निर्णय नं. ११४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/२८ १९३७ निर्णय नं. ११४३ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट नम्बर ७५६ आदेश भएको मिति : २०३५।३।२८।४ मा निवेदक : धनुषा जिल्ला गाउँपञ्चायत वडा नं. ६ अन्तर्गत बस्ने श्री युक्तधोज शाह विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अञ्चल तथा जिल्ला अदालत नियमावली, २०२० को नियम ५६ (च) बमोजिम पञ्चकृति मोल कायम नगरी लिलाम गरेको कानूनी त्रुटि हुने । (प्र.नं. १९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :  आदेश न्या. ईश्वरीराज मिश्र : विपक्षी कार्यालयको २०३०।८।१८।२ समेतको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : प्रस्तुत मुुद्दाको मिसिल अध्ययन गर्दा प्र.ले.म सँग रु.५८५७। लिई आफ्ना आएको जि. ध.भुतही पटेवाको साविक नं. ६०३ को ३।।।२ जग्गाको मिति २०२०।११।१५ मा गरिदिएको राजीनामा लिखत पास हुन नसकी सो थैली र दसौंद दरले व्याजसमेत मिलाई दिनुहोस भनी प्र.बाट भन्दा सो नदिएकोले दशौंदका दरले पाउने कानूनी व्याज र सावाँसमेत प्र.बाट दिलाई भराई पाउँ भन्नेसमेत वादी प्रतिवादिको नाममा जारी भई मिति ०३०।५।२५।४ मा तामेल भएको तामेली ईतलायनामाको म्यादै गुजारी बसेको । ३. प्रस्तुत मुद्दामा उपस्थित पक्षबाट छलफलमा राखी बुझिएसम्मको प्रमाणबाट अ.बं.१७८ नं. ले छिनी किनारा लगाई दिए हुने भई इन्साफतर्फ विचार गर्दा फिराद दावा अनुसारको रुपैयाँ वादीले प्र.वादीबाट पाउने नपाउने कुरा निर्णय दिनुपर्ने भयो । ४. यसमा लिखत हेर्दा रीतपूर्वककै भई म्यादभित्रको उजूरी भएको प्रतिवादीले रुपैयाँ लिई जग्गा राजीनामा गरी नदिएको भए अड्डाबाट जारी भएको म्याद भित्र प्रतिउत्तर फिराई आफूले नलिए नखाएको र लिखत गरी नदिएको कुराको पक्का सबूद गुजारी दावीबाट फुर्सद दिन सक्नु पर्ने थियो सो नगरी म्यादै गुजारी बसेकोले वादी दावीलाई स्वीकार गरेको भन्नु पर्ने समेतबाट मिति २०२०।११।१५ गतेमा खडा भई कपाली हुन गएको राजीनामा लिखतको आजसम्म ९ वर्ष ९ महिनाको सावाँ रु.५८५७।–र दश प्रतिशतले हुने जम्मा रु.५७१०।६३ समेत जम्मा रु.११५६७।६३ को वादी दावीबमोजिम सावाँ व्याज प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत धनुषा जिल्ला अदालतको २०३०।८।१८।२ को फैसला । ५. उक्त फैसलाबमोजिम भरी पाउने रु.१२०३७।१९ पैसा भरी पाउँ भनी वादी जगरुप साहू व्याहुत सुडिको दरखास्तबमोजिम भुतही पटैवा गा.पं.३ (ख)को कि.नं. ६८ को ५।७।० जग्गा ०३१।५।१८।४ को तायदाती मुचुल्का र ०३४।१।९।५ को डाक बढाबढ मुचुल्काबमोजिम रु.१२५०। मा रामचन्द्र साहू सुडिले डाक सकार गरेको रहेछ । ६. उक्त मुचुल्का बदर गरिपाउँ भनी युुुक्तधोज साहूको ०३४।२।४ मा जकपुर अञ्चल अदालतमा निवेदन परी लिलाम बढाबढ भएको मिसिल झिकाई आएपछि पेश गर्नू भन्ने ०३४।२।२१।६ मा आदेश भई मिसिल प्राप्त हुँदा यसमा कैफियत प्रतिवेदनबाट नै कानूनबमोजिम जग्गा लिलाम भई सकेको देखिनाले कानूनबमोजिम गर्नु भन्ने जनकपुर अञ्चल अदालतबाट ०३४।२।२८।६ मा आदेश भएको । ७. सोउप