निर्णय नं. ३९८७ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९८७ - ठगी भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/२३ २५१६ निर्णय नं. ३९८७ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.इ.नं. २४ फैसला भएको मिति : २०४६।११।२३।३ मा स.अ.डि.बे.को फैसला मिति : २०४२।१२।८ निवेदक/प्रतिवादी : सिंधुली जिल्ला सिद्धेश्वर गा.पं. वडा नं. ७ बस्ने टेकबहादुर खड्का विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बमबहादुर खड्का मुद्दा : ठगी § फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुने । (प्रकरण नं. १४) § बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरिएको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनु पर्ने । (प्रकरण नं. १४) § प्रतिवादीले बढी जग्गा देखाई धेरै जग्गाको मोल लिई थोरै जग्गा मात्र पास गरी दिई ठगी गरेको भन्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा फैसला न्या. पृथ्वीबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट २०४२।१२।८ मा भएको फैसला दोहोर्याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी टेकबहादुर खड्काले न्यायिक समिति मार्फत चढाउनु भएको बिन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदवारबाट मिति २०४३।१२।२२ मा लेखी आए अनुसार यस सर्वोच्च अदालत पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षीले गरी दिनु भएको राजीनामा रजिष्ट्रेशनको कैफियत खण्डमा जग्गा विगाहा ०–९–७ सर्भेमा नापी दर्ता मेरै नाउँमा भएको छ भनी ७,०००।– मोल लिनु भई मलाई झुक्याई गफलतमा पारी आफूलाई फाइदा मलाई नोक्सान हुने गरी ०–५–१७ लाई दामासाहीले पर्न सक्ने मोल रु. ४,३७९।७३ नभएको जग्गा छ भनी झुक्याई ठगी गर्ने विपक्षी टेकबहादुरबाट उक्त ठगी गरेको ४,३७९।७३ मलाई दिलाई भराई ठगीका ४ नं. ले हुनसक्ने सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको बमबहादुर खड्काको फिरादपत्र । ३. वादी दावी अनुसार धेरै जग्गा देखाई रुपैयाँ लिई थोरै जग्गा वादीलाई दिएको होइन राजीनामा पारित गरी दिनु भइसकेपछि कि.नं. २०८ को कित्तालाई फोरी २ कित्ता पारी कि.नं. २०८ मा ०–३–१ र कि.नं. २०७ मा ०–४–१३ पारी श्रीमती मोहनमायाको नाउँमा दर्ता गराएको होइन । घटी जग्गा रहेछ भनी ठगीमा दावी गर्न लेनदेन व्यवहारको २३ नं. ले नपाउने हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत टेकबहादुरको प्रतिउत्तरपत्र । ४. राजीनामा कैफियतमा कि.नं. समेत खोली साहु आसामी भई पास गरी लिनु दिनु गरी सकेपछि लेनदेन व्यवहार बमोजिम नै हुने हुँदा कि.नं. २०८ को जग्गामा जग्गा घटी भएको हुँदा प्रतिवादीले नभएको बढी जग्गा देखाई ठगी गरेका फिराद दावी मनासिब नदेखिँदा प्रतिवादीले ठगी गरेको ठहर्दैन भन्ने समेत व्यहोराको सिन्धुली जिल्ला अदालतको मिति २०३८।१२।३० को फैसला । ५. सिन्धुली जि. अ. को फैसलामा चित्त नबुझेको हुँदा वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी बमबहादुरको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन । ६