निर्णय नं. ३९८६ - आफ्नो जिम्माको रकम हिनामिना गरे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९८६ - आफ्नो जिम्माको रकम हिनामिना गरे भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/११ ३११४ निर्णय नं. ३९८६ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.इ.नम्बर २३ फैसला भएको मिति : २०४६।११।११।५ मा निवेदक/वादी : श्री ५ को सरकार विषेश प्रहरी विभाग विरुद्ध विपक्षी/प्रतिवादी : जि. भ.पु.न.पं. वडा नं. १७ बस्ने ईश्वरीप्रसाद बैजु मुद्दा : आफ्नो जिम्माको रकम हिनामिना गरे § फौज्दारी मुद्दामा अपराध कायम हुनको लागि मनसाय सहितको कार्य हुन अनिवार्य हुन्छ, लापरवाहीको अवस्थामा मनसायको विद्यमानता रहेको हुन्न । तसर्थ लापरवाहीबाट पनि भ्रष्टाचारको कसूर हुनसक्दछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डीत विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४१।२।८ गतेको निर्णय दोहोर्याई पाउँ भनी श्री ५ को सरकार विषेश प्रहरी विभागले न्यायिक समिति मार्फत दिएको निवेदनपत्रमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखिआए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. त्रिभुवन विमानस्थल कार्यालय गौचरका एरोड्रम अधिकृत विरन्चीमान प्रधान र सी.ए. ईश्वरीप्रसाद वैजूको संयुक्त दस्तखतबाट नेपाल राष्ट्र बैंकमा भएको उक्त कार्यालयको खाताबाट ईश्वरीप्रसाद वैजूले विरन्चीमान प्रधानलाई झुक्याई सही गराई दस्तखत गरी हरिजंग शाह भन्ने काल्पनिक व्यक्तिको नाममा २ पटक गरी ९२,६००।– को चेक काटी भुक्तानी प्राप्त गरी राखेको देखिँदा निज बैजूले गैरकानुनी कार्य गरी आफ्नो जिम्माको श्री ५ को सरकारको सम्पत्ति बदनियत साथ हिनामिना गरी भ्रष्टाचार गरी आएको हुँदा निज उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र दफा १३(१) अन्तर्गत कारवाही भई सो ऐनको दफा २९ अन्तर्गत बिगो रु. ९२,६००।– श्री ५ को सरकार त्रिभुवन विमानस्थल कार्यालयलाई निज ईश्वरीप्रसाद बैजूबाट भराई दिन हुन अनुरोध गर्दै मिसिल पठाएको छु भन्ने विषेश प्रहरी विभागको आरोपपत्र । ३. विषेश प्रहरी विभागमा भएको मेरो बयान मेरो इच्छा विरुद्ध हो । खाता मेरो र विरन्चीमानको संयुक्त दस्तखतबाट सञ्चालन हुन्थ्यो । चेकबुक कहिले मसंग र कहिले विरन्चीमानसंग रहन्थ्यो । कार्यालयबाट भुक्तानीको सम्बन्धमा लेखिने चेकमा मेरो सहिछाप गरी हाकिम कहाँ लैजाने काम गर्थें काल्पनिक व्यक्तिको नाममा चेक लेखेको भए हाकिमलाई समेत समयमा नै थाहा हुनु पर्दथ्यो २ थान चेक चोरी भएको मलाई तत्काल जानकारी भएन भन्ने समेतको ईश्वरीप्रसाद बैजूको बयान । ४. हिसाब सम्बन्धी सम्पूर्ण जिम्मेवारी ईश्वरीप्रसाद बैजू कै हो मेरो होइन म उपर दोषारोपण आफूले गरेको अपराध लुकाउन गरेको हो भन्ने समेतको विरन्चीमान प्रधानले गरेको बयान । ५. उल्लेखित चेकहरुमा लेखिएको ईश्वरीप्रसाद बैजू भन्ने विवादग्रस्त सही दस्तखतसंग नेपाल राष्ट्र बैंकमा रहेको ईश्वरीप्रसाद बैजूको नमूना दस्तखत सहीहरु र विषेश प्रहरी विभागका बयान कागजमा र अन्य कागजातहरुमा ईश्वरीप्रसाद