निर्णय नं. ११४६ - नामसारी हक वेहक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४६ - नामसारी हक वेहक भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/०३ २७२८ निर्णय नं. ११४६ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको दे.फु.नं. ४१ फैसला भएको मिति : २०३५।४।३ मा निवेदक : का.जि. ठहिटी क्वाबहाल बस्ने लोकरत्न बज्राचार्य मरी मुद्दा सकार गर्ने चिनियामाया बज्राचार्यको हकमा चिनिया बज्राचार्य विरुद्ध विपक्षी : का.जि. ठहिटी बस्ने लक्ष्मी थकुंको मु.स.गर्ने जोगकुमारी गुभाजिनी मुद्दा : नामसारी हक वेहक (१) ऐनको हदम्याद भित्र फिराद गरेको नदेखिएमा खारेज गर्न मिल्दैन भन्न मिल्ने नदेखिने। (प्र.नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३२।११।१७।१ मा भएको निर्णयउपर चिनीमाया बज्राचार्यको हकमा चिनिया बज्राचार्यले एकपटक फुल बेञ्चबाट दोहर्याई पाउँ भनी दिनु भएको निवेदनमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भनी त्यहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्स भई आएबमोजिम निर्णयको लागि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : लोग्ने जोगपालको २ स्वास्नी मध्ये जेठी मैयाँ, कान्छीलक्ष्मी थकुं, भई मैयापट्टिका छोरा बुद्धरत्न, छोरी चन्द्र प्रभा, विजुली प्रभा र सप्त लक्ष्मीसमेत भएको भिन्दै हुँदा सौतेनी आमा र सौतेनी छोराको आधी अंश भएको बुद्धरत्नको सन्तान नभएबाट गुठी जति चन्द्र प्रभा, विजुली प्रभाले र विर्ता जति ३ नै दिदी बहिनीले बराबर गरी खाने गरी ७४ सालमा बुद्धरत्नले शेषपछिको दातव्य गरी दिई ७४।१०।२९ गते परलोक भएपछि विजुली प्रभाको हक जती चिनिमायाले बकस पाई नामसारी गरी नदिंदा लक्ष्मी थकुंसँग मुद्दा परी ०५।४।११ गते फैसला भई जिति पाई ०८ सालमा विर्ता नामसारी गरी ०१० साल मार्ग १४ गते गुठी जनाई दिएको चन्द्रप्रभा कालगतिले मरेको ऐ.ले ४।५ वर्ष जति भयो निजका हक जति तिमी लोकरत्नले खानु भनी चन्द्रप्रभाका हकदार सक्लानन्द समेतले ०१६।१०।६ मा पास छोडपत्र गरी दिएको नामसारी दाखिल खारिज गरिदेउ भन्दा गरी नदिएकोबाट देहायका जग्गा मेरा नाममा नामसारी गरिपाउँ र गुठी जति मेरा नाममा गुठी जनाई पाउँ भन्नेसमेत १७।१।७।३ को वादी । ३. चन्द्रप्रभासमेतले धर्मलोप गरेकोले सजाय गरिपाउँ भन्ने यिनै वादीको फिराद परी धर्मलोप गरेको ठहरी ८३।३।१० गते भारदारी ३ नम्बरबाट फैसला भएको हुँदा ७४ सालका बकसपत्रबाट हक भएको भन्ने वादी दावी नाजायज देखिन आउने चन्द्रप्रभाको हक कायम भएको भए २००० सालको ईस्तिहारको म्यादमा दर्तासमेत गराउन सक्नुपर्ने सो नभएको यिनै वादीले चिनिमायाको वारेस भई नामसारी गरिपाउँ भनी नालेश गर्दा २००३।२००६ सालमा समेत हक वेहकमा नालेश गर्नु भन्ने फैसला भएको फैसलाबमोजिम हक वेहक गराउन नसकी बसेको म लक्ष्मी थकुंका नामको दर्ता जग्गा चन्द्रप्रभाबाट बक्स पाएकोले नामसारी गरिपाउँ भन्ने वादीको दावालाई जग्गा पजनीको ३४ जग्गा मिच्नको २५ नं. ले समेत मेरो एकलौटी हक कायम भइसकेको हुँदा दावीबमोजिम नामसारी गरी दिन नपरी वादी दा