निर्णय नं. ११४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/१५ २०३६ निर्णय नं. ११४४ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर १४२६ आदेश भएको मिति : २०३५।३।१५ मा निवेदक : जिल्ला सिरहा गा.पं.लालपुर वडा नं. ९ बस्ने बिहारी साहू सुडि विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने अनारवती सुडिन भूमिप्रशासक, भूमिप्रशासन कार्यालय सिरहा विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) के कति जग्गा मोहियानीमा प्राप्त गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको नदेखिनाले सो निर्णयलाई हचुवा तवरको निर्णय भन्नु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता तथा विद्वान अधिवक्ता श्री पुष्करनाथ उपाध्याय उल्लिखित मुद्दा :  आदेश का.मु.प्र.न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जी गरी विपक्षी प्रशासकको २०३३।४।१५ गतेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३३।१०।१४।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : मुखिया कृष्ण दत्त उपाध्यायको सिरहाको जग्गा हामीले भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि आधी बटैयामा जोति आएकोले भू.सु.टोलीमा नं. १ फार्म भराई म बिहारी साहुले जग्गा बिगाहा ४।१५।० को ४ नं. जो.अ.नि. पनि प्राप्त गरे । २ नं. अनुसूचि पनि प्रकाशित भयो । जग्गाधनीको विरोध पनि परेन, मेरो ४ नं. जो.अ.अकाट्य भयो । गा.पं.असनपुरको हामीले मोहियानीमा जोति आएको जग्गासमेत कृष्णदत्त मरेपछि निजको छोरा श्री प्रेमराज उपाध्यायबाट विपक्षी अनाखतिले राजीनामा गराई लिनु भएको छ । सर्भे हुँदा हामीले जोतेको जग्गाको मोही महलमा म बिहारीको नाम लेखियो । म बिहारीले मोहियानी हकको प्रमाणपत्र पनि पाएँ । मोहिहरूलाई आफ्नै ७।३।९ जग्गा भएकोले मोहियानी हकको प्रमाणपत्र २०३२ साल श्रावण महिनामा लिएँ मोहियानीमा ०।१७।११ जग्गामात्र पाउनु पर्ने हो । ज्ञानचनठाकुर बरहीले ०।१९।१७ को मोहियानी बनाई लिएको । बिहारी र रामप्रसादको ०।१७।११ भन्दा बाहेक बढी ३।०।१५ को मोहियानी प्रमाणपत्र बदर गरिपाउँ भनी विपक्षीले हामीहरू उपर भू.प्र.का. सिरहामा निवेदन दिए । बिहारीको कारणले हाम्रो म्याद गुज्रेकोले भू.प्र.का. मा प्रतिवाद गर्न सकिएन तापनि हुलाकबाट हामीहरूले सबैकुरा लेखी प्रतिवाद गर्‍यौं । वडा नं. ४ (ख) को कि.नं. १६ को ज.वि.०।११।१० र वडा नं. ५ को कि.नं. ४ को जग्गा बि.कठ्ठा ०।१५।१५ मध्ये पूर्वतर्फको ०।८।१५ समेत जग्गा १।०।५ ज्ञानचन ठाकुरको मोहियानी भित्रको जग्गा हो, भुलबाट मेरो नाममा नापी भएको छ भनी म बिहारीको निवेदन २०३३।६।३ गतेमा भू.प्र.का.मा पर्‍यो । बिहारी साहुको परिवारमा विहारी साहू १ निजको छोरा रामप्रसाद साहू १ घनाई साहू १ समेत ३ परिवार उमेर पुगेको देखिन्छ । आफ्नो १२।६।१५ र मोहिमा ४।१२।० गराएको देखिन्छ । भू.सं.ऐनको दफा ८ बमोजिम एक परिवारमा ४ बिगाहाभन्दा बढी कमाउन नसक्ने भएबाट निज विहारीको नाममा १२।६।१५ भएको देखिँदा बाँकी जग्गा प्राप्त जग्गा वितरण नभएसम्म जग्गाधनीहरूलाई कूत बुझाउने गरी साविक मोहिकै रहने गरी भू.प्र.का.बाट २०३३।४।१५ गतेमा निर्णय गर्नु भएको छ । ३. हामीहरू ३ परिवार एकसाथमा छौं भन्ने कुरा स्वयं श्री प्रशासकज्यू मान्नु हुन्छ । त्यसमा हाम्रो पनि