निर्णय नं. ३९८४ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९८४ - लिखत दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/११ २०१३ निर्णय नं. ३९८४ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.इ.नम्बर ८७ फैसला भएको मिति : २०४६।११।११।५ मा निवेदक/वादी : जि. सर्लाही गा.पं. हथिऔल वडा नं. ७ बस्ने रामस्वरुप सहनीमलाह विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामसेवक सहनीसमेत स.अ.डि.वे.को फैसला ने.का.प. २०४३, भाग २८, अङ्क ३, पृष्ठ २५६ मा प्रकाशित । मुद्दा : लिखत दर्ता बदर § अंश लिई छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन, यसरी अंश मुद्दाको फैसला अन्तिम भइरहेको र उक्त फैसला बमोजिम सगोलका अंशियार हुन् भनी ठहर भइरहेको अवस्थामा अर्कै मुद्दाको मिलापत्रको व्यहोरामा छुट्टी भिन्न भइसकेको अंशियार भन्ने लेखिएकै आधारमा विबन्धन लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १३) § अंश मुद्दामा तायदाती लिई अंश पाउने गरी भएको फैसला समेतबाट निजहरु लिखत हुँदाका अवस्थामा सगोलमा रहे भएको र बिक्री गरेको सम्पत्तिमा वादीको आधा हक कायम रहेको देखिने । (प्रकरण नं. १३) फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१।७।१ मा भएको इन्साफ दोहोर्‍याई पाउँ भनी रामस्वरुप सहनी मलाहले न्यायिक समिति मार्फत चढाउनु भएको निवेदनमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी मध्येका रामसेवक सहनी मेरा भाइ भई निजले रीतपूर्वक बण्डापत्र नदिँदा मैले निज उपर अंश मुद्दा दिएकोमा ०३५।१२।२९ सम्मको चल अचल सम्पत्तिको तायदाती दाखेल गर्ने आदेश भई दाखेल गरेकोमा सो जग्गाहरु तायदातीमा नपरेकोले बुझ्दा विपक्षी रामसेवकको नाउँको बलरा गा.पं. वार्ड नं. ४ को कि.नं. ४५ को ज.वि. ०–६–० वडा नं. ९ को कि.नं. ८१ ०–१–१० वडा नं. ९ कि.नं. १०९ को ज.वि. ०–५–१५ जम्मा ज.वि. ०–१३–५ विपक्ष मध्येका लखन मण्डलका नाउँमा लेखत पारीत गरी दिएकोले म्यादैभित्र उजूर गर्न आएको छु ज.वि. ०–६–१२ को लिखत र दर्ता बदर गरिपाउँ भन्ने ०३६।६।७ को फिरादपत्र । ३. वादी दावी जिकिर तथ्यहिन एवं काल्पनिक छ ब्रजमोहनप्रसाद सिंह सितको मुद्दामा ०३४।९।२५ मा मिलापत्रमा मेरो भिन्न बसेका भाइ रामसेवक सहनी भनी उल्लेख भएबाट विपक्षी सगोलमा नरहेको दाता रामसेवक सहनीसंग भिन्न भएको हुँदा र सो जग्गा दाताको निजी आर्जन हुँदा फिराद दावी खारेज हुनुपर्ने भन्ने ०३६।९।८ को प्रतिउत्तरपत्र । ४. प्रतिवादी रामसेवक सहनीले आफ्नो हक भोगको जग्गा लिखत गरी धनीको नालेश परी फैसला भई पारीत भएको कुरा आफूले पहिले अदालतमा व्यक्त गरिसकेको कुरामा विबन्धनको सिद्धान्त विपरीत नालेश गरेको देखिँदा फिराद दावी पुग्न सक्तैन भन्ने समेत सर्लाही जिल्ला अदालतको ०३७।५।१ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने रामस्वरुप मलाहको ज.अं.अ. मा परेको पुनरावेदन । ६. रामस्वरुप सहनी र रामसेवक सहनी अंशियार भई घरको मुख्य व्यक्ति