निर्णय नं. ६९२८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२८ - अंश भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०३/२३ ३०४५ निर्णय नं. ६९२८ ने.का.प. २०५७ अङ्क ८/९ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५५ सालको दे.पु.इ.नं. ..१४० फैसला मितिः २०५७।३।२३।६ मुद्दाः अंश । पुनरावेदक/वादीः जिल्ला दाङ, डुरुवा गा.वि.स. वडा नं. ७ बस्ने चन्द्रप्रसाद रेग्‍मी विरुद्ध प्रत्यर्थी/प्रतवादीः जिल्ला दाङ, डुरुवा गा.वि.स. वडा नं. ७ बस्ने लोकराज रेग्‍मी § नाता कायम मुद्दाको लागि आमाको भनाईको महत्व अधिक मात्रामा हुने भए पनि दावीको पुष्ट्‍याई समर्थनको लागि परिस्थितिजन्य प्रमाणहरुको अपरिहार्यता त्यत्तिकै रहेको हुन्छ । प्रस्तुत विवादमा नाता तर्फको दावी प्रमाणित हुने परिस्थितिजन्य प्रमाण छ, छैन त्यसतर्फ अध्ययन गर्दा प्रतिवादीको प्रतिउत्तर जिकिर, निज तर्फका साक्षीको बकपत्र र प्रतिवादी स्वयंको बयानबाट वादी दावीलाई पूर्णरुपमा इन्कार गरिनुका साथै यी वादी काजी थारुको छोरा हो भन्‍ने जिकर लिएको पाइन्छ । सो को लागि यी वादी काजी थारुको छोरा चन्द्रलाल भन्‍ने व्यक्ति हुन, राधी थरुनीसँग करणी लिनु दिनु गरेको अवस्था नरहेको भन्‍ने भनाई रहेको पाइन्छ । यस कुराको पुष्टीको लागि काजी थारुको जेठो छोरा रसिलाल भन्‍ने रीसमान थारुको नाम जानी-जानी लोप गराएको, २०३४ सालमा आएको नागरिकता टोलीमा निजको नाम छुटेको, जोग्या, चन्द्रलाल, काले समेतका नाम टोलीमा लेखिएको, आफु नै चन्द्रलाल भएकोमा चन्द्रलली भन्‍ने दोश्रो व्यक्ति देखाई आफूलाई चन्द्रप्रसादको नामबाट प्रस्तुत गरेको भन्‍ने प्रतिवाद गरी काजी थारुको ४ वटा छोरा भएको र एकजनाको नाम नागरिकता टोलीमा नदेखाइएको र यी चन्द्र प्रसाद, चन्द्रलाल नै हो र निज चन्द्रलाल काजी थारुको छोरा हो भन्‍ने जिकिर लिएको फिरादपत्रमा देखिन आउँछ भने नातातर्फ बयान गर्दा प्रतिवादीको वारेसले काजी थारु र राधी थारुको ५ जना छोराहरु रिसलुवा, जोगिया, कालु, चन्द्रलली भन्‍ने चन्द्र प्रसाद र नाम थाहा नभएको कान्छो भन्‍ने भई निजका साथी मेघराज रेग्मी समेतले बकपत्रमा ५ भाई छोरा रहेको उल्लेख गरेका छन् । अर्कोतर्फ वादीले बयान गर्दा कालु, जोग्या र चन्द्रलली ३ भाई छोरा काजी थारुको देखाई वादीलाई लोकराजको छोरा देखाएको छ भने वादीका साक्षी लक्ष्मण रेग्मी समेतले वादी बाहेक तीनभाई छोराहरु काजी थारुको रहेको उल्लेख गरेको पाइएबाट काजी थारुको यी चन्द्र प्रसाद बाहेक अरु तीन भाई छोरा रहेको भन्‍नेमा वादी कथन एकरुपले पुष्टी भएको देखिन्छ भने प्रतिवादीको प्रतिउत्तर लेख अनुरुप बयान र निजका साक्षीहरुको भनाई एकरुपको नभई परस्परमा, बाझिएको देखिन आउँछ । अर्कोतिर वादी प्रतिवादीले उल्लेख गरेको इजलास समक्ष प्रस्तुत हुन आएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीबाट चन्द्रलली (काजी थारुका छोरा) ले नागरिकता प्रमाणपत्र लिईसकेको पाइन्छ भने यी वादीले हालसम्म नागरिकताको प्रमाणपत्र नलिएको भन्‍ने निजको कागजबाट देखिएकोलाई अन्यथा भन्‍न सकिने अवस्था फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन भने झिकाई आएको स्थायी नागरिकता वितरण गरेको विवरणको प्रतिलिपीबाट काजी थारुका ३ छोरा कालु, चन्द्रलली र जोग्याले स्थायी नागरिकता प्रमाणपत्र लिएको अवस्था समेत देखिन आएबाट यी चन्द्र प्रसाद, चन्द्रलाल वा चन्द्रलली भन्‍ने व्यक्ति नै हुन भन्‍न सकिने फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन । यदि प्रतिवादीले फिरादमा भ