नियुक्ति भई २०२४।२।१९ मा मेडिकल अधिकृतमा स्थायी भएकी थिएँ । मैले अव्टेटट्रिशियन्स र गाइनकोलोजीष्टमा डि.अव्स.आर.सी.ओ.जी.र एम.आर.सी.ओ.जि. पास गरेपछि २०३४।११।१८ मा नेपाल स्वाथ्य सेवाको अव्स्ट्रटिक्स तथा गाइनोकोलोजी समूहको रा.प.प्रा.द्वि. श्रेणीमा सेवा परिवर्तन साथ बढुवा, २०३९।८।२२ मा कल्सल्टेन्टको दर्जा र अनुभवको आधारमा अमेरिकाबाट एफ.आई.सि.एस. को उपाधि पाई हाल प्रसूति गृह, काठमाडौंमा कार्यरत छु । २०४४।१।३ को गो.प. मा प्रकाशित सू.नं. १।०४४ को सि.नं. ४ बाट २०४३ पौष मसान्तसम्म नि.से.नि. बमोजिम नोकरी अवधि पुगेका सामान्य उम्मेदवारबाट स्वास्थ्य सेवाको अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहको रा.प्र.प्र. श्रेणीको पद १ बढुवाद्वारा पदपूर्ति गर्ने दर्खास्त माग हुँदा र म निवेदिका न्यूनतम शैक्षिक योग्यताको भई सम्भाव्य उम्मेदवार समेत भएकोले रीतपूर्वक दर्खास्त गरेकी थिएँ । २०४४।८।१७ को गो.प. मा प्रकाशित बढुवा समितिको सूचनामा २०४४।८।१३।१ मा बसेको बढुवा समितिको बैठकले योग्यता क्रमले नं. १ मा डा.श्रीमती लक्ष्मीनानी श्रेष्ठलाई प्राप्ताङ्क २४९.५७७ को आधारमा बढुवा गरी नि.से.नि., २०२१ को नियम ५(९) र (१) को प्रयोजनार्थ सूचना प्रकाशन गरेको कुरा उल्लेखित छ । विपक्षी बढुवा समितिको निर्णय चित्त नबुझी म्यादभित्र नि.से.नि., २०२१ को परिच्छेद ३ नि. ५(९) र (१०) बमोजिम लोकसेवा आयोगमा उजूरी दिएकी थिएँ । विपक्षी लोकसेवा आयोगको ०४४।१०।१८ को निर्णयानुसार बढुवा समितिको नै निर्णय मान्य ठहराई पछि हुने बढुवामा मेरो प्राप्ताङ्कबाट ५ अंक घटाउने निर्णय पत्र प्रतिलिपिबाट नदेखिँदा मेरो उजूरी आधारहिन ठहर्याउन सकेको छैन । म निवेदिकाको लोकसेवा आयोगमा उजूरीमा विपक्षी डा. लक्ष्मीनानी श्रेष्ठको आवश्यक शैक्षिक योग्यता तथा सम्भाव्य उम्मेदवार नभई मेरो शैक्षिक योग्यता तथा आवश्यक अन्य योग्यता पुगेको कुरा उल्लेख गरेकी थिएँ । नेपाल स्वाथ्य सेवा पनि निजामती सेवा नै भई निजामती सेवा नियमावली प्रयुक्त हुने भई नियम २.५(६)(क) ले निजाम