निर्णय नं. ३९८५ - नाता कायम गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९८५ - नाता कायम गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/११ २४९० निर्णय नं. ३९८५ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पू.इ.नं. २२ फैसला भएको मिति : २०४६।११।११।५ मा डि.बे. फैसला मिति : २०४२।१२।२४ निवेदक/वादी : जि. सुर्खेत मालारानी गा.पं. वडा नं. ४ बस्ने खेमकुमारी शर्मा विरुद्ध विपक्षी/प्रतिवादी : जि. बाँके नेपालगंज वडा नं. २ बस्ने प्रद्युम्नराज शर्मा मुद्दा : नाता कायम गरी पाउँ § प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु नपर्ने । (प्रकरण नं. १४) फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको २०४२।१२।२४ को निर्णय दोहराई पाउँ भनी वादी खेमकुमारी शर्माको हकमा ओमकार मान श्रेष्ठले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्रहरु र यसबारे न्यायिक समितिद्वारा चढाई पठाएको २०४४।७।२४ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा त्यस अदालतको संयुक्त इजलासबाट निर्णय भएको सो मुद्दा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४४।७।३० मा लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. २०२४ सालमा विवाहित लोग्ने डब्बलबहादुरसंग सम्बन्ध विच्छेद भएपछि २०२५ सालमा मेरो र विपक्षीको प्रेम विवाह भएको र म बाट कुनै सन्तान उत्पत्ति नभएको हुँदा विपक्षीले मेरो मञ्जूरी साथ २०२९ सालमा दोस्रो विवाह गर्नु भएपछि कान्छी श्रीमतीबाट १ छोरा १ छोरी र म बाट ०३३ सालमा १ छोरी लालकुमारी जन्मेकी प्रतिवादीले सौतालाई घरमा राख्ने र निजको नोकरी वन विभाग कार्यालयमा हुँदा मलाई आफूले नोकरी गर्ने ठाउँमा साथै लगी जाने गर्दथ्यो । प्र.को काठमाडौंमा सरुवा भएपछि मलाई मेरो माइती घरमा छोडी जानु भएको त्यसपछि मेरो खोज खबर केही नगरी वास्तै नराखेकोमा पछि निजको सरुवा दैलेख जिल्लामा भएको थाहा पाई जाँदा तिमी मेरी श्रीमती र तिमीबाट जन्मेकी छोरी लालकुमारी समेतसंग मेरो कुनै सम्बन्ध छैन जे मन लाग्छ गर भनी वास्तै नराखी जवाफ दिई २०३८ साल पौष २३ गते घरबाट निकाला गरी दिएकोले म फिरादीको प्रतिवादीसंग लोग्ने स्वास्नी र छोरी लालकुमारीको बाबु नाता कायम गरी पाउँ भन्ने समेत वादी खेमकुमारी शर्माको फिराद । ३. वादीसंग मेरो प्रेम विवाह भएको होइन वादी दावी झुठ्ठा हो वादीसंग मेरो चिनाजानी छैन वादी मेरी श्रीमती र निजबाट जन्मेकी छोरी समेत मेरो होइन भन्ने समेत प्र.प्रद्युम्नराज शर्माको प्रतिउत्तर । ४. वादी प्रतिवादीको २०२५ सालमा प्रेम विवाह भएको हो वादीले मञ्जूरीबाट प्रतिवादीले २०२९ सालमा दोश्रो विवाह गरेको हुन् । २०३३ सालमा प्रतिवादीकै करणी वीर्यबाट वादीबाट १ छोरी जन्मेकी भन्ने समेत वादीका साक्षीहरुको एकै मिलानको बकपत्र । ५. २०२५ साल देखि २०२८ सालसम्म म र लोग्ने प्र.प्रद्युम्नराज निज बहाल रहेको रुकुम जिल्ला अन्तर्गतको रेन्ज कार्यालय नुवाकोटमा बसेपछि मलाई लोग्नेले माइतीमा छोड्नु भयो । २०३३ साल पौष महीना देखि ऐ.चैत्र महीनासम्म दाङ अमल्ले रेन्ज कार्यालयमा बसेका