निर्णय नं. ११४५ - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५ - हकसफा भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/१३ २२९२ निर्णय नं. ११४५ ने.का.प. २०३५ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको दे.फु.नं. २९ फैसला भएको मिति : २०३५।४।१३।६ मा निवेदक : का.जि. बटुटोल १०।४०७ को घरमा बस्ने चित्रकुमारी मुडवरी विरुद्ध विपक्षी : ल.पु.जि. न.पं. वडा नं. ३ पाटनढोका बस्ने पदमकुमारी मुद्दा : हकसफा (१) निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुनुपर्ने । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै नउठ्ने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  फैसला न्या. विश्वनाथ उपाध्याय : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट प्रस्तुत मुद्दामा लेनदेनको महलको ११ नं. को विषयमा सो सार्वजनिक महत्वको कानूनी प्रश्न उपस्थित भएकोले त्यसको निराकरणको लागि सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ को देहाय खण्ड (घ) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : सु. शिवलाल मुडभरीको २ श्रीमती मध्ये जेठी चित्रकुमारी कान्छी म पदमकुमारी भएको जठी पट्टि गोविन्दप्रसाद हरिप्रसाद २ र म तर्फ राममणि १ छोरा जायजन्म भएको हामीहरूको बीच ०१६।११।१७ मा अंशवण्डा पास भएको छ । बण्डापत्र अनुसार पतिले अंश ज्यूनी दिनु भएको शेषपछि वाँडी खाने जनिएको सम्पत्ति अतिरिक्त, बटुको २ जनाले ४ तले घर त्यसैमा जोडिएको १ नाले बाँके ४ तले पक्की घर १ र चोकसमेत जेठी पत्नी चित्रकुमारीलाई ०३१।२।२७ मा रु.५,०००। मा बिक्री गरी रजिष्ट्रेशन पास गरी दिनु भएकोले ०३१।४।२ मा का.मु.प्र.का.बाट नक्कल सारी थाहा पाएकोले थैली रु.५,०००। धरौटी राखी लेनदेन व्यवहारको १४ नं. को म्याद भित्र दरखास्त दिन आएको छु । निखनाई पाउँ भन्ने पदमकुमारीको दरखास्त । ३. सो घर राजीनामा फार्छे गरी लिएको नभई छोडपत्रबाट मैले पाएको हुँदा निखन्न दिनु नपर्ने, बिक्री नै ठहर्ने भए पनि लेनदेन व्यवहारको ११ नं. ले म विवाहिता जेठी पत्नी भई अर्को नजिक हकवाला नहुनाले निखन्न दिनु नपर्ने भन्नेसमेत चित्रकुमारी मुडभरीको वारेस किर्तिनाथ उपाध्यायको कागज । ४. लेनदेन व्यवहारको ११ नं. मा बिक्री गरेमा मात्र निखन्न पाइने व्यस्था भएको तर छोडपत्र भएकोमा निखन्न दिने व्यवस्था भएको नहुनाले निखन्न पाउने ठहर्देन भन्नेसमेत भूमिप्रशासन कार्यालय काठमाडौंको फैसला । ५. कानूनको व्याख्या गरी इन्साफ गर्ने अधिकार भूमिप्रशासनलाई नभएकोले सो फैसलामा चित्त बुझेन भन्नेसमेत पदमकुमारी मुडभरीको पुनरावेदन । ६. उल्लिखित छोडपत्रबमोजिमको घर पदमकुमारीले निखन्न पाउने ठहर्छ भन्नेसमेत जिल्ला कार्यालय काठमाडौंको फैसला । ७. कानूनको त्रुटि गरी फैसला गरेकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी चित्रकुमारीको निवेदनमा पुनरावेदनको अनुमति दिएको छ भन्नेसमेत म.क्षेत्रीय अदालतको आदेश। ८. इन्साफ जि. का.काठमाडौंको मनासिव ठहर्छ भन्ने म.क्षे.अ.डिभिजन बेञ्चको फैसला। ९. रजिष्ट्रेशनको १ नं. लेनदेन व्यवहारको ११ नं. कानूनको त्रुटि गरी फैसला गरेको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्नेसमेत चित्रकुमारीको निवेदन परेकोमा न्याय प्रशासन